STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०८२ जेठ १६, शुक्रबार

    राजावादी आन्दोलनको पहिलो दिन

    काठमाडौँ - राजावादी समूहले बिहीबार राजधानीमा प्रदर्शन गरेका छन् । राजतन्त्र फर्काउने उद्देश्यका साथ राजावादी समूहले बिहीबारदेखि अनिश्चितकालीन आन्दोलनको घोषणा गरेका छन् ।  जसअनुसार पहिलो दिनको प्रदर्शन राजधानीको शान्तिबाटिका क्षेत्रमा शान्तिपूर्ण ढंगले सम्पन्न भएको राप्रपाका प्रवक्ता सगुन लावतीले बताए । उनले आन्दोलन निरन्तर हुने जानकारी दिँदै आज पहिलो दिनको आन्दोलनमा संयुक्त जनआन्दोलन समितिका...

  • २०८२ जेठ १५, बिहिबार

    मन्त्री लेखकको राजीनामा मागेसँगै प्रतिनिधिसभा बैठक बस्न सकेन, भोलि सम्मको लागि स्थगित

    काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक सूचना टाँस गरेर भोलि बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । भोलि सरकारले संसदमा बजेट प्रस्तुत गर्दैछ । विपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै बैठक अवरुद्ध गर्दै आएका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नताको आशङ्का गर्दै विपक्षीले मन्त्री लेखकको राजीनामा र छानबिन समिति नबनेसम्म बैठक बस्न नदिने बताउँदै आएका छन् ।

  • २०८२ जेठ १५, बिहिबार

    टुँडिखेल आसपासमा एमालेलाई कार्यक्रम गर्न अनुमति, राजावादीद्वारा रत्नपार्कमा भेला हुन आह्वान

    काठमाडौं - गणतन्त्र दिवसका अवसरमा भोलि बिहीबार नेकपा ९एमाले० ले काठमाडौंको टुँडिखेल वरिपरि कार्यक्रम गर्न अनुमति पाएको छ । जिल्ला प्रशासन कार्यालयबाट टुँडिखेल आसपासका सुन्धारा, भृकुटीमण्डप, रत्नपार्क लगायतका क्षेत्रका सांस्कृतिक कार्यक्रमहरू गर्न भनेर अनुमति लिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले  बताए । गणतन्त्र दिवसकै दिनबाट राजावादीहरूको संयुक्त मोर्चाले पनि राजसंस्थाको पक्षमा...

  • २०८२ जेठ १४, बुधबार

    राष्ट्रिय सहमति भए हृदयेन्द्र शाहलाई राजा बनाउन सकिन्छ : कमल थापा

    काठमाडौं - राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय सहमति भए हृदयेन्द्र शाहलाई राजा बनाउन सकिने बताएका छन् ।  जेठ १५ राजावादीले काठमाडौंमा आयोजना गर्न लागेको कार्यक्रमका सन्दर्भमा मंगलबार काठमाडौंमा सम्पादकहरूसँग छलफल गर्दै थापाले आफूहरूका लागि पात्र भन्दा पनि राजसंस्था महत्त्वपूर्ण रहेको बताए ।  उनले संविधानले कुनै पनि राजनीतिक दल र दलका गतिविधिहरूलाई प्रतिबन्ध लगाउन नपाउने व्यवस्था गरेको...

  • २०८२ जेठ १४, बुधबार

    गृहमन्त्रीको राजीनामा अडान कायमै

    काठमाडौं - विपक्षीहरूको अवरोधका कारण स्थगित संसद् खुलाउने प्रयास सफल हुन सकेको छैन । सत्ता र प्रतिपक्षीबीच सहमतिको प्रयास गर्न सभामुख देवराज घिमिरेको पहलमा बैठक बसेको छ । बैठकमा सभामुख, उपसभामुख तथा प्रमुख सचेतक र मुख्य सचेतक सहभागी छन् । तर, सबै आआफ्नो अडानमा कायम रहेकाले सहमति जुट्न सकेको छैन । सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेले बैठकमा आफ्ना धारणा राख्न उपस्थित भएका गृहमन्त्री रमेश...

