STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

स्वास्थ्य-मौसम

  • २०७८ श्रावण २५, सोमबार

    ज्येष्ठ नागरिकलाई आजदेखि कोभिशिल्डको दोस्रो मात्रा

    सरकारले आजदेखि ज्येष्ठ नागरिकलाई कोरोना भाइरसविरुद्धको खोपको दोस्रो मात्रा लगाउने भएको छ । कोभिसिल्डको पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन नपाएका ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा लगाउन लागिएको हो । कोभिसिल्डको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई जापान र भुटानबाट आएका खोप लगाइने छ । पहिलो मात्रामा कोभिशिल्ड लगाएका ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई सरकारले दोस्रो मात्रा एस्ट्राजेनेका...

  • २०७८ श्रावण २३, शनिबार

    थप ३२१८ जनामा संक्रमित, उपत्यकामा ९१० जनामा संक्रमण पुष्टि

    काठमाडौं - पछिल्लो २४ घण्टामा थप ३२१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ८८६६ नमूना पिसिआर परीक्षण गर्दा २२३१ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ४७०७ मा परीक्षण गर्दा ९८७ मा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यस्तै पछिल्लो २४ घण्टामा काठमाडौंमा थप ५९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा १८९ र भक्तपुरमा...

  • २०७८ श्रावण २२, शुक्रबार

    थप ३७ सय जनामा कोरोना पुष्टि

    नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ३ हजार ७२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ६७५ नमुनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । त्यस्तै सोही अवधिमा १ हजार ८८५ जना निको भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६५ हजार ५४८ पुगेको छ । आज कोरोनाका कारण थप २५ जनाले ज्यान गुमाएका छन् । योसँगै...

  • २०७८ श्रावण २२, शुक्रबार

    आजदेखि भेरोसेलको दोस्रो डोज खोप लगाइँदै

    काठमाडौं - आजदेखि देशभर कोभिड–१९ विरुद्धको भेरोसेलको दोस्रो डोज खोप लगाइने भएको छ । भेरोसेलको पहिलो डोज खोप लगाएर २१ दिन पूरा भएकाहरुलाई देशैभर दोस्रो डोज खोप लगाउन लागिएको हो । स्वास्थ्य सेवा विभागले सात वटै प्रदेश स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई खोप अभियान सञ्चालन गर्न निर्देशन दिएको छ । ‘२०७८ साल असार २९ गतेदेखि सञ्चालन गरिएको खोप अभियानमा ५५ वर्ष वा सोभन्दा माथिका...

  • २०७८ श्रावण २१, बिहिबार

    थप ३९३८ जनामा कोरोना पुष्टि, ३७ जनाको मृत्यु

    नेपालमा थप ३ हजार ९ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ९ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंमा सबैभन्दा बढी ७६६ जनामा कोरोना पुष्टि भएको छ । यस्तै, ललितपुरमा १६३ र भक्तपुरमा १४६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०१२ जना...

  • २०७८ श्रावण २१, बिहिबार

    साउनपछि कोरोना संक्रमण घट्दै जान्छ : स्वास्थ्य मन्त्रालय

    काठमाडौं  -स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन महिनापछि कोरोना संक्रमितको संख्या क्रमशः घट्दै जाने प्रक्षेपण गरेको छ । मन्त्रालयले साउन महिनामा मात्रै ५३ हजारभन्दा बढी नयाँ संक्रमित थपिने पूर्वानुमान गरेको छ भने यो संख्या घट्दै गएर मंसिर महिनासम्ममा २५ हजार पुग्ने प्रक्षेपण गरेको हो । स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहनीले बिहीबार संसदको शिक्षा स्वास्थ...

  • २०७८ श्रावण २०, बुधबार

    थपिए ४१ सय कोरोना संक्रमित, थप ३५ जनाको मृत्यु

    नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ४ हजार १०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार २९८ नमुनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । सोही अवधिमा नेपालमा ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ९५७ पुगेको छ । बुधबार देशभरबाट एक हजार ५ सय ३५...

  • २०७८ श्रावण १९, मंगलबार

    थप ३३८३ जनामा कोरोना संक्रमण पुष्टि, २४ को मृत्यु

    काठमाडौं -  नेपालमा पछिल्लो २४ घण्टामा ३३८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १० हजार ६३८ जनाको पीसीआर परीक्षणमा २ हजार ४४८ र ६ हजार ८० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९३५ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। देशभरका विभिन्न अस्पतालबाट १ हजार ९९४...

  • २०७८ श्रावण १८, सोमबार

    थप ३१२५ जनामा कोरोना पुष्टि, २३ जनाको मृत्यु

    नेपालमा थप ३ हजार १ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप  ३ हजार १ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै काठमाडौंमा ५५६, ललितपुरमा ११५ र भक्तपुरमा ९९ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।   यस्तै, पछिल्लो २४ घण्टामा १९२५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने २३ जनाको मृत्यु भएको छ ।

  • २०७८ श्रावण १७, आइतबार

    थपिए २५६८ जना कोरोना संक्रमित, १८ जनाको मृत्यु

    काठमाडौं - पछिल्लो २४ घण्टामा थप २५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ८४०२ पीसीआर परीक्षणमा १९८१ र ४२३४ एन्टिजेन परीक्षणमा ५८७ जना गरी २५६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै आज कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ भने २०२० जनाको संक्रमणमुक्त भएका छन्।

  • २०७८ श्रावण १७, आइतबार

    निशुल्क खोप प्रमाणपत्र प्रमाणीकरण गर्न अस्पतालहरूलाई निर्देशन

    काठमाडौँ - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अन्तर्राष्ट्रिय यात्रा गर्नुपर्ने नागरिकहरूलाई कोरोना विरुद्धको खोप लगाएको प्रमाणीकरण निशुल्क गर्न सम्बन्धित अस्पतालहरूलाई निर्देशन गरेको छ । मन्त्रालयले शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पताल टेकु, निजामती कर्मचारी अस्पताल, पाटन अस्पताल र सशस्त्र प्रहरी अस्पताललाई निशुल्क खोप प्रमाण पत्र प्रमाणीकरण गर्न गराउन अनुरोध गरेको छ । मन्त्रालयले आज जारी...

  • २०७८ श्रावण १६, शनिबार

    २४ घण्टामा थपिए ३१०६ जना संक्रमित, २३ जनाको मृत्यु

    काठमाडौं - पछिल्लो २४ घण्टामा थप ३१०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालमा ९२६३ जनामा गरिएको पीसीआर परीक्षणमा २२८० र ४२५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८२६ जना गरी ३१०६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यस्तै पछिल्लो २४ घण्टामा थप २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने १९१६ जना संक्रमणमुक्त भएका छन् ।

Pages