STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बिजनेस

  • २०८२ कार्तिक १९, बुधबार

    नेपाल-भारतबीच विद्युत आदानप्रदान र नयाँ अन्तरदेशीय प्रसारण लाइनसम्बन्धी सातबुँदे सहमति

    काठमाडौं - नेपाल-भारतबीच विद्युत् आदानप्रदान, प्रसारण प्रणाली सुदृढीकरण तथा नयाँ अन्तरदेशीय प्रसारण लाइन निर्माणका विषयमा सातबुँदे सहमति भएको छ।  नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीपकुमार देव तथा भारत सरकारको केन्द्रीय विद्युत् प्राधिकरणका प्रमुख इन्जिनियर भगवान् सहाय बैरवाको सहअध्यक्षतामा भएको बैठकले सातबुँदे सहमति गरेको हो ।  यस्तो छ सहमतिमा जुटेको ७ बुँदाहरु १....

  • २०८२ कार्तिक ८, शनिबार

    ह्यात होटलको सेवा बन्द भएको सूचनाप्रति प्रधानमन्त्री कार्कीको चासो

    प्रधानमन्त्री सुशीला कार्कीले ह्यात होटलको सेवा बन्द र कर्मचारी प्रवेशलाई निषेध गरिएको भन्ने सूचनाका सम्बन्धमा चासो व्यक्त गर्नुभएको छ ।प्रधानमन्त्री कार्कीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले आजै ह्यात रिजेन्सी व्यवस्थापनसँग बिहान कुराकानी गरी जानकारी लिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।त्यस क्रममा अर्थमन्त्री खनालले सुरक्षाको पूर्ण प्रत्याभूति दिन सरकार तयार रहेको र कति पनि विचलित...

  • २०८२ आश्विन ३०, बिहिबार

    पेट्रोलको मूल्य घट्यो

    काठमाडौं - नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ। डिजेल र मट्टीतेलको मूल्य भने यथावत् राखेको छ। बिहीबार बिहानदेखि लागू हुने गरी पेट्रोलको मूल्य घटाइएको तथा डिजेल र मट्टीतेलको मूल्य यथावत् राखिएको निगमले जनाएको छ। निगमका अनुसार, पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटेको छ। मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १५८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १६० रुपैयाँ र तेस्रो वर्गका...

  • २०८२ आश्विन २८, मंगलबार

    चाडपर्वमा उपभोग्य वस्तुमा अधिकतम खुद्रा मूल्य अनिवार्य राख्न विभागको निर्देशन

    काठमाडौं - वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपालीहरूको महान चाड तिहार र छठ पर्वलाई लक्षित गर्दै बजारमा हुने गतिविधिहरूलाई स्वच्छ र पारदर्शी बनाउन अनुगमनमा कडाइ गर्ने भएको छ।  विभागले चाडपर्वका अवसरमा उपभोक्तालाई ठगीबाट जोगाउन र बजारमा मूल्य स्थिरता कायम राख्न प्रयासरत रहेको बताएको छ। विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बजारमा माग र आपूर्तिबिच सन्तुलन कायम गरी मूल्य स्थिरता...

  • २०८२ श्रावण १, बिहिबार

    कर्मचारीको महँगी भत्ता ५ हजार पुर्‍याउन अर्थ मन्त्रालयको निर्देशन

    काठमाडौं - नयाँ आर्थिक वर्षको पहिलो दिन बिहीबारदेखि कर्मचारीको महँगी भत्ता मासिक ५ हजार पुगेको छ ।  अर्थ मन्त्रालयले सबै सरकारी निकायलाई परिपत्र गर्दै बजेटको व्यवस्था अनुसार कर्मचारीको महँगी भत्ता पाँच हजार पुर्‍याउन निर्देशन दिएको हो ।  ‘आर्थिक वर्ष २०८२\८३ को बजेट वक्तव्यको बुँदा नं. ३४९ बमोजिम सबै राष्ट्रसेवकहरूका लागि साउन १ गते देखि लागू हुने गरी महँगी भत्ता बापत मासिक पाँच हजार रुपैयाँ...

  • २०८२ श्रावण १, बिहिबार

    बढ्यो श्रमिकको न्यूनतम पारिश्रमिक, अब १९ हजार ५५० रुपैयाँ

    काठमाडौं - सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १ साउनदेखि लागु हुने गरी न्यूनतम पारिश्रमिक निर्धाण गरेको हो । मन्त्रालयका सहसचिव तथा न्यूनतम पारिश्रमिक निर्धारण समिति अध्यक्ष प्रदीपकुमार कोइरालाका अनुसार चालु आव (१ साउन) देखि लागु हुने गरी न्यूनतम पारिश्रमिक वृद्धि भएको हो । समितिले सरकारलाई सिफारिस गरेपछि न्यूनतम पारिश्रमिक बढेको हो ।...

