STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बिजनेस

  • २०७८ फाल्गुण २०, शुक्रबार

    पेट्रोल, डिजेल र मट्टीतेलमा ५/५ रुपैयाँ बढ्याे

    काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुन: वृद्धि गरेको छ । निगमले बिहीबार रातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य ५/५ रुपैयाँले बढाएको हो । नयाँ मूल्यअनुसार पेट्रोल १५० रुपैयाँ लिटर पुगेको छ भने डिजेल र मट्टितेल १३३ रुपैयाँ पुगेको छ ।  खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ । यस्तै हवाइ इन्धनको मूल्य पनि बढाइएको छ । निगमले पछिल्लोपटक पेट्रोलमा ३...

  • २०७८ फाल्गुण १८, बुधबार

    युक्रेन-रसिया युद्धको असर : कच्चा तेलको मूल्य अकासियो

    काठमाडौं । युक्रेन र रसिया बीचको युद्ध चर्किंदै जाँदा यसको असर कच्चा तेलको मूल्यमा पनि देखा परेको छ । मंगलबार एकैदिन झण्डै चार प्रतिशतले बढेर ब्रेन्ट कच्चा तेलको मूल्य ११ वर्ष यताकै उच्च बिन्दुमा पुगेको आयाल प्राइस डटकमले जनाएको छ । मंगलबार ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल १०९.६ सेन्ट डलर पुगेको छ । जुन १ मार्च २०११ को भन्दा १.२ डलरले कम हो । सो दिन प्रति ब्यारेल ब्रेन्ट कच्चा तेलको मूल्य...

  • २०७८ फाल्गुण १८, बुधबार

    राष्ट्र बैंकले घटायो आन्तरिक विप्रेषणको सीमा

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आन्तरिक विप्रेषणको सीमा घटाएको छ । केन्द्रीय बैंकले आजैदेखि लागू हुनेगरी रकम स्थानान्तरणको सीमा घटाएको हो । राष्ट्र बैंकले स्वदेशमा रकम स्थानान्तरण गर्नेसम्बन्धमा आज एक सूचना जारी गर्दै विप्रेषण कम्पनीका ‘सब एजेन्ट’ वा ‘सब रिप्रिजेन्टेटिभ’हरूले स्वदेशमा कारोबार गर्दा प्रतिव्यक्ति, प्रतिकारोबार प्रतिदिन रु २५ हजारसम्म मात्रै गर्न पाउने व्यवस्था गरेको छ । यसअघि यस्तो...

  • २०७८ फाल्गुण १२, बिहिबार

    सुन प्रतितोला रु ९९ हजार

    सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य एकैदिन प्रतितोला रु दुई हजार ५०० ले बढेर रु ९९ हजार तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९६ हजार ५०० मा कारोबार भएको थियोे । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार ५०० तोकिएको छ । जसको मूल्य बुधबार प्रतितोला रु ९६ हजार थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा...

  • २०७८ फाल्गुण ७, शनिबार

    फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल १४५, डिजेल र मट्टितेल १२८

    फागुन ७, काठमाडौं - सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार राति १२ बजेपछि लागू हुनेगरी मूल्य बढाइएको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाइएको छ । अब पेट्रोलको मूल्य १४५ रुपैयाँ प्रतिलिटर पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १२८ रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि नेपालमा पनि मूल्य...

  • २०७८ फाल्गुण ५, बिहिबार

    भारतले आयल निगमलाई पठायो मूल्य वृद्धिको नयाँ सूची

    फागुन ५, काठमाडौं - भारतले पेट्रोलियम पदार्थको नयाँ मूल्य पठाउँदा नेपालमा नेपाल आयल निगमलाई घाटा हुने भएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ । त्यसको प्रत्यक्ष असर नेपाल आयल निगममा पर्ने देखिएको हो । निगमले बुधबार विज्ञप्ति जारी गरी कच्चा तेलको मूल्य झण्डै अमेरिकी डलर ९० देखि ९६ प्रति व्यारेल पुगिसकेको जनाएको छ । सो अवस्थामा इण्डियन आयल कर्पोरेशनले बुधबार नयाँ मूल्य...

