मितेश ताम्रकारको नेपालभाषाकाे नयाँ गीत ‘घनघोर’ सार्वजनिक
Janjati Khabar – विजयरत्न असंबरे | २०८३ कार्तिक ३, सोमबार
मितेश ताम्रकारको नेपालभाषाकाे नयाँ गीत ‘घनघोर’ सार्वजनिक गरिएको छ । भिडियोमा भिन्तुना जोशी र उपाशना शाक्यकोसाथमा नितेश ताम्राकारकाे अभिनय रहेको छ ।
युवा गायक मितेश ताम्रकारको स्वरमा सजिएको यस नयाँ म्युजिक भिडियो ‘घनघोर’ (GHANGHOOR) औपचारिक रूपमा मितेश ताम्रकारको आधिकारिक युट्युब च्यानलमार्फत रिलिज गरिएको हो।
भावुकता र गहिरो प्रेमभाव समेटिएको यस गीतमा फिरोज बज्राचार्यको सङ्गीत तथा विश्वास बज्राचार्यका शब्द रचना रहेका छन्। मितेशको सुमधुर र भिन्न गायकीले गीतलाई सशक्त बनाएको छ।
स्वर मितेश ताम्रकारकाे रहेको यस गीतका सङ्गीतकार फिरोज बज्राचार्य र शब्द रचना विश्वास बज्राचार्यकाे रहेको छ ।
भिन्तुना जोशी र उपाशना शाक्यले अभिनय गरेको यश गीतको भिडियोमा अभिनय देख्न सकिन्छ। गीतको भावअनुसार तयार पारिएको दृश्य संयोजन र कलाकारहरूको सशक्त प्रस्तुतिले दर्शकलाई बाँधेर राख्न सफल छ याे भिडियो ।
Categorized in साहित्य-कला

