STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०८२ आश्विन ३१, शुक्रबार

    “ओलीको असक्षमता र असफलता : अरुलाई दोष दिएर उम्कन खोज्नु गलत पाईला” – डा. सुरेन्द्र मानन्धर

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको दशौं केन्द्रीय कमिटीको बैठक असोज २९ गतेदेखि चलिरहेको छ भने आज असोज ३१ गते शुक्रबार समापन हुँदैछ ।  एमालेको उक्त दशौं केन्द्रीय कमिटीको बैठकमा नेकपा एमालेका केन्द्रीय सदस्य कीर्तिपुर निवासी डा. सुरेन्द्र मानन्धरले आफ्नो धारणा एवं राजनीतिक मत प्रस्तुत गर्ने क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट राजीनामा दिएर एमालेका सहयोद्धाहरुलाई विश्वास...

  • २०८२ आश्विन ३०, बिहिबार

    ओली–लेखक, सुदन–बालेनविरुद्धको उजुरीमा तत्काल कारबाही अगाडी नबढ्ने

    काठमाडौं - पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध जेनजी आन्दोलनमा दमन गरेको भन्दै परेको उजुरी तामेलीमा राख्ने तयारी भएको छ। प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले उजुरी दर्ता गरेर तत्काल पक्राउ गर्न भनेपनि सुरक्षा प्रमुखहरूले तत्काल यसो गरे शान्ति सुरक्षाको अवस्था बिग्रने अडान लिएका थिए। ‘सुरुमा उहाँहरू उजुरी दर्ता गरेर तत्काल कारबाही अगाडी...

  • २०८२ आश्विन २९, बुधबार

    कांग्रेसको नेतृत्वको कार्यकारी भूमिकाबाट शेरबहादुर देउवाको बिदाइ

    काठमाडौँ - दशक लामो कांग्रेसको नेतृत्व सम्हालेका शेरबहादुर देउवा औपचारिक रुपमा मंगलबारदेखि पार्टीको कार्यकारी भूमिकाबाट बिदा भएका छन् । आगामी १५ औं महाधिवेशनमा विधानले उनलाई उम्मेदवार हुन दिनेछैन तर देउवा स्वयंले भने केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै मंगलबार अब आफू उम्मेदवार नहुने घोषणा गरे । पार्टीको १५ औं महाधिवेशन सम्पन्न गर्न देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यकारी सभापतिको...

  • २०८२ आश्विन २८, मंगलबार

    वर्तमान सरकार कुनै पनि हालतमा नटिक्ने दुर्गा प्रसाईंको दाबी

    काठमाडौं - राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईले वर्तमान सरकार कुनै पनि हालतमा नटिक्ने दाबी गरेका छन्। सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले देशमा राजाको आवश्यकता अपरिहार्य रहेको बताए। 'राजा भनेको सबैलाई जोडेर राख्ने हो,' उनले भने, 'धर्म भनेको देशको संविधान जस्तै हो। हामीलाई यस्तो संविधान चाहिँदैन।' उनले वर्तमान...

  • २०८२ भाद्र ३१, मंगलबार

    जेनजी आन्दोलनमा ज्यान गुमाउनेलाई सहिद घोषणा, मृतकका परिवारलाई १५ लाख रुपैयाँ दिने निर्णय

    काठमाडौं - भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनमा ज्यान गुमाउनेलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद् विस्तार भएसँगै आज बसेको बैठकले जेनजी सहिद घोषणा गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।   उनले ज्यान गुमाउनेहरूलाई राष्ट्रिय सम्मानसहित अन्त्यष्टि गर्ने, असोज १ गते शोक मनाउने निर्णय भएको पनि जानकारी दिए। ज्यान गुमाउनेहरूका परिवारलाई यसअघिदेखि नै दिँदै आएको १० लाख...

  • २०८२ भाद्र २८, शनिबार

    “जेन–जी युवापुस्ताको बलिदान र योगदानले देशमा परिवर्तन आएको छ”, बालेन भन्छन्

    काठमाडौं/जेन–जी युवापुस्ताको बलिदान र योगदानका कारण देशले परिवर्तन पाएको काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले बताएका छन् । मेयर बालेनले जेन–जी युवापुस्ताको योगदान अमूल्य रहेको पनि उल्लेख गरेका छन् । अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ लिएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेनले यस्तो लेखेका हुन् । मेयर बालेनले जेन–जी युवापुस्ताको योगदानले...

