STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

उपत्यका

  • २०८० आश्विन २२, सोमबार

    इजरायलमा मारिएकाहरुको सम्झना

    काठमाडौँ, शनिबार इजरायलमा भएको आतङ्कवादी हमलामा मारिएका १० जना नेपाली विद्यार्थीको सम्झनामा माइतीघर मण्डलमा दीप प्रज्वलन गरिएको छ । लुम्बिनी विश्व शान्ति मञ्च र अनेरास्ववियु ९क्रान्तिकारी० केन्द्रीय समितिले आज साँझ उनीहरुको सम्झनामा दीप प्रज्वलन गरेको हो ।  दीप प्रज्वलनमा उपस्थितहरुले मृतक विद्यार्थीहरुप्रति  श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । उनीहरुले...

  • २०८० आश्विन २२, सोमबार

    चाडवाडमा काठमाडौँमा सुरक्षा निगरानी बढाइयो

    चाडवाडका समयमा काठमाडौँ उपत्यकामा सुरक्षा निगरानी बढाइएको छ । प्रहरीले ड्रोन र तालिम प्राप्त कुकुरका माध्यमबाट समेत सुरक्षा निगरानी गर्ने भएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयले चाडवाडका समयमा उपत्यकाको शान्ति सुरक्षालाई चुस्त बनाउन ‘सुरक्षित उपत्यका, हाम्रो प्रतिबद्धता’ नारासहित थालिएको सुरक्षा निगरानीका क्रममा आवश्यकताका आधारमा ड्रोन र कुकुरबाट गस्ती गर्ने तयारी गरेको  काठमाडौँ उपत्यका...

  • २०८० आश्विन १९, शुक्रबार

    सिङमा हरियो रङ लगाइएको खसीबोका मात्र खरिद गर्न काठमाडौं महानगरको आग्रह

    काठमाडौं- काठमाडौं महानगरपालिकाले आगामी मंगलबार देखि दसैँ लक्षित खसीबोका लगायत चौपायाको स्वास्थ्य परीक्षण गर्ने भएको छ । महानगरले विगतका वर्षमा भन्दा यस वर्ष केही दिनअघिबाट चौपायाको स्वास्थ्य परीक्षण गर्न लागेका हो । अघिल्ला वर्षमा घटस्थापनादेखि नवमीसम्म मात्र बजार अनुगमन गर्दै आएको थियो । महानगरले कलङ्की, टुकुचा, बालाजु, कोटेश्वर र खाद्य संस्थानको बिक्री केन्द्रमा चौपायाको स्वास्थ्य परीक्षण...

  • २०८० आश्विन १७, बुधबार

    सांस्कृतिक शान्ति पदयात्राले ‘नमोबुद्धमा थपियो उत्साह’

     धार्मिक तथा ऐतिहासिक महत्व बोकेको नमोबुद्धमा सांस्कृतिक शान्ति पदयात्राले थप उत्साह बढाएको छ । नमोबुद्धको महत्व र यसको विशेषतालाई पदयात्राले प्रवद्र्धन गरेको छ ।     पूर्वाधार विकास निर्माण र प्रचारप्रसारका साथै आफ्नो ठाउँको ऐतिहासिक तथा पुरातात्विक सम्पदाको संरक्षण विकासमा नमोबुद्ध नगरपालिकाले विशेष जोड दिँदै आएको छ । नगरपालिकाले नमोबुद्धको पहिचान, ऐतिहासिक एवं धार्मिक महत्वका बारेमा प्रचार,...

  • २०८० आश्विन १२, शुक्रबार

    राष्ट्रपति लगायतले दरबार क्षेत्रमा सवारीसाधन प्रवेश नगराएकोमा मेयर बालेन आभारी

    काठमाडौं- राष्ट्रपति लगायत विशिष्ट व्यक्तिहरूले बसन्तपुर दरबार स्क्वायर क्षेत्रमा सवारीसाधन प्रवेश नगराएकोमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आभार प्रकट गरेका छन् । बिहीबार इन्द्रजात्रामा उपस्थित राष्ट्रपति रामचन्द्र पौडेल लगायत भीभीआईपीहरूले जुद्ध शालिकदेखि गद्दी बैठकसम्म पैदल यात्रा गरेका थिए । काठमाडौं महानगरपालिकाले बसन्तपुर दरबार स्क्वायर क्षेत्रमा सवारीसाधन निषेध गरेको छ । त्यस...

  • २०८० आश्विन ११, बिहिबार

    राष्ट्रपतिले पहिलोपटक पैदलै हिँडेर गरे इन्द्रजात्राकाे अवलोकन

    काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले ईन्द्रजात्रा अवलोकन गरेका छन् । सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि पैदल हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक जानु भई जात्रा अवलोकन गरेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । इन्द्रजात्रा अवलोकन गर्न राष्ट्राध्यक्ष जुद्द सालिकबाट पैदलै हिडेर गएको यो पहिलोपटक हो । यसअघिका राष्ट्रपति र राजा गद्दी...

