STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बिजनेस

  • २०७९ जेठ १८, बुधबार

    पेट्रोलको बढेको भाउसहित भारतले पठायो इन्धनको नयाँ मूल्यसूची

    काठमाडौं - भारतले इन्धनको नयाँ मूल्यसूची पठाएको छ । बुधबार भारतीय आयल कर्पोरेसनले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्यसूचीमा पेट्रोलको मूल्य बढेको छ भने डिजेलको घटेको निगमका एक अधिकारीले जानकारी दिए । उनका अनुसार पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ २१ पैसाले मूल्य बढेर आएको छ । यस्तै मट्टितेलमा प्रतिलिटर पनि ६ रुपैयाँ ९८ पैसा बढेर आएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने घटेको छ । ग्यासमा...

  • २०७९ जेठ १६, सोमबार

    बजेटका २० नारा र अभियान

    काठमाडौं - सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विभिन्न २० वटा नयाँ नारामार्फत आर्थिक समृद्धिको नयाँ अभियान सञ्चालन गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत गर्नुभएको बजेटमा अगाडि सारिएका नाराले समग्रतामा यर्थाथतालाई सम्बोधन गरिएको टिप्पणी गरिएको छ । सरकारको बजेटमा आगामी आव आत्मनिर्भरताका लागि कृषि उत्पादनको राष्ट्रिय अभियान वर्ष हुने उल्लेख गरिएको छ...

  • २०७९ जेठ १६, सोमबार

    बजेटका पाँच उद्देश्य, १० प्राथमिकता

    काठमाडौँ - सरकारले आगामी आर्थिक वर्षको बजेटका पाँच उद्देश्य र १० वटा प्राथमिकता निर्धारण गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद्को दुवै सदनमा आज प्रस्तुत गर्नुभएको बजेटमा स्थिरता, उत्पादनशीलता र रोजगारी वृद्धि, समावेशी विकास, आत्मनिर्भरता र आर्थिक समृद्धि हासिल गर्ने उद्देश्य राखिएको छ । उत्पादनमा आधारित अर्थतन्त्रको निर्माण गरी उच्च र दीगो आर्थिक वृद्धि हासिल गर्ने, उपलब्ध प्राकृतिक...

  • २०७९ जेठ १५, आइतबार

    अब ६८ वर्षमै वृद्धभत्ता पाइने, देशैभरका विद्यालयमा प्राविधिक शिक्षा

    काठमाडौं- सरकारले आगामी आर्थिक वर्षदेखि ६८ वर्षका जेष्ठ नागरिकलाई वृद्ध भत्ता दिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाको संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आगामी वर्षदेखि ६८ वर्षमै वृद्ध भत्ता दिने घोषणा गरेका हुन् । यसअघि, ७० वर्ष पुगेका जेष्ठ नागरिकले वृद्धा भत्ता पाउँदै आएका थिए । यद्यपी, सरकारले वृद्धा भत्ताको रकम भने बढाएको छैन । हाल मासिक ४ हजार रुपैयाँ वृद्धा...

  • २०७९ जेठ १५, आइतबार

    १७ खर्ब ९८ अर्ब ८३ करोडको बजेट प्रस्तुत, कर्मचारीकाे तलब १५ प्रतिशत वृद्धि

    काठमाडौं - सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु. १७ खर्ब ९८ अर्ब ८३ करोडको बजेट विनियोजन गरेको छ । आइतबार प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि रु. १७ खर्ब ९८ अर्ब ८३ करोडको बजेट प्रस्तुत गरेका हुन् । कर्मचारीकाे तलब १५ प्रतिशत वृद्धि  सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा राष्ट्रसेवक कर्मचारी र शिक्षकको तलब साउन एक गतेदेखि लागु हुने गरी कर्मचारीको...

