व्यक्तित्व
-
२०८२ चैत्र ३०, सोमबार
आशा भोसले रहेनन्
काठमाडौं - भारतीय चर्चित गायिका आशा भोसलेको निधन भएको छ । आइतबार मुम्बईको ब्रीच क्यान्डी अस्पतालका चिकित्सकले गायिका भोसलेको निधन भएको पुष्टि गरे । आशा भोसलेलाई कार्डियक अरेस्ट भएपछि शनिबार अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उनी दशकौँसम्म गायन क्षेत्रमा सक्रिय रहिन् । उनी ९२ वर्षकी थिइन् । हिन्दी सिनेमालगायत उनले अनेक नेपाली चलचित्रमा पनि पाश्व गायन गरेका थिए । उनले चिनोको तिहार गीत -...
-
२०८२ फाल्गुण २७, बुधबार
रहेनन् पत्रकार तथा साहित्यकार सुरेश किरण
काठमाडौं– पत्रकार, साहित्यकार तथा भाषा आयोगका सदस्य सुरेश किरण मानन्धरको ५९ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ । सोमवार साँझ काठमाडौंको खुसिबुस्थित नेपाः ब्याङ्क्वेटमा आयोजित आफ्नी भाञ्जीको वैवाहिक समारोहमा सहभागी भइरहेका बेला अचानक हृदयघात भएपछि उनलाई तत्काल उपचारका लागि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियोलोजी केन्द्रमा लगिएको थियो । तर अस्पताल...
-
२०८२ माघ २४, शनिबार
रहेनन् कलाकार सुनिल थापा
काठमाडौं– नेपाली कलाकारिता क्षेत्रका दिग्गज कलाकार सुनिल थापाको असामयिक निधन भएको खबर प्राप्त भएको छ । नेपाली दर्शकमाझ ‘राते काइँला’ उपनामले लोकप्रिय कलाकार थापाको माघ २४ गते शनिवार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारकै क्रममा निधन भएको जानकारी प्राप्त भएको छ ।
-
२०८२ माघ १९, सोमबार
रहेनन् कीर्तिपुरका ज्ञानमाला भजन सर्जक एवं बौद्ध उपासक जुलुम शाक्य
कीर्तिपुर । पद्मकीर्ति महाविहार शाक्य सना गुथिका थकाली न्वकू कीर्तिपुर १० वडा चिथु विहारका जुलुम शाक्य ७२ वर्षको उमेरमा ने.सं. ११४६ सिल्लाथ्व चतुदर्शी २०८२ माघ १७ गते शनिबार राती ८ः३० बजे दिवंगत हुनुभएको छ । दिवंगत शाक्यको अन्तिमर संस्कार आइतबार कीर्तिपुरको दीखु घाटमा भएको हो । केही वर्ष अघिदेखि मुटु सम्बन्धी रोगले ग्रसित शाक्यको दुई हप्ता अघि मात्र धुलिखेल अस्पतालमा ‘ओपन हर्ट सर्जरी’ (अपरेशन)...
-
२०८२ पौष २७, आइतबार
प्रशान्त तामाङको निधन
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ। इन्डियन आइडल सिजन ३ का विजेतासमेत उनको भारतको दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको चलचित्रकर्मी राजेश घतानीले जानकारी दिए। 'तामाङका परिवारले उनको निधन भएको जानकारी दिएका हुन्,' घतानीले भने, 'मुटुको समस्याका कारण प्रसान्तको निधन भएको प्रारम्भिक अनुमान गरिएको छ।' तामाङकी श्रीमती र एक छोरी छन्। उनले गायका थुप्रै नेपाली गीत चर्चित छन्।
-
२०८२ मङ्सिर २६, शुक्रबार
मदनपुरस्कार विजेता साहित्यकार लोकेन्द्र बहादुर चन्दको अभिनन्दन सम्पन्न
मदनपुरस्कार विजेता वरिष्ठ साहित्यकार एवं पूर्व प्रधानमन्त्री श्री लोकेन्द्र बहादुर चन्दज्यूलाई १०१ विभिन्न साहित्यिक सामाजिक संघसंस्थाहरूले भक्तपुर लोकन्थलीस्थित उहाँको निवासमा सामूहिक अभिनन्दन गरेको छ । मूल आयोजक साहित्यिक पत्रकार संघ तथा सहआयोजक तारा किशन फाउण्डेसन एवं नेपाल स्रष्टा समाज रहेको अभिनन्दन समारोहमा राधेश्याम लेकाली, सहआयोजक श्रीओम श्रेष्ठ रोदन , किशन सिंह धामी र समालोचक प्रमोद...