  • २०८२ जेठ १६, शुक्रबार

    सुन बिक्रीमा सबै ग्राहकले २ प्रतिशत तिर्नुपर्ने

    काठमाडौँ - सुन पसलबाट कुनै ग्राहकले किनेको सुन फेरि बिक्री गर्दा २ प्रतिशत शुल्क लाग्ने भएको छ ।सरकारले आर्थिक विधेयकमार्फत सुनको बिक्री गर्दा विलासिता करका लागि तोकिएको सीमा हटाउँदै सबैलाई कर लाग्ने व्यवस्था गरेको हो ।  यसअघि १० लाख रुपैयाँ वा सोभन्दा धेरै मूल्यको सुन बिक्री गर्दा मात्रै यस्तो शुल्क लाग्दै आएको थियो । अब जति सुन बिक्री गर्नुपर्दा पनि सो बराबरको शुल्क लाग्ने व्यवस्था गरिएको छ । ...

  • २०८२ जेठ १६, शुक्रबार

    विद्युतीय भुक्तानी कारोबारको कर खारेज

    काठमाडौँ - सरकारले विद्युतीय भुक्तानी कारोबारको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गरेको छ।  बिहीबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । उनले गत वर्षदेखि सरकारले समाशोधन गृह (क्लियरिङ हाउस) ले गरेको कारोबारमा दिँदै आएको भ्याट छुट हटाएसँगै सबै प्रकारको विद्युतीय कारोबार १३ प्रतिशत भ्याट लाग्दै आएको थियो ।...

  • २०८२ जेठ १५, बिहिबार

    आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड

    काठमाडौँ - सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि उक्त आकारको बजेट ल्याएका हुन् । यो चालु आवको तुलनामा ५.५८ प्रतिशतले धेरै हो । यो संशोधित बजेट भन्दा १८.२ प्रतिशत धेरै हो । यस वर्ष सरकारले १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएको थियो । सरकारले चालु बजेट ११ खर्ब...

  • २०८२ जेठ १५, बिहिबार

    भोलि नयाँ बजेट आउँदै: निजामती कर्मचारी, शिक्षक र प्रहरीको तलब बढ्ने

    काठमाडौं - भोलि नयाँ बजेट आउँदैछ । १८ खर्ब ६३ करोडको सिलिङ रहेको यसपटकको बजेटमा कर्मचारीको तलब बढाउनुपर्ने दबाब र बाध्यतामा छन् अर्थमन्त्री विष्णुप्रसाद पौडेल । ३ वर्षदेखि तलब नबढेको अवस्था, कानूनी व्यवस्था साथै सामान्यतया २/३ वर्षमा तलब समायोजन हुने परम्पराले कर्मचारी पनि तलब बढ्ने आशमा छन् । तलब बढे निजामती कर्मचारी, शिक्षक र प्रहरीलगायत करिब ५ लाख लाभान्वित हुनेछन् । उनीहरूको तलबभत्तामा...

  • २०८१ चैत्र २७, बुधबार

    लयमा फर्किँदै अर्थतन्त्र

    काठमाडौं - देशको अर्थतन्त्र लयमा फर्किएको संकेत देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति तथ्यांकले देशको अर्थतन्त्र सकारात्मक दिशामा अगाडि बढिरहेको देखिएको हो । तथ्यांकअनुसार अधिकांश वित्तीय सूचकहरु सकारात्मक छन् ।  चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्मको तथ्यांकअनुसार देशमा महँगी पनि घट्दै गइरहेको देखिन्छ भने विदेशी विनिमय सञ्चिति,...

  • २०८१ चैत्र १८, सोमबार

    घट्यो डिजेल, मट्टितेलको मूल्य

    नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ। निगमले चैत १९ गते बिहान १ बजेदेखि लागू हुनेगरी साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर डिजेल / मट्टितेलमा रु. २, हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर रु. ७ र हवाई इन्धन अन्तर्राष्ट्रिय तर्फ काठमाडौंको लागि प्रति किलो लिटर अमेरिकी डलर ५१ ले घटाईएको जनाएको छ।  साथै पेट्रोल र एलपी ग्यासको खुद्रा बिक्री मूल्य यथावत् राखिएको छ।

Pages