  • २०७८ माघ २७, बिहिबार

    होटल याक एण्ड यती सञ्चालन नगर्न निर्देशन जारी

    माघ २७, काठमाडौं - पर्यटन विभागले काठमाडौं दरबारमार्गस्थित होटल याक एण्ड यती र त्यसमा रहेको क्यासिनो सञ्चालन नगर्न निर्देशन दिएको छ । होटल र क्यासिनोले बुझाउनुपर्ने रोयल्टी र इजाजतपत्र नवीकरण दस्तुर ४२ करोड २५ लाख ६८ हजार २५३ रुपैयाँ ४२ पैसा बुझाउन बाँकी रहेको भन्दै पर्यटन विभागले होटल र क्यासिनो बन्द गर्न निर्देशन दिएको हो । पटक–पटक सूचना र पत्रमार्फत ताकेता गर्दा पनि रोयल्टी नतिरेको भन्दै...

  • २०७८ माघ २२, शनिबार

    विद्युतीय कारोबारमा ठगीका गुनासा बढे

    माघ २२, काठमाडौं (रासस) - पछिल्लो समय आर्थिक कारोबारमा विद्युतीय माध्यमको प्रयोग बढ्दो छ । विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको आधुनिक उपकरण प्रयोगमा बढ्दो अभ्यासका कारण यस्ता कारोबारमा उल्लेख्य वृद्धि भएको देखिन्छ । केन्द्रीय बैंकको सार्वजनिक पछिल्लो तथ्याङ्कानुसार चालु आर्थिक वर्षको गत मङ्सिर महिनामा मात्रै ४८ खर्ब ४५ अर्ब भन्दा धेरै रकम...

  • २०७८ माघ १८, मंगलबार

    दुधको मूल्य लिटरमा ६ रुपैयाँ बढ्यो

    माघ १७, काठमाडौं - सरकारले दुधको मूल्य बढाएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले किसानले पाउने मूल्य बढाएको हो । लिटरमा ६ रुपैयाँ ५२ पैसा मूल्य बढाइएको हो । अब दुधको मूल्य प्रतिलिटर ५६ रुपैयाँ ४ पैसा पुगेको छ । यसअघि दुधको मूल्य प्रतिलिटर ४९ रुपैयाँ ५२ पैसा थियो । किसानले दुधको मूल्य बढाउन माग गर्दै आएका थिए ।

  • २०७८ माघ १७, सोमबार

    प्रतितोला ४०० ले घट्यो सुनको मूल्य

      सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर रु ९१ हजार ८०० तोकिएको छ । अधिल्लो दिन पहेँलो धातु प्रतितोला रु ९२ हजार २००मा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ३०० छ जसको मूल्य गत आइतबार प्रतितोला रु ९१ हजार ७०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला...

  • २०७८ माघ १३, बिहिबार

    राजस्व छलेर भित्र्याइएका एक करोड ६३ लाखको सामान नियन्त्रणमा

    वीरगञ्ज , १३ माघ (रासस) - राजस्व छलेर भारतबाट भित्र्याइएको रु एक करोड ६३ लाख बराबरको सामान लोड गरिएको एउटा ट्रकलाई पर्सा प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ । बिल बिजकभन्दा बढी खुद्रा मालबस्तु लोड गरी वीरगञ्जबाट बुटवलतर्फ लग्दै गरेको अवस्थामा वीरगञ्ज महानगरपालिका–८ भारतीय राजदूतावास चोक अगाडीको सडकखण्डबाट प्रहरीले ना ४ ख ८३३४ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिएको थियो  ।  सो क्रममा प्रहरीले...

  • २०७८ माघ १२, बुधबार

    पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द

    माघ १२, काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले नेपाल–भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द गर्ने निर्णय गरेका छन् । मन्त्रालयमा मङ्गलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री आलेले बतास समूहले सञ्चालन गर्दै आएको सो धर्मशालाको सम्झौता फिर्ता लिइएको जानकारी गराएका हुन् । मन्त्रीस्तरीय निर्णयबाट धर्मशाला सञ्चालनका लागि व्यावसायिक फार्म बतास समूहसँग...

Pages