STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजीनामा

Janjati Khabar – Janjati Khabar | २०८२ भाद्र २४, मंगलबार

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन्। प्रधानमन्त्री ओलीले राजीनामा दिएको उनको सचिवालयले जनाएको छ।

हिजोबाट चलेको जेनजी प्रदर्शन उग्र बन्दै गएपछि प्रधानमन्त्री ओलीले पद छाडेका हुन्। गृहमन्त्री रमेश लेखकले हिजै राजीनामा दिएका थिए।

उनको मन्त्रिपरिषद्का अरू ३ जना मन्त्रीले मंगलबार बिहानै राजीनामा दिएका थिए। २ दिनको प्रदर्शनमा कम्तीमा २० जनाको ज्यान गइसकेको छ। धेरै नेताहरूका घर तथा सम्पत्ति नष्ट भइसकेको छ। 

संसद भवनदेखि सिंहदरबारसम्म प्रदर्शनकारी प्रवेश गरिसकेका छन्। भैँसेपाटीको मन्त्री निवासबाट मन्त्रीहरूलाई हेलिकप्टरबाट उद्धार गरी सुरक्षित स्थान सारिएको छ।

kpoli_6Luh0VW9YJ.jpg

Categorized in राजनीति