बिजनेस
-
२०८१ कार्तिक ९, शुक्रबार
कार्तिक ११ र १२ गते ललितपुरमा रात्रिकालीन बजार मेला
ललितपुर- साँस्कृतिक र सांगितिक क्षेत्रमा अतुलनीय पाइला अगाडि बढाउँदै आइरहेको ललितपुर महानगरपालिका – १६ वडा कार्यालयले यही कार्तिक ११ र १२ गते रात्रिकालीन बजार मेला आयोजना गर्ने भएको छ। सो वडाका महिलाद्वारा उत्पादित सामग्रीको बजार प्रवर्द्धन गर्ने उद्देश्यले स्थानीय धौगल, दौबहाल, भुल्खुमा सो मेला आयोजना गर्न लागिएको वडाका महिला सदस्य बबिता श्रेष्ठले पत्रकार भेटघाटमा जानकारी दिए। कार्यपालिका...
-
२०८१ कार्तिक २, शुक्रबार
सुनको मूल्यः प्रतितोला रु दुई हजारले बढ्यो
काठमाडौँ, सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ नेपालका अनुसार लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि नयाँ उचाइमा पुगेको हो । महासङ्घका अनसार सुनको मूल्य आज प्रतितोला रु दुई हजारले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु एक लाख ६२ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ६४ हजार चार सय निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य...
-
२०८१ आश्विन २९, मंगलबार
सुनको मूल्य उच्च भएपछि गहनाप्रतिको मोह घट्यो
कैलाली , विगतमा शिरदेखि पाउसम्म सुन चादीका गहना लगाउन मन पराउने महिला आजभोलि चाडपर्व तथा उत्सवमा एकसेट मात्र गहनामा सजिन थालेका छन् । सुनको मूल्य उच्च भएपछि महिलाको गहनाप्रतिको मोह घटेको हो । टीकापुरकी विष्णा जैसीका रानीहारदेखि सबैखाले गहना छन् । हरेक वर्ष गरेर १० तोला सुन जोडेकी उहाँले आजभोलि खासै गहना लगाउनुहुँदैन । “विगतमा सबैले लगाउँथे, जसले धेरै गहना लगायो उसको इज्जत बढेको जस्तो लाग्यो...
-
२०८१ आश्विन १४, सोमबार
घट्यो पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य
काठमाडौं- नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घटाएको छ। सोमबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ मट्टितेल तथा डिजेलमा प्रतिलिटर २ रुपैयाँ र हवाइ इन्धनको मूल्य प्रतिलिटिर ६ रुपैयाँ घटाएको छ। मूल्य घटेपछि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५५ र डिजेल र मट्टितेल...
-
२०८१ आश्विन १४, सोमबार
तत्काल पेट्रोलियम पदार्थ अभाव नहुने : आयल निगम
काठमाडौं- नेपाल आयल निगमले तत्काल पेट्रोलियम पदार्थ अभाव नहुने भएको जनाएको छ। निगमले पेट्रोलियम पदार्थ पर्याप्त मौज्दात रहेकाले अभाव नहुने बताएको हो। निगमका प्रवक्ता पूर्णप्रसाद रिजालले काठमाडौं उपत्यकामा एक हप्तालाई पुग्ने इन्धन मौज्दात रहेको जानकारी दिए। उनका अनुसार हाल पाँच हजार ३०० किलोलिटर पेट्रोल, छ हजार ३०० किलोलिटर डिजेल र चार हजार किलोलिटर हवाई इन्धन मौज्दात छ। वर्षाका कारण बाटो अवरुद्ध...
-
२०८१ आश्विन ८, मंगलबार
सुनको मूल्य हालसम्मकै उच्च
काठमाडौँ, ८ असोजः सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज प्रतितोला रु पाँच सयले वृद्धि भएको छ । सोमबार प्रतितोला रु एक लाख ५९ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५९ हजार सात सय निर्धारण भएको छ । नेपाली बजारमा यो मूल्य हालसम्मकै उच्च हो । अन्तर्राष्ट्रिय बजारमा लगातार मूल्यवृद्धि हुँदा त्यसको प्रभाव स्थानीय बजारमा परेको हो ।...
