STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०८३ बैशाख ९, बुधबार

    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

    काठमाडौं - गृहमन्त्री सुधन गुरुङले बुधबार पदबाट राजीनामा दिएका छन्। विवादित व्यापारी दीपक भट्टसँग सेयर लगानी लगायतका विषयमा नागरिक स्तरबाट उठेका प्रश्न र टिप्पणीहरूलाई सम्बोधन गर्दै उनले नैतिकताको आधारमा राजीनामा दिएको घोषणा गरेका हुन्। सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री गुरुङले आजकै मितिदेखि लागू हुने गरी पद त्याग गरेको जानकारी दिएका हुन्। चैत १३ देखि गृह प्रशासनको नेतृत्व सम्हाल्दै आएका उनले...

  • २०८२ चैत्र २९, आइतबार

    प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक

    काठमाडौं -प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सार्वजनिक गरिएको विवरणमा उनको र परिवारका सदस्यहरूको नाममा रहेको सम्पत्ति उल्लेख छ ।  प्रधानमन्त्री शाहले आफ्नो अन्य सम्पत्ति विवरणमा फेसबुक, युट्युब र ट्वीटरलाई समेत उल्लेख गरेका छन् । यसका साथै काठमाडौंमा पाँच आना जग्गा रहेको पनि जनाइएको छ ।  पारिवारिक सम्पत्तिः...

  • २०८२ चैत्र २७, शुक्रबार

    विद्यार्थी संगठन खारेज गर्ने तयारीविरुद्ध संयुक्त विद्यार्थी संगठनले गर्‍यो आन्दोलन घोषणा

    काठमाडौं - विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध संयुक्त विद्यार्थी संगठनले आन्दोलनको घोषणा गरेको छ। काठमाडौंमा पत्रकार सम्मेलन गरेर पहिलो चरणका कार्यक्रम सार्वजनिक गरेको हो। सरकारको १०० वटा शासकीय सुधारका काममा विद्यार्थी संगठन खारेज गर्ने बुँदा पनि समावेश भएपछि विद्यार्थी सङ्गठनहरूले आन्दोलनको घोषणा गरेका हुन्। यी हुन् सङ्घर्षको कार्यक्रम १. चैत २७ गतेः आज पत्रकार सम्मेलन गर्ने । २...

  • २०८२ चैत्र २७, शुक्रबार

    गौरीकुमारी यादव उद्योग र रामजी यादव श्रममन्त्री नियुक्त

    काठमाडौं - सरकारले मन्त्रिपरिषद् विस्तार गर्दै उद्योग र श्रम मन्त्रालयको जिम्मेवारी सुम्पेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादव नियुक्त भएका छन्। नवनियुक्त दुवै मन्त्री रास्वपाका बहालवाला सांसद हुन्। नवनियुक्त मन्त्रीद्वयले आजै राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहबिच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने...

  • २०८२ चैत्र २६, बिहिबार

    उपसभामुखमा रुवी र सरस्वतीबीच प्रतिस्पर्धा

    काठमाडौं -  प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद सरस्वती लामा र श्रम संस्कृति पार्टीकी सांसद रुवी कुमारी ठाकुरबीच प्रतिस्पर्धा हुने भएको छ । उपसभामुखको उम्मेदवारी दर्ता गर्नका लागि तोकेको बिहीबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समयमा लामा र ठाकुरको उम्मेदवारी मनोनयन दर्ता भएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी दिए ।    रुवी...

  • २०८२ चैत्र २६, बिहिबार

    श्रम, रोजगार मन्त्री दीपककुमार साह पदमुक्त

    काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाहले  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वाप) को सिफारिसमा प्रधानमन्त्री शाहले मन्त्री साहलाई पदमुक्त गरेका हुन् । यसअघि, पार्टी सभापति रवि लामिछानेले साहलाई पदमुक्त गर्नका लागि प्रधानमन्त्रीलाई पत्र पठाएका थिए । पत्रमा भनिएको थियो, ‘श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय दीपक...

