STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अपराध-दुर्घटना

  • २०८० मङ्सिर २२, शुक्रबार

    नागढुङ्गाबाट दुई किलो सुनसहित तीन पक्राउ

    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले आज काठमाडौँको नागढुङ्गाबाट दुई किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवा गोसाइँकुण्ड गाउँपालिका घर भएका २६ वर्षीय विरु तामाङ, २८ वर्षीय ग्याल्सेङ तामाङ र २१ वर्षीय सुनिल भुजेल रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले राससलाई जानकारी दिनुभयो ।उहाँका अनुसार पिकअप स्कार्पियोको गियर बक्समा...

  • २०८० मङ्सिर २०, बुधबार

    कवाडी गोदाममा आगलागी, २ कामदारको मृत्यु

    काठमाडौं- विराटनगरमा कवाडी गोदाममा आगलागी हुँदा २ जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–७ सातघुम्तीमा कर्कटपाताको छानो भएको कवाडी गोदाममा बुधबार दिउँसो आगलागी हुँदा ५ जना घाइते भएका थिए । जसमध्ये उपचारका क्रममा दुई जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बुधबार दिउँसो २:१५ बजेतिर कवाडी गोदाममा आगलागी सुरु भएको थियो । आगलागीमा परेर घाइते भएका एक जनाको उपचारका क्रममा विराटनगर न्युरो...

  • २०८० मङ्सिर २०, बुधबार

    नेपालीलाई रुसी सेनामा भर्ती गराउने गिरोहलाई प्रहरीले गर्‍यो सार्वजनिक

    काठमाडौं - नेपाली युवकलाई रुसी सेनामा पठाउने गिरोहका १२ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। उनीहरूमध्ये ११ जना मंसिर (१४ गते) र एक जना सोमबार (१८ गते) पक्राउ परेका थिए। उनीहरूलाई बुधबार काठमाडौँ प्रहरी परिसरमा आयोजित पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरिएको हो। मंसिर १३ गते दिपेन परियार, क्षितिज गिरी, शुभास लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता...

  • २०८० मङ्सिर २०, बुधबार

    श्रीमान हत्याको आशङ्कामा श्रीमती पक्राउ

      उदयपुर,  त्रियुगा नगरपालिका–५ दमौटी गाउँमा आफ्नै श्रीमान्को हत्या गरी जङ्गलको झाडीमा शव लुकाएको कसुरमा श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार श्रीमान्को हत्या कसुरमा पक्राउ पर्ने दमौटीकी ४० वर्षीया निरकुमारी राई रहेको प्रहरीले जनाएको छ । निरकुमारीले श्रीमान् ६० वर्षीय श्याम राईको हत्या गरी नजिकै जङ्गलको झाडीमा शवलाई स्याउलाले छोपेर राखेको अवस्थामा मङ्गलबार...

  • २०८० मङ्सिर २०, बुधबार

    न्युरोडबाट बरामद गरिएको सुन जोख्ने कार्य सुरु

    काठमाडौँ, २० मङ्सिर : राजधानीको न्युरोडबाट बरामद गरिएको सुन जोख्ने कार्य सुरु भएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उक्त सुनसहित एक जनालाई पक्राउसमेत गरेको छ । उक्त सुन अहिले जोख्ने कार्य सुरु गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बरामद सुनमध्ये केही बिस्कुट आकारमा र केही...

  • २०८० मङ्सिर १९, मंगलबार

    सोती घटनामा संलग्न २३ जनालाई जन्मकैदको सजाय

    काठमाडौं - चौरजहारी नगरपालिका–८ सोती गाउँमा अन्तरजातीय प्रेमसम्बन्धको विषयलाई लिएर जाजरकोटका नवराज विकसहित ६ जनाको हत्यामा संलग्न २३ जनालाई जिल्ला अदालतले जन्मकैद सजाय सुनाएको छ । साढे तीन वर्षअघि भएको घटनासँग सम्बन्धित कर्तव्य ज्यान र जातीय छुवाछूतको मुद्दामाथि रुकुम पश्चिम जिल्ला अदालतका न्यायाधीश खड्गबहादुर केसीको इजलासले जन्मकैदको सजाय सुनाएको हो । आइतबारदेखि उक्त मुद्दामा अन्तिम सुनुवाइ सुरु...

