राजनीति
-
२०८२ माघ ४, आइतबार
काठमाडौंका मेयर बालेनले दिए राजीनामा
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राजीनामा दिएका छन् । मेयर शाहले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन् । उनी केहीबेरमा रास्वपा केन्द्रीय कार्यालय पुग्दैछन् । रास्वपा कार्यालयमा कार्यकर्ता र शुभचिन्तकहरूको बाक्लो भिड छ । दिउँसो १ बजे नै पुग्ने भनिए पनि उनी राजीनामा लगायतका विषयमा दोधारमा परेपछि केहीबेर ढिलो भएको थियो । रास्वपा प्रवेश गरेर बालेनले झापा–५ बाट निर्वाचन...
-
२०८२ पौष १३, आइतबार
बालेन-रविबीच ७ बुँदे सहमति पत्रमा हस्ताक्षर
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच सहमति भएको छ। बालेनलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सार्ने गरी उनीहरूबीच सहमति भएको हो। त्यस्तै पार्टी सभापतिमा भने लामिछाने रहने सहमति पत्रमा उल्लेख छ। सहमति पत्रमा लामिछाने र बालेनले हस्ताक्षर गरेका छन्। हस्ताक्षरमा स्वर्णिम वाग्ले , डिपि अर्याल, शिशिर खनाल, असिम शाह, के पी...
-
२०८२ मङ्सिर २१, आइतबार
हेटौँडामा डोजर नचलाउन गरेको अनुरोध अस्वीकृत भएपछि उज्यालो पार्टी छाडेँ : केन्द्रीय सदस्य श्रेष्ठ
हेटौँडा बजार विस्तार कार्यमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले साथ नदिएको भन्दै श्रेष्ठले केन्द्रीय सदस्यबाट राजीनामा दिएकी हुन्। मन्त्री घिसिङकै अगुवाइमा उज्यालो पार्टी बनको हो। जनताको निजी निवास भत्काएर मानव अधिकार कुण्ठित गरिरहेको श्रेष्ठको भनाइ छ। सरकारले हटौँडामा सडक विस्तार गर्दा घरधनीलाई उचित मुआब्जा नदिई संरचना भत्काएपछि आक्रोशित भएकी उनले सामाजिक सञ्जालबाटै राजीनामाको...
-
२०८२ कार्तिक १९, बुधबार
प्रधानमन्त्रीमा कार्की नियुक्त विरुद्धको रिट संवैधानिक इजलासमा सुनुवाइका लागि पेसी तोकियो
काठमाडौं - प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति असंवैधानिक भएको भन्दै दायर रिट सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । बुधबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, हरिप्रसाद फुयाँल, मनोजकुमार शर्मा र सारङ्गा सुवेदीसहितको संवैधानिक इजलासमा पेसी तोकिएको हो । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि राष्ट्रपति रामचन्द्र पौडेलले संविधानभन्दा...
-
२०८२ कार्तिक १८, मंगलबार
विशेष महाधिवेशन नगर्न देउवाको निर्देशन
काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संस्थापनका नेताहरूलाई विशेष महाधिवेशन नगर्न निर्देशन दिएका छन् । विशेष महाधिवेशन माग गर्दै दुई हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षरसहितको पत्र बुझाएका थिए । त्यो पत्रको कार्यान्वयन नगरी नियमित महाधिवेशन गर्ने वातावरण निर्माण गर्न संस्थापनका नेताहरूलाई देउवाले भनेका हुन् । गत आइतबारको केन्द्रीय...
-
२०८२ कार्तिक १७, सोमबार
मन्त्री र सचिवहरूलाई प्रधानमन्त्री कार्कीको १४ बुँदे निर्देशन
काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार गठन भएपछि सम्पन्न भएका कार्य प्रगतिबारे सबै मन्त्री र सचिवहरूसँग जानकारी लिएकी छन्। बैठकमा सचिवहरूले आफ्ना मन्त्रालय र निकायहरूको प्रगति विवरण पेस गरेका थिए। विवरण सुनिसकेपछि प्रधानमन्त्री कार्कीले मुख्यसचिव तथा सचिवहरूलाई १४ बुँदे निर्देशन दिएकी छन्। यस्ता छन् १४ बुँदे निर्देशन १. गत भाद्र २३ र २४ गतेको आन्दोलनको मर्म र भावना बमोजिम...