-
२०८१ आश्विन ४, शुक्रबार
सुनको मूल्य तोलामा रु एक हजार पाँच सयले वृद्धि
काठमाडौँ, लगातार ओरालो लागेको सुनको मूल्य आज भने पुनः उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा रु एक हजार पाँच सयले वृद्धि भएको छ ।बिहीबार प्रतितोला रु एक लाख ५५ हजार छ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ५७ हजार एक सय निर्धारण भएको छ । यस्तै चाँदीको मूल्य आज तोलामा रु ३५ ले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु एक हजार आठ सय ८० मा कारोबार भएको चाँदी...
-
२०८१ भाद्र ३०, आइतबार
इन्धनको भाउ घट्यो
काठमाडौं- नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको छ। आइतबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको हो। यो मूल्य आइतबार मध्यराति १२ बजेदेखि लागू हुनेछ।
-
२०८१ भाद्र २८, शुक्रबार
सुनको मूल्य हालसम्मकै उच्च
काठमाडौँ, स्थानीय बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेर कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा रु तीन हजारले वृद्धि भएको हो । बिहीबार प्रतितोला रु एक लाख ५३ हजार तीन सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५६ हजार तीन सय निर्धारण भएको छ । यो हालसम्मकै उच्च बिन्दु हो । यस्तै, चाँदीको मूल्य प्रतितोला रु ६५ ले वृद्धि भएको छ ।...
-
२०८१ भाद्र १९, बुधबार
‘शेयर’ बजार बुलमा हुने भूल
अचुतकुमार ओझा काठमाडौँ, ‘शेयर’को बुल (बढ्दो) बजारको लहर चल्दै गर्दा लगानीकर्ता र कारोबारी मात्रै नभई सिङ्गो राज्य संयन्त्र उत्साहित हुनु स्वाभाविक हो । यसले अर्थतन्त्रलाई चलायमान मात्र बनाउँदैन, राज्यकोषलाई समेत सबल बनाउन मद्दत गर्छ । पुराना र अनुभवी व्यक्ति र संस्था मात्रै नभई नयाँ लगानीकर्ताहरु समेत बजारमा प्रवेश हुने गर्छन् । कारोबार रकम, सूचकाङ्क र लगानीकर्ताहरुको ‘पोर्टफोलियो’ सबै बढ्दै...
-
२०८१ भाद्र १९, बुधबार
दसैँमा राष्ट्र बैंकले नयाँ नोट वितरण नगर्ने
काठमाडौं- विगतका वर्षमा जस्तो यस वर्ष दसैँ, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट वितरण नगर्ने भएको छ। नयाँ नोटको सट्टा सुकिला (सफा) नोट वितरण गर्ने तयारी राष्ट्र बैंकले गरेको छ । गत साता बसेको राष्ट्र बैंक व्यवस्थापन समितिको बैठकले औपचारिक रूपमै यस वर्ष नयाँ नोटको सट्टा सुकिलो नोट वितरण गर्ने निर्णय गरेको हो । अतिरिक्त खर्च जोगिने र सुकिला नोट पनि व्यवस्थापन हुने भएकाले...
-
२०८१ भाद्र १६, आइतबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौँ - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेल तथा मट्टितेल १ रुपैयाँ मूल्य घटाएको हो । मूल्य घटेसँगै काठमाडौँमा पेट्रोलको मूल्य अब १६३ र डिजेलको १५४ रुपैयाँ पुगेको छ । भारतबाट मूल्य घटेर आएपछि आन्तरिक बजारमा पनि मूल्य समायोजन गरिएको निगमको भनाई छ । नयाँ मूल्य शनिबार राति १२ बजेर १ मिनेटदेखि लागू हुने निगमले जनाएको छ । त्यस्तै हवाई इन्धन...


