STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अपराध-दुर्घटना

  • २०८२ पौष २४, बिहिबार

    जर्सिपौवा पिकनिक गएर फर्किँदै गरेको बस फेदी जंगलमा दुर्घटना, २२ घाइते

    काठमाडौँ - जर्सिपौवाबाट फर्किदै गरेको महानगर यातायातको बस काठमाडौँको शंकरापुरा नगरपालिका-३, फेदी जंगलमा साँझ दुर्घटना भएको छ।  बुधबार साँझ पौने ६ बजे महानगर यातायतको बा. ४ ख ८७८८ नम्बरको बस फेदी जंगलमा दुर्घटना भएको हो। बस सडकबाट करिब सय मिटर तल खसेको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ।  दुर्घटनामा घाइते भएका सबैलाई उद्धार गरी अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ। जर्सिपौवा पिकनिकबाट...

  • २०८२ कार्तिक १७, सोमबार

    दोलखाको यलुङ रि हिमालमा हिमपहिरो जादाँ ३ को मृत्यु, ८ जना बेपत्ता

    काठमाडौं - दोलखामा हिमपहिरोमा परेर ३ जनाको मृत्यु भएको छ । रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमालमा गएको हिमपहिरोमा परेर तीन जनाको मृत्यु भएको हो । दोलखा प्रहरीका अनुसार ८ जना हराइरहेका छन् । नेपाली गाइडसहित आज बिहान सो हिमाल आरोहण गर्न १५ जनाको टोली नाँ गाउँबाट निस्किएको थियो । बिहान १०स्३० बजे हिमपहिरो गएको थियो । थप विवरण आउन बाँकी छ ।

  • २०८२ कार्तिक १२, बुधबार

    सुत्केरीको मृत्यु भएपछि किष्ट अस्पतालमा झडप

    काठमाडौं - बिरामीको मृत्युको विषयलाई लिएर किष्ट अस्पतालमा झडप भएको छ । कात्तिक ८ मा सुत्केरी गराउन अस्पताल भर्ना गरिएकी मिना राईको मृत्यु भएको थियो । उनका आफन्तले अस्पतालको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै सोमबार अस्पताल बाहिर प्रदर्शन गरेका छन् । मृतकका आफन्तले विरोध प्रदर्शन गर्ने तयारी गरेसँगै अस्पताल परिसरमा सुरक्षाकर्मी तैनाथ गरिएको थियो । प्रदर्शनकारी र प्रहरीको बिचमा झडप भएको...

  • २०८२ भाद्र २८, शनिबार

    जेल फर्किन रवि लामिछानेसहितका कैदीबन्दीलाई ताकेता

    काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितका कैदीबन्दीलाई कारागार फर्किन नख्खु कारागार ललितपुरले सूचना जारी गरेको छ । रास्वपा सभापति लामिछानेको हकमा पनि सोही सूचना लागू हुने जानकारी कारागार स्रोतले जनाएको छ । नख्खु कारागारबाट जेन–जी आन्दोलनका क्रममा १ हजार २ सय ८० कैदीबन्दी फरार भएका थिए । यद्यपि लामिछानेले आफू कारागारबाट निस्किन नचाहँदा नचाहँदै पनि भीड बढेपछि...

  • २०८२ भाद्र २६, बिहिबार

    काठमाडौं तीनकुनेमा दुई जना मृत फेला

    काठमाडौं - काठमाडौंको तीनकुनेमा दुई जना मृत भेटिएका छन् । ह्वाइट हाउस स्कुल नजिकै छाप्रोमा बस्ने दम्पती झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् । उनीहरू एउटै पासोमा झुन्डिएको अवस्थामा देखेपछि स्थानीयले सुरक्षाकर्मीलाई खबर गरेका थिए । सेना र प्रहरीको टोली पुगेर घटनास्थलको मुचुल्का गरेका छन् । मृतक दम्पतीको परिचय खुलेको छैन । शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइने जिल्ला प्रहरी परिसर...

  • २०८२ भाद्र २५, बुधबार

    डिल्लीबजार कारागार आगजनी गरेर, बाहिर निस्केका कैदी सेनाको घेराबन्दीमा

    काठमाडौं । डिल्लीबजारस्थित कारागारबाट निस्किएका कैदीबन्दीलाई नेपाली सेनाले घेरा हालेको छ। बिहानभरि रिहा हुन माग गर्दै हुलदंगा गरेपछि उनीहरु कारागारबाहिर निस्किएका थिए।  तर सेनाले उनीहरुलाई गेटैमा रोकेको हो। मंगलबार रास्वपा सभापति रवि लामिछानेसहित नख्खु कारागारबाट कैदी छुटेपछि अन्यत्र कारागारमा रहेका कैदीहरुले समेत रिहाइको माग गरिरहेका हुन्।   विभिन्न जिल्लामा थुनामा रहेका धेरैजसो कैदी भागेका छन्। 

