STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सुन ताेलाकाे एक लाख पाँच सय

Janjati Khabar – Janjati Khabar | २०७९ मङ्सिर २५, आइतबार

काठमाडौं- नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार नेपाली बजारमा आइतबार छापावाल सुनको मूल्य २०० रुपैयाँले बढेको छ । जसअनुसार छापावाल सुन प्रतितोला एक लाख पाँच सय रुपैयाँ पुगेको हो ।

गत शुक्रबार दिन तोला एक लाख तीन सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार तेजाबी सुनको मूल्य प्रतितोला एक लाखमा कारोबार भइरहेको छ । गत शुक्रबार यसको मूल्य तोला ९९ हजार आठ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको मूल्य तोला १० रुपैयाँले बढेको छ । जसअनुसार प्रतितोला एक हजार चार सय पुगेको महासंघले जनाएको छ । शनिबार भने चाँदीको मूल्य  १३ सय ९० रुपैयाँमा बारोबार भएको थियो ।

Categorized in बिजनेस