STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अपराध-दुर्घटना

  • २०८० फाल्गुण १४, सोमबार

    सुन तस्करी प्रकरणमा कलेज सञ्चालक पक्राउ

     सुन तस्करी प्रकरणमा एक कलेज सञ्चालक पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पर्वत फुलबारी-२ घर भएका काठमाडौँको डिल्लीबजार कालिकास्थानस्थित प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार गुरुङलाई आज पक्राउ गरेको छ । दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनाको छानबिन र अनुसन्धानका क्रममा गुरुङ योजनाकार रहेको पत्ता लागेपछि गुरुङलाई सामाखुसीबाट पक्राउ गरिएको केन्द्रीय...

  • २०८० फाल्गुण १३, आइतबार

    बच्चा चोरी गर्ने महिलालाई ५ दिन हिरासतमा राख्न अनुमति

    काठमाडौं– प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीबाट बच्चा चोरेको आरोपमा पक्राउ परेकी महिलालाई अदालतले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ। फागुन ११ मा दैलेख घर भएकी २४ वर्षीया मनकुमारी सिंहले प्रसूति तथा स्त्रीरोग अस्पतालबाट २६ दिनको बालिका चोरी गरेकी हुन्।  सिंहलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भूपेन्द्र खत्रीले...

  • २०८० फाल्गुण १३, आइतबार

    वीरेन्द्रनगर गोली काण्ड : भारतीय सुटरसहित पाँच जना पक्राउ

    सुर्खेतको वीरेन्द्रनगरमा शनिबार राति एक जना व्यक्तिलाई लक्षित गरी गोली चलेको छ। वीरेन्द्रनगरका स्थानीय विनोद गिरीले चलाएको गाडीलाई लक्षित गरी गोली चलाइएको थियो। गाडीको चालक बसेका ठाउँमा लक्षित गरी एक राउण्ड गोली चलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। गोली चले पनि गिरीलाई भने लागेको छैन। राति पौने ९ बजेतिर वीरेन्द्रनगर–१ गौरीटोलमा गिरीले आफैँले चलाएको गाडीमा गोली प्रहार भएको थियो। घटनामा...

  • २०८० फाल्गुण १०, बिहिबार

    जेलबाहिरै बसेर पुनरावेदनको मुद्दा लड्न सन्दीपलाई उच्च अदालतको अनुमति

    काठमाडौं– बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले जेलबाहिरै बसेर मुद्दा लड्न पाउने भएका छन्। बिहीबार उच्च अदालत पाटनले उनलाई जेल बाहिरै बसेर मुद्दाको पुनरावेदन गर्न पाउने अनुमति दिएको उच्च अदालतका प्रवक्ता उपरजिस्ट्रार तीर्थराज भट्टराईले जानकारी दिए। बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतले सन्दीपलाई ८ वर्ष कैद सजाय तोकेको थियो। त्यसविरुद्ध बिहीबार सन्दीपले उच्च अदालत पाटनमा...

  • २०८० फाल्गुण ९, बुधबार

    विराटनगर जुट मिल्समा आगलागी

    विराटनगर - बन्द अवस्थामा रहेको विराटनगर जुट मिल्समा आगलागी भएको छ । विराटनगर महानगरपालिका–१६ मा रहेको नेपालको पहिलो उद्योगमा मंगलबार राति आगलागी भएको हो । आगलागीबाट २० लाख बराबरको क्षति भएको मोरङका प्रहरी नायव उपरीक्षक (डीएसपी) रञ्जनकुमार दाहालले बताए । बन्द उद्योगमा कसरी आगलागी भयो भन्ने खुलेको छैन । कसैले आगो लगाएको जस्तो देखिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरी स्रोतले बतायो । ‘आगो सुरु भएको...

  • २०८० फाल्गुण ९, बुधबार

    श्रीमती, छोरी र नातिनीको हत्यापछि आत्महत्या

    काठमाडौं– काठमाडौंको नागार्जुन नगरपालिका– ६ गोठाटार भैरव टोलमा बुधबार बिहान करिब ८ बजेतिर साइरन बजाउँदै प्रहरीको एउटा टोली पुग्यो। सुरुमा केही प्रहरीहरु मोटरसाइकलमा पुगेका थिए। पछि गाडीमा पनि ठूलो संख्यामा प्रहरी त्यहाँ पुगे। केही प्रहरीहरु घरको भुइँ तलाको कोठामा छिरे। केही बाहिर रहे। प्रहरी कर्मचारीहरुले सञ्चार सेटमा कुरा गर्न थाले– लास भेटिएको छ– एउटा महिला, २ जना बच्चा छन्।  गोठाटार भैरव...