  • २०८२ भाद्र २७, शुक्रबार

    सुशीला कार्कीलाई प्नधानमन्त्री बनाएपछि माओवादीको भर्त्सना

    काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारको प्रमुख सुशीला कार्कीलाई बनाएकोमा नेकपा माओवादी केन्द्रले भर्त्सना गरेको छ ।  सरकार प्रमुख कार्कीले पद तथा गोपनीयताको शपथ लिने तयारी गरिरहेको बेला शुक्रबार माओवादी केन्द्रकाे पदाधिकारीको भर्चुअल बैठकले भर्त्सना गरेको हो । 'जनताको सर्वोच्च संस्था प्रतिनिधिसभा विघटन गरेर संविधान, विधिको शासन र लोकतान्त्रिक मूल्य र मान्यता विपरीत सरकार प्रमुख...

  • २०८२ भाद्र २५, बुधबार

    रञ्जिता र सीके राउतले दिइन् सांसद पदबाट राजीनामा

    काठमाडौं - नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सांसद पदबाट राजीनामा दिएकी छन् ।  मंगलबार उनले राजीनामा घोषणा गर्दै ‘जेनजी’को प्रदर्शनप्रति ऐक्यबद्धता जनाएकी छन् । उनले लेखेकी छन्, “उनीहरूको आन्दोलनप्रति ऐक्यबद्धता केवल शब्दमा सीमित नरहोस भन्ने गम्भीर जिम्मेवारीको अनुभूति गर्दै म आजको मितिबाट प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएको जानकारी गराउँदछु,” । सीके राउतले दिए...

  • २०८२ भाद्र २५, बुधबार

    नक्साल भाटभटेनीमा लुटपाट गरी लगाइयो आगो

    काठमाडौं - प्रदर्शनकारीहरूले नक्सालस्थित भाटभटेनी सुपर स्टोरमा लुटपाट गरेर आगजनी गरेका छन्। आगो लगाउनुअघि प्रदर्शनकारीले स्टोरबाट सामानहरू लुटपाट गरेको भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले बताएका छन्। ‘प्रदर्शनकारीले स्टोरबाट सामान लुटेपछि आगो लगाइदिएका छन्,’ सीओओ पौडेलले भने, ‘क्षतिबारे यकिन भएको छैन, ।’ यसअघि राजावादीको आन्दोलन क्रममा कोटेश्वर भाटभटेनीमा लुटपाट भएको थियो ।

  • २०८२ भाद्र २४, मंगलबार

    प्रदर्शनकारीलाई घर फर्कन बालेनको अनुरोध

    काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेन जी प्रदर्शनकारीहरूलाई घर फर्कन अपिल गरेका छन् । उनले सामाजिक सञ्जालबाट जेन(जी प्रदर्शनकारीहरूलाई अपिल गर्दै भनेका छन्, प्लिज, जेन(जी, देश तपाईंहरूकै हातमा हो । तपाईंहरूले नै बनाउने हो ।’ उनले अगाडि थपे, ‘अब जति क्षति हुन्छ, तपाईं हाम्रो हुने हो । अब घर फर्कनुस् ।’  

  • २०८२ भाद्र २४, मंगलबार

    आन्दोलनकारीको आक्रमणमा देउवा दम्पत्ती घाइते

    काठमाडौं - पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पती नै कुटिएका छन् । उग्र प्रदर्शमा उत्रिएका जेनजीहरूले देउवा र उनकी पत्नी आरजु राणा देउवालाई कुटपिट गरेका हुन् । उग्र प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले  सिंहदरबार, संसद् भवन लगायतका शीर्ष नेताहरूको घरमा आगजनी गरेका थिए । साथै, पार्टी कार्यालय र प्रहरी बिभागहरूमा पनि निरन्तर तोडफोड र आगजनी भइरहेको छ । 

  • २०८२ भाद्र २४, मंगलबार

    प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजीनामा

    प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन्। प्रधानमन्त्री ओलीले राजीनामा दिएको उनको सचिवालयले जनाएको छ। हिजोबाट चलेको जेनजी प्रदर्शन उग्र बन्दै गएपछि प्रधानमन्त्री ओलीले पद छाडेका हुन्। गृहमन्त्री रमेश लेखकले हिजै राजीनामा दिएका थिए। उनको मन्त्रिपरिषद्का अरू ३ जना मन्त्रीले मंगलबार बिहानै राजीनामा दिएका थिए। २ दिनको प्रदर्शनमा कम्तीमा २० जनाको ज्यान गइसकेको छ। धेरै नेताहरूका घर तथा...

Pages