STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बिजनेस

  • २०८० जेठ १६, मंगलबार

    सरकारद्वारा १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट घोषणा

    काठमाडौँ - आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको हुने भएको छ । सोमबार संघीय संसदलाई सम्बोधन गर्दै अर्थमन्त्री डा प्रकाशरण महतले सो बजेट घोषणा गरेका हुन् । सरकारले खर्च कटौतीको योजनासहित बजेट ल्याएको छ । जसअनुसार आर्थिक मन्दीतर्फ उन्मुख अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्य बजेटले लिएको छ । यस्तै, आगामी आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर बढाउने र दोस्रो चरणको...

  • २०८० जेठ १४, आइतबार

    आर्थिक सर्वेक्षण : आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा सिमित हुने

    काठमाडौं - सरकारले नयाँ आर्थिक वर्षको बजेट सोमवार ल्याउँदै छ । बजेट आउनुअघि सरकारले आइतबार आर्थिक सर्वेक्षण प्रस्तुत गरेको छ । अर्थमन्त्री डा. प्रकाशरण महतले आर्थिक वर्ष २०७९/०८० को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै सार्वजनिक संस्थान भित्र राख्न आवश्यक संस्थानहरुको संरचनागत तथा व्यवस्थापकीय सुधार आवश्यक रहेको बताएका छन् । अर्थमन्त्री डा.प्रकाशसरण महतले आइतबार संसदमा चालु आर्थिक वर्ष ०७९/०८०को...

  • २०८० बैशाख २६, मंगलबार

    विदेशबाट आउँदा अब २ वटा मोबाइल ल्याउन पाइने

    काठमाडौं - अब विदेशबाट फर्किँदा साथमा २ वटा मोबाइल बोकेर आउन पाइने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदबारमा मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले झिटीगुण्टा नियमावली संशोधन गर्दै विदेशबाट फर्किने नेपालीले आफूले बोकेको मोबाइलसहित थप एउटा मोबाइल नेपाल ल्याउने पाउने निर्णय गरेको हो । सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले स्वदेश फर्किने नेपालीले साथमा बढीमा दुई वटा...

  • २०८० बैशाख २६, मंगलबार

    ललितपुर तयारी पोशाक ब्यापार संघको रजत जयन्ती

    ललितपुर तयारी पोशाक ब्यापार संघले आफ्नो स्थापनाको २५ बर्ष पुरा गरेको अवसरमा रजत जयन्ती विभिन्न कार्यक्रम गरी मनाउने भएको कुराको जानकारी गराउन पत्रकार सम्मेलनको आयोजना गरेको छ । रजत जयन्ती को अवसरमा यो एक वर्ष भरीमा आयकर सम्बन्धी अन्तरक्रिया, व्यावसायिक लेखा प्रणाली तालिम, बैंक तथा इन्सुरेन्स सम्बन्धी सहजीकरण, सुस्वास्थ्यका लागि विविध कार्यक्रम, असहाय, अपाङ्गता भएका तथा ज्येष्ठ नागरिकहरुलाई सहयोग...

  • २०८० बैशाख २५, सोमबार

    अर्थतन्त्र सुधारका लागि गम्भीर सर्जरी आवश्यक : डा.स्वर्णिम वाग्ले

    काठमाडौँ - सांसद डा.स्वर्णिम वाग्लेले सरकारले संसद्मा पेस गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता अर्थतन्त्र सुधारका लागि प्रयास गरेको भए पनि त्यो पर्याप्त नभएको बताएका छन् । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारे प्रतिनिधिसभाको आजको बैठकमा सांसद वाग्लेले अर्थतन्त्र सुधारका लागि गम्भीर सर्जरी नै आवश्यक रहेका बेला सामान्य झारफुकले मात्र यो सम्भव नहुने...

  • २०८० बैशाख २१, बिहिबार

    नेपालमै पहिलोपटक डिजिटल तथा नगद दुबैमा कारोबार गर्न मिल्ने सुविधा

    "डिजी पे” ले नेपालमै पहिलोपटक डिजिटल तथा नगद दुबैमा कारोबार गर्न मिल्ने सुविधा साथै फिनटेक इन्डस्ट्रीमा नै पहिलोपटक व्यावसायिक प्रवर्द्धन गर्नका लागि फ्रान्चाइजीको अवधारणा लिएर आएको छ । नेपाल राष्ट्र बैंकबाट भुक्तानीका लागी अनुमतिप्राप्त मोबाइल वालेट कम्पनी डिजी पे प्रालिले काठमाडौंमा पत्रकार सम्मेलन गरी आफूले प्रदान गर्ने सेवा तथा सुविधाबारे जानकारी गराएको हो । डिजी पे मा व्यवसायीहरूले न्यूनतम...