  • २०८२ जेठ १४, बुधबार

    भोलिसम्मलाई प्रतिनिधिसभा बैठक स्थगित

    काठमाडौं - प्रतिनिधिसभा बैठक भोलि बिहान ११ बजेसम्मलाई स्थगित गरिएको छ । गृहमन्त्रीको राजीनामा माग्दै विपक्षी दलको अवरोधपछि ३० मिनेटका लागि स्थगित गरिएको बैठक सूचना टाँस गरेर भोलिसम्मलाई सारिएको हो । विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा बटमलाइन बनाएका छन् । विपक्षको अवरोधपछि सभामुख देवराज घिमिरेले प्रमुख दलका सचेतकहरूसँग छलफल गरेका थिए । तर, दुवै पक्ष आफ्नो अडानबाट...

  • २०८२ जेठ १४, बुधबार

    गृहमन्त्रीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन

    काठमाडौं - नेकपा माओवादीको भ्रातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) ले प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै माइतीघरमा प्रदर्शन गरेको छ ।  प्रदर्शनमा सहभागीहरूले नालायक प्रधानमन्त्री राजीनामा दे, नालायक गृहमन्त्री राजीनामा दे, दलाल सरकार मुर्दावाद, मानव तस्कर सरकार मुर्दावाद आदि लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

  • २०८२ जेठ १३, मंगलबार

    काठमाडौं महानगरका प्रमुख बालेनलाई हटाएर उपप्रमुख सुनितालाई दिइयो जिम्मेवारी

    काठमाडौं - सरकारले गणतन्त्र दिवस मूल समारोह समितिको जिम्मेवारीबाट काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहलाई हटाएको छ। बालेनको ठाउँमा महानगरका उपप्रमुख सुनिता डंगोललाई जिम्मेवारी दिइएको छ।  मूल समारोह समिति गठनको बैठकका क्रममा बालेन नपुगेको भनी प्रधानमन्त्री केपी शर्मा ओलीले नामका लागि नाम नराख्नका लागि निर्देशन दिएका थिए।  सोही अनुसार समितिमा बालेनलाई नराखिएको नामावली गृहसचिव गोकर्णमणि दुवाडी...

  • २०८२ जेठ १२, सोमबार

    अनेरास्ववियुमा ३२ वर्षे उमेर हद तोक्ने निर्णय

    काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी एमाले ले अनेरास्ववियुमा उमेर हद ३२ वर्ष तोक्ने निर्णय गरेको छ ।  ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आइतबार बसेको सचिवालय बैठकले अनेरास्ववियुमा ३२ वर्षे उमेर हद तोकिएको एमालेले जनाएको छ । एमाले सचिव पद्म अर्यालले अनेरास्ववियुको उमेर हदसम्बन्धी भएको निर्णय चाँडै सर्कुलर गरी जानकारी गराउने बताउनुभयो । उहाँले अन्य पार्टीले आफ्नो विद्यार्थी सङ्गठनमा उमेर...

  • २०८२ जेठ ७, बुधबार

    प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित

    काठमाडौँ - प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित भएको छ ।  सभाको मंगलबार बसेको बैठकले ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेसँगै  सभामुख देवराज घिमिरेले बैठक जेठ १३ गते मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन् ।  विधेयकलाई विचार गरियोस् भन्ने प्रस्तावको सैद्धान्तिक छलफलमा ४८ सांसदले भाग लिएका थिए ।...

  • २०८२ जेठ ७, बुधबार

    राष्ट्र बैंकको १८औं गभर्नरमा विश्वनाथ पौडेल नियुक्त

    सरकारले अर्थविद् डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको छ। मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गरेको कृषिमन्त्री रामनाथ अधिकारीले जानकारी दिए। उनी राष्ट्र बैंकका १८औँ गभर्नर बनेका हुन्।  अर्थ मन्त्रालयमा आजै बसेको गभर्नर सिफारिस समितिको बैठकले अर्थविद् पौडेलसहित राष्ट्र बैंककै कायममुकायम गभर्नर डा. नीलम ढुंगाना र पूर्वसचिव दिनेश...

  • २०८२ जेठ ५, सोमबार

    भ्रष्टाचारको नाइकेको कार्यक्रममा म गैदिनु पर्ने : मेयर बालेन

    प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह बैठकमा अनुपस्थित भएकोमा कटाक्ष गरे। मेयर शाहले फेसबुकमार्फत ुसरी केपी ओलीु भन्दै भ्रष्ट सिस्टमलाई सहयोग गर्न नसक्ने बताए। गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा मेयर शाहको अनुपस्थिति र ओलीको प्रतिक्रियाले दुई नेताबीचको सम्बन्धलाई फेरि उजागर गरेको छ। काठमाडौँ । सिंहदरबारमा आयोजित एक बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले...

Pages