बिजनेस
-
२०७९ पौष १८, सोमबार
निगमले पेट्रोलियम पदार्थको मूल्य नबढाउने
काठमाडाैं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । नेपाल आयल निगमले आज बेलुका प्रेस विज्ञप्ति जारी गर्दै मूल्य यथावत् राखेको जनाएको हो । स्वचालित मूल्य प्रणालीअनुसार अन्तर्राष्ट्रिय बजारमा भएको पेट्रोलियम पदार्थको मूल्य थपघटको अवस्था हेरेर इन्डियन आयल कर्पोरेसनले हरेक १५ दिनमा नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाउने गरेको छ । अहिले इन्डियन आयल कर्पोरेसनबाट मट्टितेलबाहेक सबै...
-
२०७९ पौष ९, शनिबार
पुस १५ गतेभित्र मोबाइल दर्ता गर्न आह्वान, दर्ता नभएका सेट नचल्ने
काठमाडौं -नेपाल दूरसञ्चार प्राधिकरणले आउँदो पुस १५ देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्ण रुपमा कार्यान्वयनमा ल्याउने भएको छ । आज सूचना निकालेर प्राधिकरणले पुस १५ गतेभित्र मोबाइलहरु दर्ता गर्न आह्वान समेत गरेको छ । मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्र्याकिङ र ब्लकिङ गर्न प्राधिकरणले यसअघि...
-
२०७९ पौष १, शुक्रबार
पेट्रोल,डिजल र मट्टीतेलमा तीन रुपैयाँ घट्याे
काठमाडाैं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शुक्रबार मध्यरातदेखि लागू हुने गरी निगमले पेट्रोल र डिजलमा साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर ३ रूपैयाले घटाएको हाे । यसअघि पेट्रोल प्रतिलिटर रु १८१ रहँदै आएकामा अब भने प्रतिलिटर रु १७८ मा बिक्री हुनेछ । डिजल प्रतिलिटर रु १७८ मा बिक्री भइरहेकामा अब भने रु १७५ मा बिक्री हुनेछ । मट्टीतेल प्रतिलिटर रु १७८ मा बिक्री हुँदै आएकामा...
-
२०७९ मङ्सिर २५, आइतबार
सुन ताेलाकाे एक लाख पाँच सय
काठमाडौं- नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार नेपाली बजारमा आइतबार छापावाल सुनको मूल्य २०० रुपैयाँले बढेको छ । जसअनुसार छापावाल सुन प्रतितोला एक लाख पाँच सय रुपैयाँ पुगेको हो । गत शुक्रबार दिन तोला एक लाख तीन सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार तेजाबी सुनको मूल्य प्रतितोला एक लाखमा कारोबार भइरहेको छ । गत शुक्रबार यसको मूल्य तोला ९९ हजार आठ सय रुपैयाँ थियो । त्यस्तै...
-
२०७९ मङ्सिर १५, बिहिबार
भारतबाट घटेर आयो पेट्रोल र डिजेलको मूल्य
काठमाडौं - बिहीबार भारतबाट पेट्रोल र डिजेलको मूल्य घटेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ र डिजेलमा ११ रूपैयाँ मूल्य घटाएर पठाएको हो । बिहीबारको नयाँ मूल्यअनुसार नेपाल आयल निगमलाई डिजेलमा ५० पैसा र पेट्रोलमा १३ रूपैयाँभन्दा बढी नाफा रहेको छभने निगमलाई सबै गरेर अबको मूल्यअनुसार पन्ध्र दिनमा ५८ करोड रूपैयाँ नाफा हुनेछ। भारतबाट पेट्रोल र डिजेलको मूल्य घटेर आए...
-
२०७९ मङ्सिर १५, बिहिबार
एघार महिनामा भित्रिए पाँच लाख ४९ हजार पर्यटक
पछिल्लो ११ महिनामा पाँच लाख ४९ हजार छ सय ५६ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कानुसार अङ्ग्रेजी वर्षको जनवरीदेखि अक्टोबरसम्म पाँच लाख ४९ हजार छ सय ६५ पर्यटकले नेपाल भ्रमण गरेका हुन् । बोर्डका अनुसार नोभेम्बर महिनामा ७२ हजार छ सय ५३ पर्यटक नेपाल आएका छन् । अघिल्लो अक्टोबरमा ८८ हजार पाँच सय ८२ पर्यटक नेपाल भित्रिएका थिए । अप्रिलमा ६१ हजार पाँच सय ८९ र...
