STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

उपत्यका

  • २०८० भाद्र २७, बुधबार

    गोकर्णेश्वर मेलाको तयारी पूरा

    काठमाडौं - प्रत्येक वर्ष भाद्र कृष्ण औँशीका दिन राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा लाग्ने मेलाको सबै तयारी पूरा भएको छ । बाबुको मुख हेर्ने दिनका रुपमा प्रचलित यस पर्वका दिन बाबु नहुनेहरूले विभिन्न पवित्रस्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने वैदिक सनातनी परम्परा छ । यसै अनुसार गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा यही भदौ २८ गते...

  • २०८० भाद्र २६, मंगलबार

    काठमाडौँ महानगरले सार्वजनिक गर्‍यो तत्काल गर्नुपर्ने कामको सूची

    काठमाडौँ– काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा तत्काल थाल्नुपर्ने ७१ वटा कामको सूची सार्वजनिक गरेको छ ।  महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले कामको सूची सार्वजनिक गर्दै कुनै कारणले पनि निर्धारित कार्यक्रममा ढिलाइ नगर्न सबै विभागीय प्रमुखलाई निर्देशनसमेत दिनुभएको छ । तत्काल गर्नुपर्ने कामको सूचीमा हाइमास्ट लाइट जडान, विद्युतीय सेवा सञ्चालन, कार्यालय परिसर र सहरी क्षेत्रमा पार्किङ...

  • २०८० भाद्र २४, आइतबार

    संस्कृतिको सम्बर्द्धन गर्न मच्छेगाउँमा लाखे नाच

    नेपाल साँस्कृतिक कला मन्दिर मच्छेगाउँ कोआयोजनामा हुने ‘लाखे नाच’प्रदर्शनी यसपटक आगामी असोज ५ र ६ गते हुने भएको छ । उक्तप्रदर्शनीमा देशभरका नेवार समुदायबाट प्रदर्शनीकालागि लाखे ल्याइने भएकोछ । चन्द्रागिरि नगरपालिका९, मच्छेगाउँमाआयोजनाहुने यस पटकको प्रदर्शनीमा ४२ समूहले लाखे नाच प्रदर्शन गर्ने आयोजक संस्थाका अध्यक्ष रमेश शाहीले जानकारी दिएका छन् । आधुनिक संस्कार र संस्कृतिमा रमाइरहेका युवाजमातलाई...

  • २०८० भाद्र २४, आइतबार

    विभिन्न मानन्धर समूहद्वारा धाः बाजा प्रदर्शन

    देशभरका मानन्धरहरुको साझा संस्था केन्द्रीय मानन्धर संघले बसन्तपुरमा सामुहिक धाः बाजा प्रदर्शनी कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौं महानगरपालिकासँग सहकार्य गरी संघले १२ वटा टोलका विभिन्न खलः, पुचः र गुठीलाई सम्मिलित गराएको छ । काठमाडौं उपत्यका र काभ्रे जिल्लामा सघन बसोबास गर्दै आएका मानन्धरहरुले बाजा प्रर्दशनीमा सहभागिता जनाएका हुन् । काठमाडौंको लाय्कूसाः मानन्धर समाज, भिंद्यः गुथि कालिमाटी,...

  • २०८० भाद्र २३, शनिबार

    नयाँ कानुन बनाएर भड्किलो चुनावी प्रचार र खर्च रोक्दै निर्वाचन आयोग

    काठमाडौँ, २३ भदौ स् मुलुकमा सुशासन कायम गर्ने सन्दर्भमा चुनौती खडा गरेको चुनावी खर्च र भड्किलो प्रचारप्रसारको आमरुपमा आलोचना भएपछि अन्तर्राष्ट्रिय अभ्यास र अनुभवका आधारमा निर्वाचन कानुन नै परिमार्जन गर्न लागिएको छ ।     निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र मितव्ययी बनाई समाजमा यससम्बन्धी उठेका आवाजलाई सम्बोधन गर्न साविकको निर्वाचनसम्बन्धी कानुनमा व्यापक  परिमार्जन र...

  • २०८० भाद्र १५, शुक्रबार

    ;हकारीको ऋण समयमै चुक्ता गर्न दक्षिणकाली नगरपालिकाको आह्वान

    काठमाडौँ, दक्षिणकाली नगरपालिकाले सहकारी संस्थाका ऋणी शेयर सदस्यहरूलाई समयमै ऋण चुक्ता गर्न सार्वजनिक आह्वान गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधु अर्याल खनालले सहकारी संस्थाबाट ऋण लिई तोकिएको समयभित्र साँवा ब्याज चुक्ता नगर्ने सदस्यलाई समयमै तिर्न आह्वान गर्नुभएको हो । सहकारी संस्थाले पटकपटक पत्राचार गर्दा पनि साँवा, ब्याज नतिर्दा बचतकर्ता शेयर सदस्यको रकम फिर्ता गर्न असहज भएको...