-
२०८२ कार्तिक ९, आइतबार
गणपतिलाल श्रेष्ठको शपथ रोकियो
काठमाडौं - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीमा सिफारिस भएका गणपतिलाल श्रेष्ठको पनि शपथ नहुने भएको छ । भूमिसम्बन्धी मुद्दा विचाराधीन रहेको विषय बाहिरिएपछि उनको पनि प्रधानमन्त्री कार्यालयले सिफारिस रोकेसँगै आज शपथ नहुने भएको हो। श्रम मन्त्रीमा सिफारिस भएका खगेन्द्र सुनारको पनि शपथ रोकिएको थियो । यससँगै आज दुई मन्त्रीको मात्रै शपथ हुने भएको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ...
-
२०८२ आश्विन ३१, शुक्रबार
“ओलीको असक्षमता र असफलता : अरुलाई दोष दिएर उम्कन खोज्नु गलत पाईला” – डा. सुरेन्द्र मानन्धर
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको दशौं केन्द्रीय कमिटीको बैठक असोज २९ गतेदेखि चलिरहेको छ भने आज असोज ३१ गते शुक्रबार समापन हुँदैछ । एमालेको उक्त दशौं केन्द्रीय कमिटीको बैठकमा नेकपा एमालेका केन्द्रीय सदस्य कीर्तिपुर निवासी डा. सुरेन्द्र मानन्धरले आफ्नो धारणा एवं राजनीतिक मत प्रस्तुत गर्ने क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट राजीनामा दिएर एमालेका सहयोद्धाहरुलाई विश्वास...
-
२०८२ आश्विन ३०, बिहिबार
ओली–लेखक, सुदन–बालेनविरुद्धको उजुरीमा तत्काल कारबाही अगाडी नबढ्ने
काठमाडौं - पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध जेनजी आन्दोलनमा दमन गरेको भन्दै परेको उजुरी तामेलीमा राख्ने तयारी भएको छ। प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले उजुरी दर्ता गरेर तत्काल पक्राउ गर्न भनेपनि सुरक्षा प्रमुखहरूले तत्काल यसो गरे शान्ति सुरक्षाको अवस्था बिग्रने अडान लिएका थिए। ‘सुरुमा उहाँहरू उजुरी दर्ता गरेर तत्काल कारबाही अगाडी...
-
२०८२ आश्विन २९, बुधबार
कांग्रेसको नेतृत्वको कार्यकारी भूमिकाबाट शेरबहादुर देउवाको बिदाइ
काठमाडौँ - दशक लामो कांग्रेसको नेतृत्व सम्हालेका शेरबहादुर देउवा औपचारिक रुपमा मंगलबारदेखि पार्टीको कार्यकारी भूमिकाबाट बिदा भएका छन् । आगामी १५ औं महाधिवेशनमा विधानले उनलाई उम्मेदवार हुन दिनेछैन तर देउवा स्वयंले भने केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै मंगलबार अब आफू उम्मेदवार नहुने घोषणा गरे । पार्टीको १५ औं महाधिवेशन सम्पन्न गर्न देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यकारी सभापतिको...
-
२०८२ आश्विन २८, मंगलबार
वर्तमान सरकार कुनै पनि हालतमा नटिक्ने दुर्गा प्रसाईंको दाबी
काठमाडौं - राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईले वर्तमान सरकार कुनै पनि हालतमा नटिक्ने दाबी गरेका छन्। सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले देशमा राजाको आवश्यकता अपरिहार्य रहेको बताए। 'राजा भनेको सबैलाई जोडेर राख्ने हो,' उनले भने, 'धर्म भनेको देशको संविधान जस्तै हो। हामीलाई यस्तो संविधान चाहिँदैन।' उनले वर्तमान...
-
२०८२ भाद्र ३१, मंगलबार
जेनजी आन्दोलनमा ज्यान गुमाउनेलाई सहिद घोषणा, मृतकका परिवारलाई १५ लाख रुपैयाँ दिने निर्णय
काठमाडौं - भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनमा ज्यान गुमाउनेलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद् विस्तार भएसँगै आज बसेको बैठकले जेनजी सहिद घोषणा गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए। उनले ज्यान गुमाउनेहरूलाई राष्ट्रिय सम्मानसहित अन्त्यष्टि गर्ने, असोज १ गते शोक मनाउने निर्णय भएको पनि जानकारी दिए। ज्यान गुमाउनेहरूका परिवारलाई यसअघिदेखि नै दिँदै आएको १० लाख...


