उपत्यका
-
२०८१ माघ १, मंगलबार
भक्तपुरमा सम्यक महादान पर्व
भक्तपुर - भक्तपुरका नेवार समुदायले आज माघे सङ्क्रान्तिका अवसरमा सम्यक महादान पर्व मनाएका छन् । सो समुदायमा हाम्ह सँलु अर्थात् तिल सङ्क्रान्तिका रूपमा परिचित माघे सङ्क्रान्तिमा हरेक वर्ष मनाइने सम्यकदान पर्व बौद्ध धर्मावलम्बीहरूले ऐतिहासिक एवं सांस्कृतिक रूपले हर्षोल्लासका साथ मनाइने एक मौलिक पर्व हो । दायाँ हातले अभय वरदान दिने र बायाँ हातले चीबर समातिरहेको मुद्रामा बसेका विभिन्न स्वरुपका पाँच...
-
२०८१ पौष २८, आइतबार
ललितपुर महानगरद्वारा पाटन अस्पतालमा रहेको शवगृहको स्तरोन्नति
पाटन - ललितपुर महानगरले पाटन अस्पतालमा रहेको शवगृहको स्तरोन्नति गरिदिएको छ । विगतमा चारवटा शव राख्न मिल्ने शवगृहको स्तरोन्नतिपश्चात् अब २४ वटा शव राख्न मिल्ने गरी व्यवस्थापन गरिएको महानगरले जनाएको छ । नवनिर्मित शवगृह उद्घाटनका लागि आज यहाँ आयोजित कार्यक्रममा महानगरप्रमुख चिरीबाबु महर्जनले अस्पताललाई शव व्यवस्थापनका लागि सहजहोस् भन्ने उद्देश्यले महानगरले आवश्यक सहयोग गरेको बताए । ‘हरेक किसिमबाट...
-
२०८१ पौष १६, मंगलबार
चन्द्रागिरि केबलकार अवरुद्ध भएपछि १ हजार यात्रु अलपत्र
काठमाडौं- चन्द्रागिरि हिल्सको केबलकारमा समस्या आएको छ । हाइड्रोलिकमा समस्या आएपछि केवलकार अवरुद्ध भएको हो । हाइड्रोलिकमा समस्या आए पनि केबलकारमा कुनै यात्रु अड्किएका छैनन् । अहिले केबलकार मर्मत भइरहेको चन्द्रागिरि हिल्सले जनाएको छ । महानगरीय प्रहरी वृत्त थानकोटका डीएसपी सूर्यप्रकाश सुवेदीले चन्द्रागिरि केबलकारमा समस्या आएपछि अहिले मर्मत भइरहेको बताए । ‘केबलकारको हाइड्रोलिकमा समस्या आएपछि...
-
२०८१ मङ्सिर २८, शुक्रबार
भ्वाङ परेको कमलादी सडकखण्ड सञ्चालनमा
काठमाडौं- काठमाडौंको कमलादीस्थित टुकुचा खोलामाथि बक्स कल्भर्ट निर्माण सम्पन्न भएपछि बिहीबारबाट उक्त खण्डमा सवारिसाधन गुड्न थालेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले उक्त कल्भर्टको उद्घाटन गरेका हुन् । व्यस्त र जरुरी महत्त्वको स्थान भएकै कारण सडक विभागले तीव्रताका साथ उक्त स्थानमा काम गराएको सडक विभागका महानिर्देशक रामहरी पोखरेलले बताए । सडक डिभिजन कार्यालय...
-
२०८१ मङ्सिर २७, बिहिबार
विभिन्न कार्यक्रमसहित महानगर दिवस मनाइने
काठमाडौं - काठमाडौं महानगरपालिकाले विभिन्न कार्यक्रम गर्दै ३० औँ महानगर दिवस मनाउने भएको छ । महानगरले बुधबार पत्रकार सम्मेलन गर्दै मेयर बालेन शाहको संयोजकत्वमा महानगर दिवस मूल समारोह समिति गठन गरिएको जानकारी दिएको छ । २०५२ पछि मंसिर २९ गते महानगर दिवस मनाइने गरिएको छ । दिवसका अवसरमा महानगरले विद्यालयस्तरीय हाजिरजवाफ प्रतियोगिता र शिक्षकस्तरीय कविता वाचन गरिरहेको छ । त्यस्तै मंसिर २७ गते मेयरको...
-
२०८१ मङ्सिर २१, शुक्रबार
विष्णुदेवी अस्पताल २४ सै घण्टा इमर्जेन्सी सेवासहित सुचारु गर्ने कीर्तिपुरका मेयर डंगोलको निर्णय
कीर्तिपुर नगरका नवनिर्वाचित मेयर कृष्णमान डंगोलद्वारा पदभार ग्रहण, कीर्तिपुर/गएको मंसीर १६ गतेस्थानीय तह उपनिर्वाचनमा नेपाली कांग्रेसबाट विजयी हुनुभएका कीर्तिपुर नगरपालिकाका नवनिर्वाचित मेयर कृष्णमान डंगोलले शुक्रबार नगरपालिका कार्यालय पुगी पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहण गर्नु अघि शुक्रबार बिहान कीर्तिपुर ९ वडास्थित कृष्ण क्याटरिङ हलमा पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको थियो । पदभार...
