Swonti ADV Yen Mahanagarpalika Header
janswastha 11 11 78

कृषि-पर्यटन

  • २०७९ कार्तिक २३, बुधबार

    धानको समर्थन मूल्य तोकियो

      काठमाडौं - सरकारले धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । मन्त्रिपरिषद्को यही कात्तिक १६ गतेको निर्णयानुसार चालु आर्थिक वर्ष २०७९/०८० का लागि मोटा धान प्रतिक्विन्टल दुई हजार नौ सय ६७ र मध्यम धान प्रतिक्विन्टल तीन हजार एक सय २८ तोकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०७८/०७९ को तुलनामा चालु आर्थिक वर्षमा धान खरिदका लागि तोकिएको समर्थन...

  • २०७९ आश्विन ४, मंगलबार

    भारतीय दूध आयात रोक्न माग

      सरकारले डेरी उद्योगलाई दैनिक एक लाख २० हजार लिटर दूध आयात गर्न दिएको अनुमतिप्रति चितवनमा दुग्ध उत्पादक सहकारीले आपत्ति जनाएका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी सरकारको निर्णयप्रति दुग्ध उत्पादक सहकारीले आपत्ति जनाएका हुन् । राज्यले विगतको समयमा प्रतिबन्धलगातको दुग्ध आयातलाई पुनःसुरु गर्ने सरकारको निर्णयले किसान मारमा परेको पत्रकार सम्मेलनमा...

  • २०७९ आषाढ ४, शनिबार

    धादिङमा किसानले खोसे दुई ट्रक मल

    काठमाडौ‍ं - रासायनिक मलको चरम अभावका बेला धादिङको धुनिबेसी नगरपालिका–६ धार्के बजारमा किसानहरुले दुई ट्रक मल खोसेका छन् । शनिबार भन्सार छली गरेर ल्याइँदै गरेका दुई ट्रक मल राजश्व विभागले नियन्त्रणमा लिएको अवस्थामा किसानहरूले ट्रकबाटै मल मल खोसेर लगेका हुन् । ट्रकबाट एकाएक किसानहरुले मल झिक्न थालेपछि प्रहरीले मल खोस्नबाट रोक्ने प्रयास गरेका थिए । तर, किसानहरुको भीडका अगाडि प्रहरीले मल खोसिनबाट...

  • २०७९ आषाढ ३, शुक्रबार

    असार ६ देखि मल वितरण गरिने

    काठमाडौं - साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र कृषि सामग्री वितरण केन्द्र चितवनले यही ६ असारबाट रासायनिक मल वितरण गर्ने भएका छन् । रोपाईँ सुरु गर्न लागेका किसानलाई यसले केही राहत पुग्ने जनाइएको छ । कर्पोरेशन चितवनका प्रमुख बुद्धिविनोद दाहालले वीरगञ्जस्थित आफ्नो गोदामघरमा मल आइसकेको जानकारी दिँदै छिट्टै वितरण हुने बताए। यसैगरी वितरण केन्द्रका प्रमुख राजन बगाले यही असार ६ देखि डीएपी मल वितरण गरिने...

  • २०७८ कार्तिक ३०, मंगलबार

    कीर्तिपुर–४ चम्पादेवीमा ग्रीनरी भ्यू–प्वाइन्ट रिसोर्ट : कीर्तिपुर नगरकै शान र गौरव

    ललेन्द्र शाक्य कीर्तिपुर/उत्तरी भागमा अवस्थित पश्चिमदेखि पूर्व सम्मका टलल्ल टल्केका सेताम्मे हिमाल आकर्षक एवं झलमल्ल मनमोहक रुपमा देखिने, साथै काठमाडौं उपत्यका र कीर्तिपुरको बनोट छरपष्ट देखिने साथै दक्षिणी भेगमा चम्पादेवी डाँडोको मनोरम सुन्दर हरियाली वातावरणको रस्वादनको नजर गर्नसकिने कीर्तिपुर नगरपालिका ४ वडा चम्पादेवीको काखमा रहेको र  पुष्पलाल पार्कभन्दा अलिक माथि ‘ग्रीनरी भ्यू–प्वाइन्ट रिसोर्ट...

  • २०७८ श्रावण १४, बिहिबार

    बङ्गलादेशबाट आइपुग्यो ५२ हजार मेट्रिक टन युरिया

    बङ्गलादेशबाट खरिद गरिएको ५२ हजार मेट्रिक टन युरिया मल नेपाल आइपुगेको छ । सरकार-सरकार (जीटुजी) मार्फत रासायनिक मल खरिद गरिने सम्झौताअनुसार सो परिमाणको मल कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्ज, विराटनगर र भैरहवामा आइपुगेको हो । जीटुजी सम्झौताअनुसार बङ्गलादेश सरकारले नेपाल सरकारलाई ५० हजार मेट्रिकटन युरिया मल उपलब्ध गराउने भए पनि थप दुई हजार मेट्रिकटन गरी जम्मा ५२ हजार मेट्रिकटन...