  • २०८० फाल्गुण ३, बिहिबार

    भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङलाई २ वर्ष कैद, ८० लाख जरिवाना

    काठमाडौं - ललिता निवास जग्गा प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई दोषी ठहर भएका छन्। विशेष अदालतका न्यायाधीशहरू डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले गुरुङलाई दोषी ठहर गरेको हो। अदालतले गुरुङलाई २ वर्ष कैद ८० लाख रुपैयाँ जरिवाना सुनाएको छ।

  • २०८० फाल्गुण २, बुधबार

    पाल्पा जिप दुर्घटनामा ८ जनाको मृत्यु, १८ जना घाइते

    पाल्पामा भएको जिप दुर्घटनामा मृत्यु भएका ८ जनामध्ये  ३ जना पुरुष र ५ जना महिला रहेका छन् । मंगलबार भएको जिप दुर्घटनामा १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।   घाइते भएका १८ जनालाई लुम्बिनी मेडिकल कलेज पाल्पा पठाइएको छ। मृतक र घाइतेको भने  सनाखत भएको छैन ।

  • २०८० माघ २६, शुक्रबार

    टीकापुर सार्वजनिक जग्गा हिनामिना अभियोगमा २४९ विरुद्ध मुद्दा दायर

    काठमाडौँ - नक्कली कागजात खडा गरी कैलालीको टीकापुरमा झन्डै ७ बिघा सार्वजनिक जग्गा हिनामिना गरेको अभियोगमा टीकापुर नगर विकास समितिका तत्कालीन पदाधिकारी एवं कर्मचारीहित २ सय ४९ विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । समितिका तत्कालीन तीन अध्यक्ष, कर्मचारी र बाँकी २ सय २८ जनालाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारको अभियोगपत्रमा ६ बिघा १९...

  • २०८० माघ १९, शुक्रबार

    डिभी परेकालाई नक्कली प्रमाणपत्र बनाइदिने १० जना पक्राउ

    काठमाडौं- प्रहरीले अमेरिकाको इलेक्ट्रोनिक डाइभर्सिटी लट्री २०२३ को नतिजामा लट्री परेको तर आवश्यक शैक्षिक योग्यता नपुगेपछि त्यसका लागि एसएलसी र प्लस २ को नक्कली प्रमाण पत्र बनाउने १० जनालाई पक्राउ गरेको छ ।  प्रहरीले उनीहरूमध्ये विवेक उपाध्यायसहित ३ जनालाई अमेरिकन दूतावासको समन्वयमा मंगलबार दूतावासबाटै पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीले...

  • २०८० माघ १९, शुक्रबार

    नवलपरासीमा बस र टिपर ठोक्किँदा १७ जना घाइते

    गएराति पश्चिम नवलपरासीको सुनवलमा बस र टिपर आपसमा ठोक्किँदा १७ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ। बिहीबार राति पौने १० बजे सुनवल नगरपालिका- ४ गैरै पेट्रोलपम्प नजिकै काठमाडौँबाट बाजुरातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेशको ०१-००१ ख ३४८० नम्बरको बस र बुटवलबाट सुनवलतर्फ आउँदै गरेको लु.२ ख १६९६ नम्बरको टिप्पर आपसमा ठक्कर खाँदा दुर्घटना भएकाे हाे। पश्चिम नवलपरासीका सूचना...

  • २०८० माघ १८, बिहिबार

    काभ्रेमा बस दुर्घटना हुँदा पाँच जना घाइते

    काभ्रे - काभ्रेमा बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। घाइते हुनेमा पाँचखाल नगरपालिका-६ की २४ वर्षीया नबिना दनुवार, नमोबुद्ध नगरपालिका-३ की ३६ वर्षीया वाङ्जु लामा, उनकी छोरी ११ वर्षीया फुर्सङ लामा, उनको छोरा ९ वर्षीय समर्पण लामा  र नमोबुद्ध नगरपालिका-५ की २० वर्षीया करुणा भुजेल रहेका छन्।  काभ्रेको बनेपा नगरपालिका-१४, भैंसेपाटी स्थितमा पनौतीबाट काठमाडौं तर्फ जाँदै गरेको बा २ ख ६६६९ नम्बरको...

Pages