STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बिजनेस

  • २०८० आश्विन १३, शनिबार

    पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि, ग्यासको भाउ २२१०

    काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो । त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ । यो वृद्धिसँगै ग्यासको मूल्य प्रतिसिलिण्डर २११० रुपैयाँ पुगेको छ । पेट्रोलको...

  • २०८० आश्विन ९, मंगलबार

    असोज २१ देखि सुपथ मूल्य पसल सञ्चालन हुने

    काठमाडौँ – दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सरकारले असोज २१ गतेदेखि सहुलियत पसलहरु सञ्चालन गर्ने भएको छ । मंसिर ३ गतेसम्म यस्ता पसल सञ्चालन हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले जानकारी दिए । अत्यावश्यक खाद्य वस्तुहरुको बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सरल, सहज र सर्वसुलभ रुपमा उपभोक्तालाई दैनिक उपभोग्य वस्तु बिक्री गर्ने लक्ष्यका साथ सहुलियत पसल...

  • २०८० आश्विन ९, मंगलबार

    सरकारले दसैंका लागि तीन हजार खसी–बोका र च्यांग्रा ल्याउने

    काठमाडौं – सरकारले दसैंलाई लक्षित गरी काठमाडौं उपत्यकाका लागि तीन हजार खसी–बोका र च्यांग्रा ल्याउने भएको छ। सरकारी स्वामित्वको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बजार मूल्य नियन्त्रण गर्न खसी–बोका र च्यांग्रा ल्याउने भएको हो। विभिन्न स्थानबाट दुई हजार खसी–बोका र एक हजार च्यांग्रा ल्याइने कम्पनीकी प्रवक्ता शर्मिला सुवेदीले जानकारी दिइन्। दसैंका लागि सो परिमाणको खसी–बोका र च्यांग्रा ल्याउन ८...

  • २०८० आश्विन ७, आइतबार

    गाईको चित्र अङ्कित ‘सिक्का’को बिक्री सुरु

    काठमाडौँ - नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले आजदेखि राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’को बिक्री वितरण सुरु गरेको छ । बबरमहलस्थित टक्सार महाशाखामा आयोजित कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले उक्त सिक्का सार्वजनिक गरेका हुन् । महाशाखाले १० ग्राम र २५ ग्रामका दुई किसिमका चाँदीका मेडालियन सिक्का टकमरी गरी विक्री सुरु गरेको हो । १० ग्राम सिक्काको रु. १,६०० र २५ ग्राम सिक्काको...

  • २०८० आश्विन ३, बुधबार

    नेपालको आर्थिक वृद्धिदर यस वर्ष १.९ र आगामी वर्ष ४.३ प्रतिशत रहने एडिबीको अनुमान

    काठमाडौं - एसियाली विकास बैंक (एडिबी) ले नेपालको आर्थिक वृद्धिदर सन् २०२३ मा एक दशमलव नौ र सन् २०२४ मा चार दशमलव तीन प्रतिशत रहने प्रक्षेपण सार्वजनिक गरेको छ । एडिबीले ‘एसियन डेभलपमेन्ट आउटलुक, सेप्टेम्बर २०२३’ प्रतिवेदन सार्वजनिक गर्दै यो वर्षको तुलनामा आगामी वर्ष आर्थिक वृद्धिदरमा केही वृद्धि हुने अनुमान सार्वजनिक गरेको हो । त्यस्तै, नेपालमा सन् २०२३ मा मुद्रास्फीति सात दशमलव सात प्रतिशत रहने...

  • २०८० भाद्र २९, शुक्रबार

    पेट्रोलियम पदार्थको मूल्य वृद्धि, अब पेट्रोल १८३, डिजेल र मट्टितेलको मूल्य १७३

    काठमाडौं - पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। भारतबाट पेट्रोलको मूल्य वृद्धि भएर आएपछि स्वचालित मूल्यअनुसार नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको हो। जसअनुसार पेट्रोलमा एक रुपैयाँ र डिजेल र मट्टितेलमा तीन रुपैयाँले मूल्य वृद्धि भएको हो। नेपाल आयल निगमको सञ्चालक समितिक बैठकले आज रात १२ बजेदेखि लागू हुनेगरी मूल्य वृद्धि भएको हो। निगमका अनुसार भारतबाट पेट्रोलको मूल्य १.१४ रुपैयाँ र...

  • २०८० भाद्र १९, मंगलबार

    भारतले नेपालको एक सय ८० मेगावाट बिजुली किन्ने

    काठमाडौं - नेपालले एक सय ८० मेगावाट बिजुली निर्यात गर्न भारतको विद्युत् मन्त्रालयबाट स्वीकृति पाएको छ।  नेपालले यसअघि चार सय ५२ मेगावाट बिजुली बेच्नका लागि अनुमति पाएको थियो। थप चारवटा आयोजनाको बिजुली भारतले किन्ने भएपछि अब कूल छ सय ३२ मेगावाट विद्युत् नेपालले बेच्नेछ।  नेपालले अहिले महेन्द्रनगर-गड्डाचौकी प्रसारण लाइनबाट ७० मेगावाट र ढल्केबर-मुजफ्फरपुर प्रसारण लाइनबाट एक सय १० मेगावाट गरी एक सय...

  • २०८० भाद्र १५, शुक्रबार

    तातोपानी नाका शुक्रबारदेखि खुल्ने

    काठमाडौं - चीनसँगको उत्तरी सीमानाका तातोपानी शुक्रबारदेखि खुल्ने भएको छ । लामो समय आवागमन बन्द रहेको तातोपानी नाका शुक्रबारदेखि खुल्ने भएको हो । गत मङ्गलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए। “नेपालतर्फबाट गरिने सम्पूर्ण तयारी गरेका छौँ”, उनले भने। विसं २०७२...

  • २०८० भाद्र १४, बिहिबार

    पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोल १८२ र ग्यास १८९५ रुपैयाँ पुग्यो

    काठमाडौं - भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएसँगै नेपाल आयल निगमले पनि पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्यवृद्धि गरेको छ । बिहीबार राति बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २३५ रुपैयाँ वृद्धि गरेको हो । पेट्रोलियम पदार्थको मूल्य तेस्रो वर्गमा रहेको काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको...

  • २०८० भाद्र १३, बुधबार

    माछापुच्छ्रे बैंकको लाभांश घोषणा

    काठमाडौँ, माछापुच्छ्रे बैंकले लाभांश घोषणा गरेको छ । आज बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९÷८० को नाफाबाट शेयरधनीलाई नगद र बोनस लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सञ्चालक समितिले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको १४ प्रतिशत ९१३ दशमलव ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७० प्रतिशत० बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो । उक्त बैंकको...

  • २०८० भाद्र १३, बुधबार

    रु आठ सयले बढ्यो सुनको मूल्य

    काठमाडौँ, सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख १२ हजार पाँच सय निर्धारण गरिएकोे छ । अघिल्लो दिन प्रतितोला रु एक लाख ११ हजार सात सयमा कारोबार भएका सुनको मूल्य प्रतितोला रु आठ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख ११ हजार नौ सय ५० कायम भएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु एक लाख ११ हजार...

  • २०८० भाद्र १२, मंगलबार

    सुनको मूल्य प्रतितोला रु छ सयले बढ्यो

     सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ११ हजार सात सय निर्धारण गरिएकोे छ । अघिल्लो दिन प्रतितोला रु एक लाख ११ हजार एक सयमा कारोबार भएका सुनको मूल्य आज प्रतितोला रु छ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख ११ हजार एक सय ५० कायम भएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु एक लाख १० हजार पाँच सय ५०...

Pages