relans
ni new 83
nib 2082 5

दर्शक घटेकाेले चलचित्र क्षेत्रमा संकट सिर्जना भनि परिवर्तन नेपालको मञ्चबाट आक्रोश पाेखे

Janjati Khabar – विजयरत्न असंबरे | २०८३ कार्तिक २, आइतबार

नेपाली चलचित्र प्रदर्शनमा आएको चरम शिथिलता र हलहरूमा दर्शकको घट्दो आकर्षणका बीच मौलिक कला र संस्कृति झल्काउने लघुचलचित्र (शर्ट फिल्म) तथा म्युजिक भिडियो क्षेत्र थप संकटमा परेको छ। लाखौँ कलाकर्मी र प्राविधिकको रोजीरोटी जोडिएको यो विधा राज्यको नीतिगत कमजोरीका कारण मारमा परेको भन्दै सरोकारवालाहरूले साझा आक्रोश पोखेका छन्।

सामाजिक संस्था परिवर्तन नेपालले बडा दशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको पावन अवसरमा आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रम’ नेपाली कला क्षेत्रको विद्यमान संकट र राज्यको उदासीनता विरुद्ध बहस गर्ने बलियो मञ्च बन्यो।

ऐन संशोधन नहुँदाको सास्ती

चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष दिनेश डीसीले पनि नीति बने पनि सोहीअनुरूप ऐन संशोधन हुन नसक्दा काम गर्न निकै सास्ती र समस्या भोग्नुपरेको आफ्नो अनुभव सुनाए। उनले आफ्नो दुई वर्षको कार्यकालमा चलचित्र क्षेत्रको हितका लागि केही महत्त्वपूर्ण कामहरूको जग बसाल्ने प्रयास गरेको स्मरण गरे।

यस्तै, परिवर्तन नेपालका उपाध्यक्ष एवम् विश्वकीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठले लाखौँ जनको रोजीरोटी जोडिएको यो क्षेत्र असुरक्षित बन्दै गएकोमा चिन्ता जनाए। उनले बजारमा बढ्दै गएको गीत(सङ्गीतको विकृति रोक्न यसको बलियो नियमन र पेसाकर्मीहरूको हकहितका लागि राज्यका निकाय जिम्मेवार हुनुपर्ने माग राखे।

 कला क्षेत्रप्रतिको राज्यको उदासीनता यही रूपमा रहिरहे यसभित्रका पेसाकर्मीहरूको भविष्य पूर्ण रूपमा अन्यौलग्रस्त हुने ठोकुवा उनले गरे। ूलाखौँ कलाकर्मी, सङ्गीतकर्मी र प्राविधिकलाई सडकमै बिचल्ली हुन नदिन राज्यले तुरुन्तै प्रोत्साहन र सहयोगका ठोस कार्यक्रम ल्याउनुपर्ने विचार  माेहन निरौलाले व्यक्त गरे ।

कार्यक्रममा बजारको वर्तमान सुस्तता, हलहरूमा दर्शकको घट्दो आकर्षण र चलचित्रको व्यापार उत्साहजनक नभएको गम्भीर परिस्थितिमाथि सबै वक्ताहरूले गहिरो चिन्ता व्यक्त गरेका थिए।

अब मन्त्रालय र बोर्डमा प्रस्ताव लगिने

यो बहसलाई निष्कर्षमा पुर्‍याउन आयोजक संस्थाले ठोस कदम चाल्ने तयारी गरेको छ। कार्यक्रमका संयोजक राज टाइगरको उपस्थितिमा संस्थाका महासचिव एवं म्युजिक भिडियो निर्देशक देवेन्द्र पाण्डेले अब छिट्टै सरोकारवालाहरूको बृहत् बैठक डाकेर ठोस प्रस्ताव तयार पारिने जानकारी दिए। ‘हामी चुप लागेर बस्दैनौँ, यो समस्या समाधानका लागि सञ्चार मन्त्रालय, संस्कृति मन्त्रालय र चलचित्र विकास बोर्डलगायतका निकायमा आधिकारिक प्रस्ताव पेश गर्नेछौँ,’ पाण्डेले भने।ओझाले भने, ‘जसका कारण मौलिक संस्कृति जोगाउने लघुचलचित्रकर्मी र म्युजिक भिडियोकर्मीहरू सबैभन्दा बढी मारमा परेका छन्।’

उनले व्यापारिक स्वार्थभन्दा माथि उठेर बनाइने यस्ता सांस्कृतिक सिर्जनाहरूलाई बचाउन राज्यले विशेष सहायता र संरक्षणको नीति लिनुपर्नेमा जोड दिए।

रंग क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको बाक्लो उपस्थिती

कार्यक्रममा साहित्यकार राधेश्याम लेकाली, लोकप्रिय कलाकारहरू मदनदास श्रेष्ठ, मिथिला शर्मा, सुवास गजुरेल, रामचन्द्र अधिकारी, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम के सी, पूर्ण नेपाली, तुलसी गिरि भावुक, सरोज कोइराला, हेम प्रभास, विष्णु सुवेदी, रघुनाथ सापकोटा, रमेश सुवेदी, नारायण प्रधान, पुजना प्रधान, सुनिल कटुवाल, समीर बलामी, शारदा गिरी, हेम सुबेदी, जे.बी. डी.सी., मनिष श्रेष्ठ, शिवजी श्रेष्ठ, कुबेर गिरि, सबिता पोखरेल, नवराज रायमाझी, गोपाल बस्नेत, राजेन्द्र वाग्ले, शिवहरि सुवेदी, बिमल श्रेष्ठ लगायत उपस्थित थिए ।

सञ्चारकर्मी शन्तराम बिडारीले चलचित्र र पत्रकारिता बीच अनोन्याश्रित सम्बन्ध हुनुपर्ने धारणा राखेको उक्त कार्यक्रमको सहज सहजीकरण चलचित्रकर्मी माधवराज खरेलले गरेका थिए।

Categorized in सिनेमा
ppp 2