  • २०८० आश्विन १०, बुधबार

    भक्तपुर प्रवेश गर्ने पर्यटकलाई भादगाउँले टोपीले स्वागत

    भादगाउँ , विश्व पर्यटन दिवसका अवसरमा आज भक्तपुर नगर प्रवेश गर्ने पहिलो पर्यटकलाई नगरपालिकाले भाँदगाउँले टोपीले स्वागत गरेको छ । नगरपालिकाले नगर प्रवेश गर्ने खौमा ध्वाका ९ढोका०मा एक अष्ट्रेलियन र १६ भारतीय नागरिकलाई खादा, भादगाउँले टोपी, परम्परागत थैली र पुष्पगुच्छाका साथ स्वागत गरेको हो ।     ‘पर्यटन र हरित लगानी’ मूल नाराका साथ भक्तपुर नगरपालिका, भक्तपुर पर्यटन विकास समिति, भक्तपुर टुर गाइड...

  • २०८० आश्विन १०, बुधबार

    मेलम्चीको पानी उपत्यकामा पुनः वितरणबारे अझै अन्योल

    काठमाडौँ, १० असोजकाठमाडौँ उपत्यकाको खानेपानीको समस्या समाधानको उपायका रुपमा हेरिएको मेलम्चीको पानी कहिलेसम्म उपत्यकामा ल्याएर वितरण गर्ने भन्नेमा अन्योल रहेको छ ।    सरकारले पनि मेलम्चीको पछिल्लो क्षतिपछि त्यसको पुनःनिर्माणको विषयमा कुनै निर्णय नगरेको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताउनुभयो । साउनको अन्तिम साता आयोजना स्थलमा थप क्षति पुगेपछि त्यसमा पुगेको क्षतिको विस्तृत अध्ययन...

  • २०८० आश्विन ९, मंगलबार

    ईः अभियन्ता र काठमाडौं महानगरबीचको वार्ता निष्कर्षविहीन

    काठमाडौं- साना सडक व्यवसायीको व्यवस्थापनको माग गर्दै प्रदर्शनरत ईः सहितका अभियन्ता र काठमाडौं महानगरबीचको वार्ता निष्कर्षविहीन भएको छ । ईः ले ८ दिनदेखि मेयर र उपमेयरको कार्यालय राष्ट्रिय सभा गृहको गेट अगाडि निरन्तर उभिएर प्रदर्शन गरिरहेका छन् । मंगलबार बिहान उपमेयर सुनिता डंगोल अभियन्ता ईः लाई भेट्न पुगेकी थिइन् । त्यसपछि मेयर बालेन साहले वार्ताका लागि ५ सदस्यीय टोली बनाएका थिए । ईः का तर्फबाट...

  • २०८० आश्विन ९, मंगलबार

    हनुमानढोकामा यःसिँ उठाएसँगै शुरु भयो यँयाः (इन्द्रजात्रा)

    काठमाडौँ  - हनुमानढोकामा यःसिँ ठड्याइएको छ । बिहान १० बजेर ३७ मिनेटमा इन्द्र ध्वजोत्थान गरिएको हो । काठमाडौंको हनुमानढोकामा इन्द्रध्वजसहितको यःसिँ ठड्याएपछि इन्द्रजात्रा शुरु भएको छ ।  इन्द्रजात्रालाई नेपालभाषामा ‘येंयाः’ भनिन्छ । यँको अर्थ यँमाःद्यः अर्थात् इन्द्र देउता र याः भनेको यात्रा वा जात्रा हो । इन्द्रजात्राका बेला इन्द्रजात्रा सम्बन्धी सबै देवीदेवता पनि सार्वजनिक प्रदर्शनका लागि बाहिर...

  • २०८० आश्विन ८, सोमबार

    ईन्द्रजात्रा अवलोकन गर्न अमेरिका र चीनबाट पाहुना आउने

    काठमाडौँ उपत्यकाको चिनारीसँग जोडिएको ईन्द्रजात्रा अवलोकनका लागि अमेरिका र चीनबाट  पाहुना आउने भएका छन् ।     काठमाडौँ महानगरपालिकाले आज पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो ।  महानगरका प्रवक्ता नवीन मानन्धरले दुवै देशबाट २२ जना पाहुना आउने बताउनुभयो । अमेरिकाको फेडरिसवर्ग सिटी र चीनको नान्जिन, छेन्दु र झान्झाउ नगरपालिका र सियान सिटीबाट पाउना आउने उहाँको भनाइ छ ।जात्राको गरिमालाई...

  • २०८० आश्विन ७, आइतबार

    तलेजु दर्शन गर्न पूर्वराजा ज्ञानेन्द्र शाह भक्तपुरमा

      भक्तपुर - पूर्वराजा ज्ञानेन्द्र शाह भक्तपुर आएका छन्। भक्तपुरवासीको निमन्त्रणामा पूर्वराजा शाह यहाँ आएका हुन्। स्थानीयहरूले शाहलाई विशेष सम्मान गर्दै नेपालको झण्डासहित भव्य स्वागत गरेका थिए। पूर्वराजा शाहलाई स्वागत गर्न समर्थकहरूको भीड लागेको थियो। स्वागतका क्रममा समर्थकहरूले 'हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ', 'राजा आउ, देश बचाउ'लगायतका नारा लगाएका थिए। शाहले भक्तपुरको दरबार...

Pages