  • २०८० भाद्र १४, बिहिबार

    घिन्ताङघिसी नाचसहित टोलटोलबाट निकालियोे गाईजात्रा

    भक्तपुर, १४ भदौ स् भक्तपुरमा साताव्यापी मनाइने गाईजात्रा पर्व आज बिहानैदेखि सुरु भएको छ । अघिल्लो दिन साँझ तौमढीस्थित भैरब मन्दिरबाट गुठी कार्यालयले घिन्ताङघिसी नाच निकालेर नगर परिक्रमा गरेपछि जात्रा सुरु भएको मानिन्छ । बुधबार तलेजुको पूजा गरी साँझ तलेजुबाट गाई निकालेर जात्राको सुरुवात गरिएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो । गाईजात्रा पर्वको अवसरमा भक्तपुर जिल्लाभर नेवार...

  • २०८० भाद्र १४, बिहिबार

    बागमती प्रदेशमा ९३ प्रतिशत धान रोपाइँ

    मकवानपुर, बागमती प्रदेशमा यही  भदौको पहिलो साताभित्र ९३ प्रतिशत वर्षे धानको रोपाइँ  सम्पन्न भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको सूचना अधिकृत अनुप अधिकारीले प्रदेशको सबै जिल्लामा भदौको पहिलो सातासम्म करिब ९३ प्रतिशत रोपाइँ सम्पन्न भएको जानकारी दिनुभयो ।  काठमाडौँ उपत्यकासहित तीन जिल्लामा शतप्रतिशत वर्षे धानको रोपाइँ किसानले सम्पन्न गरेको उहाँले बताउनुभयो । प्रदेशको १३ वटै जिल्लाको स्थानीय...

  • २०८० भाद्र १३, बुधबार

    काठमाडौंमा भदौ १५ गते सापारू मनाउन सार्वजनिक बिदा

    काठमाडौं - काठमाडौं महानगरपालिकाले १५ भदौमा सापारू र रोपाइँ जात्राका लागि सार्वजनिक विदा दिएको छ । स्थानीय राजपत्रमा विदाको सूचना जारी गर्दै महानगरले परम्परालाई निरन्तरता दिएर मौलिक अमूर्त सम्पदाको संरक्षण गर्न सार्वजनिक विदा दिएको जनाएको छ । सूचना अनुसार शुक्रबार महानगरको क्षेत्र भित्र सार्वजनिक विदा हुने छ ।

  • २०८० भाद्र १३, बुधबार

    गाईजात्राको दिन काठमाडौँका यी सडकमा सवारीसाधन चलाउन नपाइने

    काठमाडौँ - काठमाडौँ महानगरपालिकाले बिहीबार र शुक्रबार काठमाडौँका विभिन्न क्षेत्रमा सवारी आवागमन निषेध गरिएको जानकारी दिएको छ ।  आज बुधबार एक सूचना जारी गर्दै महानगरले बिहीबार गाईजात्रा र शुक्रबार गुँलागा दुतिया पर्व मनाउने भएकाले काठमाडौँका विभिन्न सडकमा सवारी साधन सञ्चालनमा रोक लगाइएको जनाएको हो ।  सूचनामा असन–केलटोल–इन्द्रचोक मखन–जैशिदेवल ज्याबहाल–लगन चोक–हनुमानढोका दरबार परिसर–गोफल–ब्रम्हटोल–...

  • २०८० भाद्र ९, शनिबार

    बागमतीमा र्‍याफ्टिङ

      काठमाडौं - बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउन र्‍याफ्टिङ गरेर नदी महोत्सव गरिएको छ । नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सीज् (नारा), नेपाल नदी संरक्षण संस्था र फ्रेन्डस क्लब कुपण्डोलको आयोजनामा आज ‘नदी महोत्सव तथा महाजलयात्रा’ गरिएको हो । महोत्सव बाजागाजासहित सुरु गरिएको थियो । नाराका उपाध्यक्ष शिशिर खनालले बागमती नदी सभ्यताको पहिचान, संरक्षण र संवर्द्धनका साथै र्याफ्टिङ र जल पर्यटनको...

  • २०८० भाद्र ९, शनिबार

    नेपालभाषामा गीत र गायनको प्रतिस्पर्धा हुने

    विभिन्न पर्वहरुमा सांगितिक एवं कलाले भरिएको परम्परा निरन्तर गर्न विभिन्न कार्यक्रम आयोजना गर्दै आएको ललितपुर महानगरपालिका वडा नं १६ को कलाकार समितिले यस वर्षको इन्द्रजात्रा(येँन्यापुन्ही) को अवसरमा नेपालभाषा गीत प्रतियोगिता आयोजना गर्ने भएको छ । इन्द्रजात्राको अवसरमा विगतमा टोलटोलमा हुने सांगितिक सम्मेलन त्यस क्षेत्रमा रहेका गौरवशाली कलाकारको कला विकासका लागि उल्लेखनीय वातावरण भएको र त्यही...

Pages