  • २०८० बैशाख १२, मंगलबार

    स्मार्ट टेलिकमको सिम र रिचार्ज कार्ड बिक्री गर्ने व्यवसायी चिन्तित

    काठमाडौं - स्मार्ट टेलिकमको लाइसेन्स खारेज भएपछि सिम कार्ड र रिचार्ज कार्ड बिक्री गर्ने व्यवसायीहरू चिन्तित बनेका छन् । वैशाख २ गते लाइसेन्स खारेज भएसँगै नेपाल दूरसञ्चार प्राधिकरणको अधीनमा आएपछि सिम कार्ड तथा रिचार्ज कार्ड बिक्री गर्ने व्यवसायी चिन्तामा डुबेका हुन् । प्राधिकरणका अनुसार स्मार्ट टेलिकमले नवीकरणबापतको २० अर्ब रुपैयाँ र तीन महिनाअघि नै नवीकरण शुल्क नबुझाएका कारण दूरसञ्चार...

  • २०८० बैशाख ५, मंगलबार

    सामसाङको मोबाइल किन्दा नबिलले दिने क्यासब्याक

    काठमाडौं - विश्वव्यापी रुपमा मनपराइएको स्मार्टफोन सामसङले हालैमात्र बजारमा उपलब्ध गराइएका ए सिरिज मोडलका २ वटा नयाँ ग्यालेक्सी ए ३४५जि र ग्यालेक्सी ए ५४५ जिको खरिदमा सीमित समयका लागि विशेष योजना सुरु गरेको छ । यस योजनाको लागि सासमसङले नबिल बैंकसंग अप्रिल १२, २०२३ मा एक सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । जस अनुसार नबिल बैंकका भिसा डेबिट कार्ड र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले ग्यालेक्सी ए ३४५ जि र...

  • २०८० बैशाख ४, सोमबार

    व्यवसायी महर्जनको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

    काठमाडौं - नेपाल मदिरा व्यवसायी महासंघको आगामी नेतृत्वको लागि पाटन ललितपुरका मदिरा व्यवसायी मुकुन्द महर्जनले राष्ट्रिय अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । महासंघको यही बैशाख ८ र ९ गते काठमाडौंमा आयोजना हुन लागेको १७ औं साधारणसभा तथा १२ औं महाधिवेसनमा देशभरका मदिरा व्यवसायीहरुले नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै व्यवसायी महर्जनद्वारा विहीबार जारी...

  • २०८० बैशाख ४, सोमबार

    वायुसेवा निगमले तीन जहाज खरिद गर्ने

    काठमाडौं -राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आन्तरिक उडानका लागि थप तीन थान जहाज खरिद गर्ने भएको छ । आन्तरिक उडानमा बजार हिस्सा ओगट्न नसकेको भनी आलोचना खेपिरहेको निगमले जहाज थपेर सेवा विस्तार गर्ने लक्ष्यसहित तीन जहाज खरिद गर्ने निर्णय गरेको हो । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार दुर्गम क्षेत्र ‘स्टल रुट’ मा उडान भर्न सक्ने तीन साना जहाज खरिद गर्ने कार्ययोजना अघि...

  • २०८० बैशाख ४, सोमबार

    स्मार्ट टेलिकमको लाइसेन्स खारेज

    काठमाडौं -बक्यौता भुक्तानी नगरेको स्मार्ट टेलिकमको लाइसेन्स स्वतः खारेज भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमको इजाजतपत्र (लाइसन्स) स्वतः खारेज भएपछि कम्पनीको सम्पत्ति व्यवस्थापन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । आज बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले स्मार्ट टेलिकमको सम्पक्ति व्यवस्थापन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । प्राधिकरणले स्मार्ट टेलिकमलाई बक्यौता रकम...

  • २०८० बैशाख १, शुक्रबार

    उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्विरोध

    काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । पहिलो चरणमा भएको निर्वाचनमा ३ जना मध्येका कुनै पनि प्रत्यासीले ५० प्रतिशत मत नकटाएपछि दोस्रो चरणको निर्वाचनमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच चुनावी भिडन्त पक्का भएको थियो । तर, उनीहरुले सहमतिको लागि समय मागेपछि २ बजेका लागि निर्धारित चुनाव पछि सारिएको थियो । अञ्जनलाई वरिष्ठ उपाध्यक्षमा...

Pages