  • २०८० मङ्सिर १७, आइतबार

    विमानस्थलमा यात्रुको ह्याण्डब्यागमा कसरी लाग्यो आगो ?

    काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र एक जना यात्रुको ह्याण्ड ब्यागमा आगलागी भएको छ । । बोर्डिङ पास लिएर विमानमा चढ्नुभन्दा अगाडि प्रतिक्षालयमा बसिरहेको बेला चिनियाँ नागरिकको ह्याण्ड ब्यागमा आगलागी भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महानिर्देशक प्रताप बाबु तिवारीका अनुसार व्यागभित्र ल्यापटपमा चार्ज गरिराखेको पावर बैँक पड्केर आगो लागेको हो । यात्रुको ह्याण्डक्यारीमा रहेको...

  • २०८० मङ्सिर १४, बिहिबार

    नक्कली भुटानी शरणार्थी प्रकरण : उच्च अदालतले भोलि आदेश सुनाउने

    काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका आरोपितहरूको पुनरावेदन निवेदनमाथि उच्च अदालत पाटनले सुनुवाइ सकेको छ । बिहीबार न्यायाधीश प्रकाश खरेल र जनक पाण्डेको इजलासले सुनुवाइ सकेको छ र शुक्रबार आदेश सुनाउने अदालत स्रोतले जानकारी दियो । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्नको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाण...

  • २०८० मङ्सिर १४, बिहिबार

    बूढानीलकण्ठ नगरपालिकाका सबइन्जिनियर ८० हजार रुपैयाँ घुससहित पक्राउ

    काठमाडौं- बूढानीलकण्ठ नगरपालिकाका सब इन्जिनियर टीकाराज राई ८० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । उनलाई बूढानीलकण्ठ नगरपालिका-७ बाटै पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए । सब इन्जिनियर राईले घर निर्माण सम्पन्न प्रमाणपत्र दिनका लागि घुस लिएको पाइएको अख्तियारको भनाइ छ । घटनाको विषयमा अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । 

  • २०८० मङ्सिर १४, बिहिबार

    खाग तस्करी गर्ने ८ जना पक्राउ

    चितवन- राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गैँडा मारी खाग ओसारपसार र बिक्री वितरणमा संलग्न रहेको आरोपमा ८ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई बिहीबार चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा सार्वजनिक गरिएको हो । विभागमा रहेको केन्द्रीय वन्यजन्तु अपराध नियन्त्रण एकाइको समन्वयमा नेपाली सेना, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र चितवन राष्ट्रिय निकुञ्जको संलग्नतामा एकीकृत अपरेसन...

  • २०८० मङ्सिर १२, मंगलबार

    कमेडियन अपूर्व क्षितिजलाई १० हजार जरिवाना

    काठमाडौं - जिल्ला अदालत काठमाडौंले कमेडियन अपूर्व क्षितिज सिंहलाई १० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ । १० मंसिरमा न्यायाधीश कपिलमणि गौतमको इजलासले सार्वजनिक शान्ति विरुद्ध र जातीय भेदभाव तथा छुवाछुत सम्वन्धी र सामाजिक रितिस्थितिमा खलल सम्वन्धी कसुरमा आंशिक दोषी ठहर गर्दै १० हजार रुपैयाँ जरिवाना गरेको जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माले जानकारी दिए । युट्युबमा स्ट्याण्ड अप कमेडी शो ‘...

  • २०८० मङ्सिर ११, सोमबार

    वेश्यावृत्ति आरोपमा काठमाडौंबाट स्पा सञ्चालक पक्राउ

    काठमाडौं- रातोपुलस्थित एक स्पा सेन्टरमा छापा मारेर प्रहरीले सञ्चालकलाई पक्राउ गरेको छ । नुवाकोट ब्युटीपार्लर एण्ड स्पा सेन्टरका सञ्चालक दिनेश पौडेललाई प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।  ब्युरो प्रमुख एसएसपी जीवनकुमार श्रेष्ठका अनुसार स्पाका नाममा युवतीहरूलाई जबरजस्ती वेश्यावृत्तिमा लगाएर यौन शोषण गरेको आरोपमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको छ । ‘त्यहाँबाट ३ जना...

Pages