उपत्यका
-
२०८२ कार्तिक १७, सोमबार
बालेनले नयाँ पार्टी नबनाउने, चुनाव पनि नलड्ने
काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नयाँ राजनीतिक दल गठन नगर्ने भएका छन्। “जेन जी आन्दोलन” ले राजनीतिक तहमा ठूलो हलचल ल्याएपछि बालेन पनि सक्रिय राजनीतिमा आउने चर्चाका बीच उनले कुनै दलमा प्रवेश गर्ने अड्कल अन्त्य गरेका छन् । बालेनका नजिकका सहयोगीका अनुसार उनले आगामी फागुन २१ गते हुने निर्वाचनमा प्रतिस्पर्धा नगरी महानगरको मेयरका रूपमा आफ्नो कार्यकाल पूरा गर्ने निर्णय...
-
२०८२ कार्तिक २, आइतबार
नगर प्रमुख डंगोललाई कीर्तिपुरका जेन–जी युवा समूहद्वारा ज्ञापन पत्र हस्तान्तरण
कीर्तिपुर । शहीद परिवारको हित र कीर्तिपुरको विकासमा युवा सहभागिता लगायतका विषयगत बुँदा समाहित गरी कीर्तिपुरका जेन–जी युवा समूह कीर्तिपुर युथर्स नेपालद्वारा कीर्तिपुर नगरपालिकाका नगर प्रमुख कृष्णमान डंगोललाई ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र हस्तान्तरण गरेको छ । आज आइतबार कीर्तिपुरका नगर प्रमुख कृष्णमान डंगोललाई कीर्तिपुर नगरका जेन–जी समूह कीर्तिपुर युथर्स नेपालद्वारा हस्तान्तरण गरेको ज्ञापन पत्रमा...
-
२०८२ आश्विन २९, बुधबार
काठमाडौं महानगरमा एनएफसि चिप्स प्रविधिमा आधारित डिजिटल ठेगाना प्रणाली जडान
काठमाडौं - काठमाडौं महानगरपालिकाभित्र एनएफसि (नियर फिल्ड कम्युनिकेसन) चिप्स प्रविधिमा आधारित डिजिटल ठेगाना प्रणाली जडान गर्न शुरु गरिएको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर २६ लैनचौर क्षेत्रबाट उक्त प्रणाली जडान प्रारम्भ गरिएको हो । लैनचौरस्थित वडा कार्यालयमा ०९-लक्ष द्रव्य ६१११ नम्बरको प्लेट जडान गर्दै बुधवार वडाध्यक्ष एवं महानगरपालिकाको सुशासन समितिका संयोजक ख्यामराज तिवारीले प्रणाली शुभारम्भ...
-
२०८२ आश्विन १४, मंगलबार
काठमाडौंको भीमसेनस्थानमा आगलागी
काठमाडौँ - काठमाडौंको भीमसेनस्थानमा सोमबार बिहान आगलागी भएको छ । बिहान ३ बजेदेखि घरमा आगलागी सुरु भएको हो । दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहेपनि आगो नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । दमकलसहित नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतले आगो निभाइरहेका छन् । आगलागीको कारण खुलिसकेको छैन ।
-
२०८२ आश्विन १४, मंगलबार
पाटनमा दुर्लभ महान् कथिन चीवरदान उत्सव हुने
बुद्ध जयन्ती हिरक समारोह मुल समिति-२५७० को तत्वावधानमा ललितपुर जिल्लाको पाटन नागबहालमा दुर्लभ महान् कथिन चीवरदान उत्सव हुने भएको छ । यस्तो खालको दुर्लभ महान् कथिन चीवरदान नेपाल मै दोश्रो पटक हुन लागेको हो । यो उत्सवमा एकै दिन कपास काट्ने देखि लिएर कपडा बुनेर चीवर तयार गरी अष्ट परिकारकासाथ भिक्षुगनलाई दान प्रदान गरिने जानकारी आइतबार पत्रकार सम्मेलनमा दिएको छ । त्रिपिटक विशारद श्रद्धेय भिक्षु...
-
२०८२ भाद्र २९, आइतबार
जेन–जीद्वारा ध्वस्त कीर्तिपुर नगरपालिका संचालन हुने, लुटपाटका सामाग्री फिर्ता गर्न आह्वान
जेन–जी युवा पुस्ताको आन्दोलनका क्रममा भाद्र २४ गते मंगलवार तोडफोड एवं आगलागीका कारण ध्वस्त भएको कीर्तिपुर नगरपालिका पुनः संचालन गरी विभिन्न सेवाहरु प्रदान गर्ने जानकारी कीर्तिपुर नगरपालिकाले दिएको छ । कीर्तिपुर नगरपालिकाले आकस्मिक सेवा संचालन सम्बन्धमा शीर्षक राखी भाद्र २९ गते आइतबार एक पत्र सार्वजनिक गरी उक्त जानकारी दिएको हो । सार्वजनिक भएको पत्रमा भनिएको छ, “मिति २०८२ भाद्र २३ र २४ गतेका दिन...