-
२०८२ कार्तिक २८, शुक्रबार
युट्युब हेरेर सिकेको काष्ठकलाबाट मनग्य आम्दानी
दोधारा , कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का भक्तबहादुर महरा दुई दशक अघिसम्म फर्निचरको काम गर्नुहुन्थ्यो । उक्त कामबाट परिवारको जोहो गर्न मुस्किल पर्न थालेपछि त्यसको विकल्पको खोजी गर्नुभयो । एक दिन उहाँका साथीले काष्ठकलाका सामग्री बनाउने भिडियो उहाँको मोबाइलमा पठाउनुभयो । “इन्टरनेटमा भिडियो देखेपछि मलाई काष्ठकलाका सामग्री बनाउने इच्छा लाग्यो र यसमै लागेँ”, महराले भन्नुभयो, “हाउस डेकोरेसनको काम...
-
२०८२ भाद्र १३, शुक्रबार
माग्ने बुढा ब्याडमिन्टन खेल्ने क्रममा घाइते
कुपण्डोलमा ब्याडमिन्टन खेल्ने क्रममा माग्ने बुढा भनेर लोकप्रिय कलाकार केदार प्रसाद घिमिरे घाइते घाइते भएका छन् । उनको दायाँ काँधको हड्डी फ्याक्चर भएको बताइएको छ । अस्वस्ताको कारण अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ ले अब एक महिना आराम गर्नुपर्ने भएको छ । सोमबार घाइते भए पनि माग्ने बुढा नियमित काममा थिए । तर, मङ्गलबार दुखाइ बढेपछि चेकजाँचका लागि एभरेस्ट हस्पिटल गएका थिए । हस्पिटलमा चेकजाँचको...
-
२०८२ जेठ ११, आइतबार
नेपाली रेडीयोकर्मी तिमिल्सिना अष्ट्रेलियामा पुरस्कृत
अष्ट्रेलियाको राजधानी क्यान्बेराको एफ् एम् ९१.१ मा नेपाली भाषाको रेडीयो कार्यक्रम निर्माता तथा संचालकका रुपमा कर्म गर्दै आइरहेका रेडियोकर्मि प्रदीप तिमल्सिना अष्ट्रेलियाको भाषा भाषीहरुको प्रसारक छाता संगठन नेशनल इथ्निक एण्ड मल्टीकल्चरल काउन्सिल अफ अष्ट्रेलिया ( एन् एम् बि सि) द्वारा हरेक बर्ष प्रदान गरिने कम्युनिटी इम्प्याक्ट अवार्ड २०२५ बाट सम्मानित भएका छन् । अष्ट्रेलिया भरबाट यस बर्ष बिभिन्न्...
-
२०८१ चैत्र १९, मंगलबार
कलाकार मोहन निरौलाको जन्मदिनमा विकास बोर्डका सदस्यको स्वागत
“माटो बदलिँदैन, विचार बदलौं” भन्ने नाराका साथ नेपाली कला, संस्कृति तथा चलचित्र क्षेत्रको सर्वाङ्गिण विकासका लागि विसं २०५२ मा स्थापना भएको परिवर्तन नेपालले कलाकार संघका अध्यक्ष समेत रहेका अाफ्ना अभिभावक मोहन निरौलाको जन्मदिन मनाएको छ । राजधानीमा आयोजित उक्त कार्यक्रममा हालै चलचित्र विकास बोर्डका नवनियुक्त सदस्य सन्तोष बाबु लोहनीलाई र्वागत एवं सम्मान गरेको छ । उनलाई विशिष्ट चलचित्र अभिनेत्री...
-
२०८१ फाल्गुण १७, शनिबार
नेपालकी पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन
काठमाडौं - नेपालकी पहिलो महिला न्यायाधीश तथा सर्वोच्च अदालत पुग्ने दोस्रो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ। सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार श्रेष्ठको उपचारका क्रममा शुक्रबार बिहान ५ बजे मृत्यु भएको हो। महराजगन्जस्थित प्रहरी अस्पतालमा उनको निधन भएको सूचना अधिकारी पाण्डेले जानकारी दिए। उनी ८३ वर्षकी थिइन्। श्रेष्ठको शुक्रबार साँझ ४ बजे पशुपतिस्थित आर्यघाटमा...
-
२०८१ फाल्गुण ८, बिहिबार
शिल्पा पोखरेल बनिन् ओशो सन्यासी - ‘माँ प्रेमा हाँस्या’
काठमाडौं - अभिनेत्री शिल्पा पोखरेल ‘ओशो सन्यासी’ बनेकी छिन् । ओशो तपोवन पुगेर उनले स्वामी आनन्द अरुणबाट ‘नवसन्यास दीक्षा’ ग्रहण गरिन् । ओशो सन्यासी बनेसँगै शिल्पाको नाम ‘माँ प्रेमा हाँस्या’ राखिएको छ । अभिनेत्री समेत रहेकी ओशोमार्गी शोभिता सिम्खडाले यसबारे जानकारी दिँदै शिल्पाले नवसन्यास लिएकोमा खुसी जनाएकी छन् । शिल्पालाई शुभकामना दिँदै शोभिता लेख्छिन्-‘अबको आध्यात्मिक यात्राले नयाँ जिन्दगी...