  • २०८२ चैत्र १५, आइतबार

    ओली र लेखकलाई आज अदालतमा पेस गरिँदै

    काठमाडौँ - शनिबार पक्राउ परेका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई प्रहरीले आज आइतबार अदालत पेस गर्न लागेको छ ।  शनिबार अदालत बिदा हुने भएकाले उनीहरूलाई प्रहरीले आइतबार अदालतमा पेस गर्न लागेको हो । प्रहरीको थुनामा राखेर अनुसन्धान गर्न जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँ हुँदै जिल्ला अदालत काठमाडौँ पेस गरिने छ । प्रहरीले ओली र...

  • २०८२ चैत्र १५, आइतबार

    कुमार बेन (व्यञ्जनकार) बने प्रम बालेनका प्रमुख सल्लाहकार

    काठमाडौं - नेपालका नयाँ प्रधानमन्त्री बालेन शाहले पदभार ग्रहण गरेसँगै आफ्नो सचिवालय र सल्लाहकार टोलीको संरचना सार्वजनिक गरेका छन्। शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएपछि पद तथा गोपनीयताको शपथ लिएर पदबहाली गरेका शाहले सल्लाहकार र सचिवालयको टिम पनि बनाएका हुन्। जसअनुसार शाहले प्रमुख सल्लाहकारमा कुमार बेनलाई नियुक्त गरेका छन्। उनी शाहका रणनीतिक सल्लाहकार मानिन्छन्। काठमाडौँ महानगरपालिकाको मेयरमा...

  • २०८२ चैत्र १५, आइतबार

    सरकारको प्रवक्तामा शिक्षामन्त्री पोखरेल

    काठमाडौं - शिक्षा मन्त्री सस्मित पोखरेल सरकारको प्रवक्ता बनेका छन् ।  आजमात्रै बनेको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पोखरेललाई सरकारको प्रवक्ता चयन गरेको हो । विगतमा सञ्चारमन्त्रीलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने अभ्यास थियो।  नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह काठमाडौं महानगरपालिकाको प्रमुख हुँदा उनको सल्लाहकार समूहमा रहेका पोखरेल उनीसँगै रास्वपा...

  • २०८२ चैत्र १३, शुक्रबार

    प्रधानमन्त्री बालेनलाई चीन, अमेरिका र बेलायतबाट बधाई

    काठमाडौँ - चीनले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई पदभार ग्रहण गरेको अवसरमा बधाई तथा शुभकामना दिएको छ । चीन सरकारले एक औपचारिक सन्देश जारी गर्दै प्रधानमन्त्री बालेनको सफल कार्यकालको कामना गर्दै नेपालसँगको परम्परागत मित्रता र आपसी सहकार्यलाई अझ सुदृढ बनाउन तत्पर रहेको जनाएको छ । सन्देशमा चीनले नेपालसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै द्विपक्षीय हितका क्षेत्रमा व्यावहारिक...

  • २०८२ चैत्र १३, शुक्रबार

    बालेनको नेतृत्वमा गठित नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले गरेका चार वटा मुख्य निर्णयहरू

    काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नेतृत्वमा गठित नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले गरेका चार वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेललाई सरकारको प्रवक्तामा नियुक्त गर्ने निर्णय गरिएको छ ।  बैठकका निर्णय सार्वजनिक गर्दै उनले गत भदौ २३ र २४ गते...

  • २०८२ चैत्र १३, शुक्रबार

    कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

    काठमाडौं - सरकारले गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले सिफारिस गरेको विषयहरु कार्यान्वयन गर्ने निर्णय गरेको छ ।  शुक्रबार बसेको बालेन नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले सो निर्णय गरेको हो।  आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्रमन्त्री रमेश लेखक र आईजीपी चन्द्र कुवेर खापुङलाई १० वर्ष जेलसजायसहित सरकारी उच्च अधिकारीलाई कारबाहीको सिफारिस गरेको थियो ।

Pages