-
२०८२ भाद्र २४, मंगलबार
सिंहदरबार पूर्णरूपमा जेनजीको कब्जामा
काठमाडौं- देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार जेनजी युवाहरूले कब्जा गरेका छन् । आक्रोशित युवाहरूको समूहले सिंहदरबारको मूल गेट फोडेर भित्र पसेका थिए । अहिले सिंहदबारभित्र थुप्रै युवाहरू प्रदर्शनरत छन् । उनीहरूले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली लगायतका शीष नेताविरुद्ध नारावाजी गर्दै आक्रोश पोखिरहेका छन् । स्थिति अनियन्त्रित बनेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना सिंहदरबारमा...
-
२०८२ भाद्र २४, मंगलबार
च्यासलस्थित एमाले पार्टी कार्यालयमा आगजनी र तोडफोड
काठमाडौँ - प्रदर्शनकारीले नेकपा एमालेको पार्टी कार्यालयमा आगजनी र तोडफोड गरेका छन् । ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा प्रदर्शनकारीले मंगलबार आगजनी र तोडफोड गरेका हुन् ।
-
२०८२ भाद्र २४, मंगलबार
काठमाडौं र ललितपुर क्षेत्रभित्र कर्फ्यु
काठमाडौं - जिल्ला प्रशासन कार्यालय काठमाडौंले चक्रपथ क्षेत्रभित्र कर्फ्यु लगाएको छ । आज बिहान साढे ८ बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । हिजो जेनजी युवाको प्रदर्शनपछि लगाइएको कर्फ्यु अवधि आज बिहान ५ बजेबाट सकिएको थियो । त्यसपछि आज बिहान साढे ८ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यु...
-
२०८२ भाद्र १७, मंगलबार
जलजगे नाग साधना पूजा : कीर्तिपुर देवढोकास्थित लक्ष्मी कुवामा
कीर्तिपुर नगरपालिका २ वडा देवढोकास्थित न्याम्हासिमा परिसरमा रहेको मल्लकालीन प्राचीन लक्ष्मी बुंगाः अर्थात् लक्ष्मी कुवाःमा पानी सुकेको कारण जलजगे नाग साधना पूजा गरिएको छ । आज भाद्र १७ गते मंगलबारको दिन कीर्तिपुर २ वडा देवढोका न्याम्हासिमा परिसरमा रहेको लक्ष्मी कुवाःमा पानी जम्मा होस् भन्ने कामनाका साथ जलजगे नाग साधना पूजाका निम्ति देवढोकाका स्थानीय नाती महर्जन एवं त्यहाँका अग्रज ज्येष्ठ...
-
२०८२ भाद्र १३, शुक्रबार
शनिबार मच्छेगाउँमा लाखे नाच महोत्सव, भक्तपुरको नागचा नृत्य पनि प्रदर्शन हुने
राष्ट्रिय लाखे नाच प्रदर्शन साँस्कृतिक तथा सम्मान कार्यक्रम २०८२ भोलि शनिबार भाद्र १४ गते हुने भएको छ । नेपाल सांस्कृतिक कला मन्दिरको आयोजनामा हुने उक्त कार्यक्रम चन्द्रागिरी नगरपालिका ९ वडा मच्छेगाउँ भलिबल ग्राउण्डमा हुने जानकारी आयोजक संस्था नेपाल सांस्कृतिक कला मन्दिरले दिएको छ । आयोजक संस्था नेपाल सांस्कृतिक कला मन्दिरका अनुसार उक्त राष्ट्रिय लाखे नाच प्रदर्शनीमा हालसम्म २५ वटा लाखे समूह...
-
२०८२ भाद्र १२, बिहिबार
कीर्तिपुरे नगर प्रमुख डंगोलको गल्ती : उप–प्रमुख शाक्य मात्र कठपुतली !!!
कीर्तिपुर/हाल कीर्तिपुर नगरपालिकाका नगर प्रमुख कृष्णमान डंगोल जापान भ्रमणमा हुनुहुन्छ । नगर प्रमुख डंगोल भाद्र ७ गते भ्रमण टोलीका साथ जापान प्रस्थान गरेका हुन् भने उक्त भ्रमण भाद्र १७ गतेसम्म हुनेछ । तर, नगर प्रमुख डंगोलले कानून अनुसार कार्यबाहकको जिम्मेवारी उप–प्रमुखलाई दिएर जानुपर्ने प्रावधान रहेता पनि कार्यबाहकको जिम्मेवारी नदिईकन खुरुक्क जापान प्रस्थान गर्नुभयो । नगर प्रमुख डंगोलको यस...