-
२०८१ मङ्सिर २१, शुक्रबार
भुटानी नरेशद्वारा स्वयम्भूनाथ दर्शन
काठमाडौँ, भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुकले विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथको पूजा अर्चनासहित दर्शन गर्नुभएको छ । यसअघि स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका पदाधिकारीले स्वयम्भूनाथ परिसरमा भुटानी नरेशलाई स्वागत गर्नुभएको थियो । करिब आधा घण्टा त्यहाँ रहनुभएको भुटानी नरेशले स्वयम्भूनाथ परिसरबाट काठमाडौँ उपत्यकाको दृश्यावलोकन गर्नुभयो । आज बिहान नेपाल आइपुग्नुभएका भुटानी...
-
२०८१ मङ्सिर १९, बुधबार
प्राचीन सांस्कृतिक सम्पदाको धनी टोखा
श्याम मदन केसी काठमाडौँ, काठमाडौँ उपत्यकाको प्राचीनकालीन इतिहासमा टोखा प्रख्यात सहरका रुपमा रहेको तथ्यलाई त्यहाँ प्राप्त भएको संवत् ५१९ शिवदेव–अंशुवर्माको अभिलेखबाट स्पष्ट हुन्छ । यस अभिलेखको अध्ययनले प्राचीनकालमा यो स्थान एक व्यवस्थित सहरका रूपमा विकसित भएको देखिन्छ । धनवज्र बज्राचार्यले उतार गर्नुभएको अभिलेखमा शिवदेव र अंशुवर्माले टोखामा राखेको अभिलेखमा काठमाडौँ–उपत्यकाको उत्तरी भेगमा...
-
२०८१ मङ्सिर १८, मंगलबार
काठमाडौं–१६ की वडाध्यक्ष श्रेष्ठलाई मेयर बालेनले गराए शपथ
काठमाडौं - गत आइतबार भएको उपनिर्वाचनबाट निर्वाचित काठमाडौं–१६ की नवनिर्वाचित वडाध्यक्ष रोजिना श्रेष्ठलाई मेयर बालेन शाहले शपथ ग्रहण गराएका छन् । काठमाडौं महानगरपालिकाको कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रमकाबीच श्रेष्ठलाई शपथ ग्रहण गराइएको हो । रोजिना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित भएकी हुन् । काठमाडौं–१६ बाट निर्वाचित नेपाली कांग्रेसका वडाध्यक्ष मुकुन्द रिजालको निधनपछि यहाँ...
-
२०८१ मङ्सिर १२, बुधबार
धरहराबाट उपत्यका नियाल्ने रहर
काठमाडौँ, काठमाडौँमा पढ्दै गरेकी छोरी भेट्न जुम्लाबाट आउनुभएका दर्शन सुनारको मनमा नयाँ बनेको धरहरा हेर्ने चाहना जाग्यो । उमेरले ७० वर्ष नाघिसक्नुभएका उहाँलाई कसैले धराहरा हेर्दा शिरको टोपी नै खस्ने अग्लो छ भन्ने सुनाएपछि नजिकबाट हेर्ने अभिलाषा लाग्नु स्वाभाविकै थियो । छोरीलाई साथमा लिएर उहाँ सुन्धारा पुग्दा नभन्दै जीवनमा कहिल्यै नदेखेको अग्लो घर देख्दा उहाँ आश्चर्यचकित बन्नुभयो । पहिलोपटक...
-
२०८१ मङ्सिर १२, बुधबार
प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालको नवनिर्वाचित कार्यसमितिले आज प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरी फोटो पत्रकाररुको हकहितका लागि नौ बुँदे ध्यानाकर्षणपत्र हस्तान्तरण गरेको छ । समूहका अध्यक्ष प्रदीपराज वन्त नेतृत्वको टोलीले बुझाएको सो ध्यानाकर्षणपत्रमा नेपालमा विभिन्न सञ्चारगृहमा फोटो पत्रकारिता गर्ने फोटो पत्रकारहरूको हकहितका लागि...
-
२०८१ मङ्सिर १२, बुधबार
कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित उम्मेदवारहरू घरदैलोमा
काठमाडौं- स्थानीय तहको उपनिर्वाचन नजिकिएसँगै कीर्तिपुर नगरपालिकामा प्रचार–प्रसार तीव्र रुपमा अघि बढेको छ। राजनीतिक पार्टीसम्बद्ध उम्मेदवारहरू पार्टीको झण्डा र ब्यानरसहित जनताको घरदैलो पुगी आफ्नो पक्षमा मत माग्न व्यस्त देखिन्छन्। यसैगरी, स्वतन्त्र उम्मेदवारहरू पनि राजनीतिक पार्टीहरू असफल भएको भन्दै विकल्पका रूपमा साथ दिन जनतासँग अनुरोध गर्दै दौडधुप गरिहेका भेटिन्छन्। कीर्तिपुर नगरपालिकामा प्रमुख र...