-
२०७९ मङ्सिर १४, बुधबार
एक हजार दरका ४३ करोड थान नोट छाप्ने ठेक्का भारतीय कम्पनीलाई
काठमाडौं - नेपाल राष्ट्र बैंकले एक हजार दरका ४३ करोड थान बैंक नोट छाप्ने जिम्मा भारतीय सरकारी कम्पनीलाई दिएको छ । भारत सरकारको स्वामित्व रहेको भारत प्रतिभूति मुद्रण तथा मुद्रा निर्माण निगम लिमिटेड (सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन अफ इन्डिया लिमिटेड)लाई नोट छपाइका लागि ठेक्का दिन लागिएको हो । राष्ट्र बैंकले बुधबार उक्त ठेक्का सम्झौता गर्नेसम्बन्धी आशयपत्र जारी गरेको छ । एक हजार दरका ४३...
-
२०७९ मङ्सिर १३, मंगलबार
मंसिर २३ गते हस्तकला व्यापार मेला शुरु हुने
नेपाल हस्तकला महासंघको आयोजनामा यही मंसिर २३ गते शुक्रबारदेखि २७ गते मंगलबारसम्म राजधानीमा १९ औं हस्तकला व्यापार मेला हुने भएको छ । नेपाल हस्तकला महासंघको आयोजनामा सो मेला हुन लागेको सो मेला बौद्धस्थित होटेल हायात रिजेन्सीमा हुनेछ भने सो मेलामा हस्तकलाका वस्तुहरुको १ सय ५० वटा स्टल रहने कुरा महासंघका अध्यक्ष प्रचण्ड शाक्यले पत्रकार भेटघाटमा जानकारी दिनुभयो । नेपालमा प्रत्येक वर्ष नियमित रुपमा...
-
२०७९ कार्तिक २८, सोमबार
पेट्रोलियम पदार्थको खपतमा कमी
काठमाडौँ - पछिल्लो समय पेट्रोलियम पदार्थको खपतमा कमी आउन थालेको छ । नेपाल आयल निगमले गत आर्थिक वर्षको तुलनामा चालु आवमा पेट्रोलियम पदार्थका खपतमा कम भएको जानकारी दिएको छ । यसअघि चाडपर्व तथा निर्वाचनका समयमा पेट्रोलियम पदार्थको खपतमा वृद्धि हुने भए पनि आसन्न निर्वाचन नजिकिए पनि पेट्रोलियम पदार्थको खपतमा वृद्धि हुन नसकेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्षको...
-
२०७९ कार्तिक ४, शुक्रबार
प्लाष्टिकका फूलमाला किनबेच गरे एक लाखसम्म जरिवाना
काठमाडौँ - तिहार र छठ पर्वमा प्लाष्टिकका फूलमालाको प्रयोग गर्दै हुनुहुन्छ भने सचेत हुनुहोस् । प्लाष्टिकजन्य फूलमालाको प्रयोग वा बिक्रि गरे एक लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने छ । सरकारले प्लाष्टिजन्य फूल, फूलका गुच्छा, मालालगायतको कारोबार नगर्न आग्रह गरेको छ । नजिकिएको तिहार तथा छठ पर्वमा प्लाष्टिकका फूल, गुच्छा तथा मालाको कारोबार हुने गरेको भन्दै त्यस्ता प्लाष्टिकजन्य फूलमाला तथा सामग्रीको...
-
२०७९ आश्विन २५, मंगलबार
अर्थशास्त्रको नोबेल पुरस्कार तीनजना अमेरिकीलाई
एजेन्सी - सन् २००८ को वित्तीय सङ्कटसँग जुध्न महत्वपूर्ण भूमिका निर्वाह गरेका फेडरल रिजर्भका पूर्व प्रमुख बेन बर्नान्कीसहित तीन अमेरिकी अर्थशास्त्रीलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दिने घोषणा गरिएको छ । डग्लस डायमन्ड र फिलिप डिबभिगसँगै बर्नान्कीलाई ‘विशेष गरी वित्तीय संकटको समयमा अर्थतन्त्रमा बैंकहरूको भूमिकाका साथै वित्तीय बजारलाई कसरी नियमन गर्ने भन्ने आम बुझाइमा उल्लेखनीय सुधार गरेकोमा’...
-
२०७९ आश्विन १, शनिबार
चाडपर्व नजिकिएसँगै मूल्य वृद्धि
काठमाडौं - चाडपर्व नजिकिएसँगै बजारमा अत्यावश्यक सामग्रीको मूल्य बढ्न थालेको छ । जसले गर्दा आम सर्वसाधरणलाई दैनिकी चलाउन कठिन भएको छ । चाडबाडलाई लक्षित गर्दै व्यवसायीहरुले दैनिक प्रयोग हुने दाल, चामल, तेल, चिनी, तरकारी र फलफुलको मूल्य बढाएका छन् । पेट्रोलियम पदार्थको मूल्य वृद्धिलाई देखाउँदै व्यवसायीले भाउ बढाउन थालेका हुन् । यतिकै त आकाशीएको बजार भाउ चाडपर्व नजिकिएसँगै झनै बढेको छ । चाडपर्व...