  • २०८२ भाद्र २५, बुधबार

    राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न पाँचजनालाई सेनाले समात्यो

    काठमाडौँ - राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न पाँच जनालाई सेनाले पक्राउ गरेको छ । मंगलबार राति काठमाडौँको बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाट गर्ने कार्यमा संलग्न ५ जना व्यक्तिलाई सेनाले पक्राउ गरेको हो । पछिल्लो परिस्थितिको अनुचित फाइदा उठाई बैंक लुटपाट गर्ने कार्यमा संलग्न भएको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिइएको जनाइएको छ । 

  • २०८२ भाद्र २५, बुधबार

    मोरङमा आन्दोलनका नाममा चोरी तथा लुटपाटमा संलग्न चार जना पक्राउ

    विराटनगर - मोरङ जिल्लाको विराटनगर महानगरपालिकाका विभिन्न स्थानमा चोरी तथा लुटपाट गर्दै हिँड्ने गिरोहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङ र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले उनीहरूलाई चोरी गरेको सामानसहित रंगेहात पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कोपिला चुडालले जारी गरेको प्रेस विज्ञप्ति अनुसार, पक्राउ पर्नेमा...

  • २०८२ आषाढ २७, शुक्रबार

    काठमाडौंको बौद्धमा आगलागी, एक जनाको मृत्यु

    काठमाडौं - काठमाडौंको बौद्धमा भएको आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बिहीबार दिउँसो बौद्धस्थित एक घरको कोठामा आगलागी भएको हो। आगलागीमा परेर मृत्यु हुनेमा काभ्रे चौरीदेउराली–३ घर भएकी ६५ वर्षीया उर्मिला तामाङ रहेकी छन्। मृतक शारिरिक रुपमा अशक्त रहेको र कोठामा आगलागी भएपछि जलेर मृत्यु भएको हो। आगलागीबाट झ्याल ढोका, लत्ता कपडा पूर्ण रुपमा जलेर क्षति भएको...

  • २०८२ आषाढ ८, आइतबार

    पशुपतिको शव दाह मेसिन खरिदमा झण्डै साढे १० करोड भ्रष्टाचार, १४ जनाविरुद्ध मुद्दा

    काठमाडौं - पशुपति आर्यघाटको विद्युतीय शव दाह मेसिन खरिदमा भ्रष्टाचार गरेको अभियोगमा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव मिलनकुमार थापासहित १४ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । मुद्दा दायर गरिएकाहरूमा थापासहित, कोषका तत्कालीन निमित्त सदस्य सचिव एवं हाल परिषद् सदस्य राजुकुमार खत्री, तत्कालीन कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा, उपनिर्देशक रेवतीरमण अधिकारी, तत्कालीन उपनिर्देशक सिताराम रिसेल,...

  • २०८२ आषाढ ८, आइतबार

    विज्ञापन प्रकाशित नगरी आर्थिक अनियमिमतामा प्रेस काउन्सिल अध्यक्ष भ्रष्टाचार मुद्दामा दोषी ठहर

    काठमाडौं - मधेश प्रदेश प्रेस काउन्सिलका अध्यक्ष कमलकुमार उपाध्याय भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले उपाध्यायलाई ६ महिना कैद सजाय र १ लाख १७ हजार ५२० रुपैयाँ जरिवाना तिराउने फैसला गरेको हो । ७ वैशाखमा अध्यक्ष नियुक्त भएका उपाध्यायविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ वैशाखमा विशेष अदालतमा...

  • २०८२ आषाढ ३, मंगलबार

    कलंकीमा स्कुलको भ्यान दुर्घटना: ९ वर्षकी बालिकाको मृत्यु, ७ जना घाइते

    काठमाडौँको कलंकीमा स्कुलको माइक्रो भ्यान दुर्घटना भएको छ। सोमबार दिउँसो १२ः५० मा काठमाडौँ महानगरपालिका १४ स्थित इडिफाइ इन्टरनेसनल स्कुलको कम्पाउन्डभित्र विद्युतीय माइक्रो भ्यान स्कुलकै गेटको पिलरमा ठोक्किएर दुर्घटना भएको थियो।  दुर्घटनामा सर्लाही घर भई हाल कुलेश्वर बस्ने ९ वर्षकी सोनाक्षी यादवको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर भएकी उनलाई सहिद मेमोरीयल अस्पतालमा उपचारको लागि लगिएको थियो। १३ः३६...

Pages