  • २०७९ जेठ १५, आइतबार

    आज ४ बजे आगामी वर्षको बजेट प्रस्तुत हुने

    काठमाडौं - सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आज आइतबार दिउँसो ४ बजे प्रस्तुत गर्ने भएको छ । संविधानको धारा ११९ बमाेजिम अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्नेछन् । बजेट प्रस्तुतिका लागि सम्पूर्ण सांसदहरूलाई दिउँसो ३ बजेर ३५ मिनेटभित्रै संसद भवनमा प्रवेश गर्न सभामुख सापकोटाले रुलिङ गरेका छन् । यस अघि अर्थमन्त्री जनार्दन शर्माले...

  • २०७९ जेठ १४, शनिबार

    पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय तत्काल कार्यान्वयन गर्न माग

    काठमाडौं - संयुक्त विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थमा मूल्य घटाउने सरकारको निर्णय यथाशीघ्र कार्यान्वयनमा ल्याउन माग गरेको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु क्रान्तिकारीलगायत १५ विद्यार्थी सङ्गठनको आज बसेको बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तिलाई सकारात्मकरूपमा लिएको र तत्काल कार्यान्वयन...

  • २०७९ जेठ १३, शुक्रबार

    पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाउने सरकारकाे निर्णय

    काठमाडौँ - सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाउने निर्णय गरेको छ । जेठ १० गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको जनाइएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले संसद बैठकमा यसबारे जानकारी दिएका हुन् । कर घटाएर पेट्रालियम पदार्थको मूल्य समायोजन गर्नेबारे अर्थमन्त्रालयमा गृहकार्य भइरहेको उनले बताए । यद्यपि कति प्रतिशतले घटाउने भन्ने कुरा भने यकीन भइसकेको...

  • २०७९ जेठ ८, आइतबार

    पेट्रोलियम पदार्थमा फेरि मूल्य वृद्धि, पेट्रोल १८० प्रतिलिटर

    काठमाडौं - सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । आइतबार नेपाल आयल निगमले विज्ञप्ति जारी गर्दै आइतबार राति १२ पछि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरिएको छ । केही दिनअघि १७० रुपैयाँ पुर्याइएको पेट्रोलको भाउ अब १८० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको भाउ १६३ रुपैयाँ पुर्याइएको छ । ह्वाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर १६६ रुपैयाँ बढाइएको छ...

  • २०७९ बैशाख ३१, शनिबार

    पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रूपैयाँ वृद्धि

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको निगमले जनाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १० रूपैयाँ वृद्धि गरेको हो । मूल्यवृद्धिसँगै निगम परिसरबाट १५ किमीसम्म पेट्रोलको खुद्रा मूल्य १७० रूपैयाँ पुगेको छ । त्यस्तै डिजेलको १५३ रूपैया र मट्टितेलको मूल्य १५३ रूपैया पुगेको छ ।

  • २०७९ बैशाख २८, बुधबार

    बैंकमा पनि सातामा दुई दिन विदा

    काठमाडौं - अब बैंकहरुमा पनि साताको दुई दिन सार्वजनिक बिदा हुने भएको छ। नेपाल राष्ट्र बैंकले बुधबार एक सूचना जारी गर्दै शनिबार र आईतबार साप्ताहिक बिदा दिने घोषणा गरेको हो। सरकारले जेठ १ गतेदेखि सातामा दुई दिन सार्वजनिक बिदा दिने घोषणा गरेसँगै राष्ट्र बैंकले पनि कार्यालय खुल्ने समय संशोधन गरेको हो। आगामी जेठ १ गतेदेखि लागू हुनेगरी साप्ताहिक बिदा बढेसँगै अब सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय साढे...

  • २०७९ बैशाख २१, बुधबार

    आइओसीले पठायो पेट्रोलियमको बढेको मूल्य

    काठमाडौँ - पेट्रोलियमको मूल्य पुनः बढ्ने सङ्केत देखिएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएपछि नेपालमा यसको मूल्य बढ्ने सम्भावना देखिएको हो । पेट्रोल प्रतिलिटर पाँच रुपैयाँ १८ पैसा, डिजेल १० रुपैयाँ १८ पैसा र हवाई इन्धन सात रुपैयाँ १२ पैसाले बढेर आएको निगमले जनाएको छ ।

Pages