  • २०७८ जेठ २६, बुधबार

    बङ्गलादेशबाट ३२ हजार पाँच सय मेट्रिकटन युरिया मल आइपुग्यो

    काठमाडौं - बङ्गलादेशबाट खरीद गरिएको ३२ हजार पाँच सय मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । सरकार–सरकारबीच (जिटुजी)मार्फत रासायनिक मल खरीद सम्झौता अनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा सो परिमाणका युरिया मल आइपुगेको हो । जिटुजी सम्झौता अनुसार बङ्गलादेश सरकारले नेपाल सरकारलाई ५० हजार मेट्रिकटन युरिया मल उपलब्ध गराउनेछ । तीमध्ये बाँकी रहेको १७ हजार ५ सय मेट्रिकटन युरिया मल...

  • २०७८ बैशाख ८, बुधबार

    पाँच वर्षसम्म नेपाललाई जीटूजी मोडलमा मल दिन भारत सहमत

    काठमाडौं - नेपाललाई आगामी पाँच वर्षसम्म जीटूजी (सरकार–सरकार) मोडलमा रासायनिक मल उपलब्ध गराउन भारत सहमत भएको छ । नेपालले दुई देशबीच जीटूजीमा मल खरिदका लागि गरेको प्रस्तावमा भारतले सहमति जनाएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । भारतले पठाएको जीटूजी मल खरिदको सहमतिको पत्र सोमबार पठाएकाे मन्त्रालयले जनाएकाे छ । सहमति प्राप्त भए लगत्तै मल खरिदका लागि भारतसँग एमओयूको तयारी थलिएको...

  • २०७७ फाल्गुण २९, शनिबार

    तातोपानीबाट पहिलोपटक भित्रियो रासायनिक मल

    काठमाडौं - उत्तरी सिमा नाका तातोपानीबाट पहिलो पटक नेपालमा रासायनिक मल भित्रिएको छ । तातोपानी नाकाबाट यस अघि खाद्यान्न, लत्ताकपडा, इलोक्ट्रोनिक तथा अन्य सामाग्री आयात हुनेगरेको भएपनि यो साता भने ८० हजार बोरा अर्थात ४ हजार टन रासायनिक मल भित्रिएको हो । साल्ट ट्रेडिङको लागि सिल्क ट्रान्सपोर्ट कम्पनीले रासायनिक मल भित्राएको हो । चीनको सिगात्सेसम्म रेल र त्यहाँबाट कन्टेनरमार्फत् मल ल्याइएको हो ।...

  • २०७७ माघ २७, मंगलबार

    कृषिमन्त्रीद्वारा कालिमाटी तरकारी बजारको अनुगमन

    कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालले मंगलबार कालीमाटी फलफूल तथा तरकारी बजारको अवलोकन गरेकी छिन् । अवलोकनका क्रममा मन्त्री अर्यालले किसानले पसिनाको उचित मूल्य प्राप्त गर्नुपर्ने बताउँदै बजार र किसानलाई प्रत्यक्ष जोड्ने विधिको निम्ति मन्त्रालयले सोच बनाएको बताइन् । उत्पादित वस्तुको बजारीकरणको व्यवस्था गर्नु आवश्यक भएको बताउँदै किसानलाई बजारको व्यवस्थापन गर्न सरकारले उत्पादित वस्तुको...

  • २०७७ माघ १४, बुधबार

    कीर्तिमानी आराेहीलाई विशेष मानपदवी दिने घाेषणा

    काठमाडौं - सरकारले सगरमाथालगायतका उच्च शिखरका विजेतालाई विभिन्न मानपदवी दिने घोषणा गरेको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथासहित हिमाल आरोहण गरेर देशको शान र पहिचानलाई उचो बनाउने कार्यमा संलग्न आरोहीको सम्मानका लागि सरकारी तवरबाट विशेष मानपदवीका साथ सम्मानको शुरुआत गरिने घोषणा गरेका हुन् । विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’ को शिशिर याममा सफल आरोहण गरी नयाँ अभिलेख बनाएका निर्मल पुर्जा ‘...

  • २०७७ माघ ६, मंगलबार

    समयसीमाभित्र उखुकिसानलाई तीनवटा मिलले दिए ४७ कराेड

    काठमाडौँ- सरकारसँग चारबुँदे सहमतिपछि स्थगित उखु किसानको अन्दोलनपछि किसानले रु साढे ४७ करोड भुक्तानी पाएका छन्। उखुको बक्यौता रकम भुक्तानीका विषयमा उखु किसान र सरकारबीच सहमति भएको साेमबार २१ दिन पूरा भएको छ । उखुको बक्यौता रकम माग्दै गत मङ्सिर २८ देखि काठमाडौँको माइतीघरमा आन्दोलनरत उखु किसान र सरकारबीच गत पुस १३ गते चारबुदे समझदारीपत्रमा हस्ताक्षर भएको थियो । उनीहरुले आइतबार साँझसम्म तीन वटा चिनी...

Pages