शिक्षा
-
२०८२ भाद्र २४, मंगलबार
भदौ २४, २५ र २६ गते हुने स्नतक तहका परीक्षा स्थगित
काठमाडौं - त्रिभुवन विश्वविद्यालयले यही भदौ २४, २५ र २६ का लागि तय गरिएका स्नतक तहका परीक्षा स्थगित गरेको छ। त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुका अनुसार २२ गतेदेखि सञ्चालित ४ वर्षे स्नातक तह दोस्रो वर्ष (आंशिक तथा मौका) परीक्षामध्ये उक्त दिन बिहान ७ देखि १० सम्म र दिउँसो १२ देखि ३ बजेसम्म सञ्चालन हुने परीक्षा स्थगित गरिएको हो। त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको सोमबारको बैठकले देशमा...
-
२०८२ श्रावण २७, मंगलबार
“उच्च शिक्षा लिनेहरु प्रोत्साहन गर्न कलेजले ४० र नगरपालिकाले ६० % रकम दिने गरेको छ : शिक्षक नारायण महर्जन
“कलेजलाई जग्गा नदिएको भए यो पोखरी कै रुपमा हुने थिएन होला” – शिक्षक नारायण महर्जन कीर्तिपुर\हाल कीर्तिपुर नगरीमा चर्चा परिचर्चाको विषय भइरहेको छ, शहीद स्मारक कलेज र कलेजको नयाँ भवनमा मिठाई पसललाई सटर भाडामा दिइएको विषय । सामाजिक संजालमा पनि यसरी कलेजले आफ्नो नयाँ भवनमा मिठाई पसललाई सटर भाडामा दिएको विषयमा विभिन्न प्रतिक्रियाहरु आइरहेका छन् । कीर्तिपुर नगरपालिका १० वडा नयाँबजार क्षेत्रमा अवस्थित...
-
२०८२ श्रावण १, बिहिबार
कामनपाको छात्रवृत्ति प्रवेश परीक्षाका लागि १६ हजार विद्यार्थी छनोट
काठमाडौं - काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि आयोजित प्रवेश परीक्षाका लागि १६ हजार १३७ विद्यार्थी छनोट भएका छन् । ७७ जिल्लाबाट प्राप्त १७ हजार २२९ आवेदनमध्येबाट यी विद्यार्थी छनोट भएका हुन् । पहिचान खुल्ने नागरिकता वा जन्मदर्ता, सार्वजनिक विद्यालयबाट अध्ययन गरेको भए सो को प्रमाण, संस्थागत विद्यालयमा...
-
२०८२ जेठ १६, शुक्रबार
एसइई प्रदेशबाट सञ्चालन गर्ने सरकारकाे घोषणा
काठमाडौँ - सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) प्रदेशबाट सञ्चालन गर्ने घोषणा गरेको छ । बिहीबार उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै एसइई प्रदेशबाट सञ्चालन गर्ने घोषणा गरेका हुन् । यसअघि राष्ट्रिय परीक्षा बोर्डमार्फत परीक्षा सञ्चालन हुँदै आएको छ । बोर्डले परीक्षाको लागि प्रश्न पत्र तयार पार्ने र नतिजा सञ्चालनको काम गर्दै आएको छ ।...
-
२०८२ जेठ ५, सोमबार
विद्यालय शिक्षा विधेयक : सहमति एकातिर, विधेयक अर्कातिर
काठमाडौँ - विद्यालय शिक्षा विधेयकमाथिको प्रतिवेदनमा सरकारले विगतमा गरेका सहमति नआएका भन्दै शिक्षकहरूले त्यसलाई प्रतिगमन भएको बताएका छन् । संसद्को शिक्षा समितिअन्तर्गत उपसमितिले आइतबार उक्त विधेयकमाथिको प्रतिवेदन समितिलाई बुझाएसँगै असन्तुष्टि बढ्न थालेको हो । सरकार र नेपाल शिक्षक महासंघबिच २०७५, २०७८, २०८० र २०८२ साल गरी चार पटक सहमति भएको थियो । शिक्षण पेसालाई आकर्षित र मर्यादित बनाउन शिक्षक तथा...
-
२०८२ जेठ ४, आइतबार
पेट्सान कीर्तिपुरको वार्षिक सभा सम्पन्न
सार्वजनिक शैक्षिक गुठी विद्यालय संघ, नेपाल (Public Educational Trust School's Association Nepal, PETSAN) को दक्षिण भेगीय संघको प्रथम वार्षिक सभा सिन्धुपाल्चोक अवस्थित भोटेकोशी बिच रिसोर्टमा बैशाख २८ गते, सोमबार सम्पन्न भयो । कीर्तिपुरकै विद्यालयहरू हिलटाउन मा.वि.का तात्कालीन प्रधानाध्यापक रमेश महर्जन र पाँगा मा.वि.का तात्कालीन प्रधानाध्यापक रमेशमान महर्जनको अगुवाईमा नेपालकै सार्वजनिक शैक्षिक...
-
२०८२ जेठ ४, आइतबार
चाइनिज भाषा अध्ययनरत कीर्तिपुरको हिलटाउन स्कूलका विद्यार्थीहरुलाई सफलता
हिलटाउन माध्यमिक विद्यालयले विगत चार वर्षदेखि विद्यार्थीहरूलाई निःशुल्क रुपमा चाइनिज भाषा सिक्ने अवसर प्रदान गर्दै आइरहेको छ । विद्यार्थीहरूले चाइनिज भाषा, कला सँस्कृतिसँग सम्बन्धित विविध कृयाकलापमा सक्रिय सहभागिता पनि जनाउँदै आइरहेको छ । यसै क्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरू स्मृति साम्बाहाम्फे लिम्बु (कक्षा ९), मिसन कार्की (कक्षा ७), सजना तामाङ (कक्षा ८) र रिजु श्रेष्ठ (कक्षा ७) ले यही...
-
२०८२ बैशाख ९, मंगलबार
ब्राजिलका विश्वकप विजेता फुटबलर रोबर्टो कार्लोस नेपालमा नेपाली ब्राजिलियन फ्यानलाई दिए धन्यवाद
ब्राजिलका लिजेन्ड फुटबलर रोबर्टो कार्लोस नेपाल आइपुगेका छन्। उनी मंगलबार बिहान नेपाल आइपुगेका हुन्। नेपाल सुपर लिगको निमन्त्रणामा उनी नेपाल आइपुगेका हुन्। मंगलबार बिहान त्रिभुवन विमानस्थलमा अवतरण गरेका कार्लोसले बेलुका फ्यानहरूसँग गाला डिनर गर्नेछन्। यस्तै उनी बुधबार दशरथ रंगशालामा जानेछन्। त्यहाँ उनले नेपाल सुपर लिगको दोस्रो क्वालिफायरको खेल अन्तर्गत पोखरा र धनगढी बीचको खेल हेर्नेछन्। उनी...
-
२०८२ बैशाख ९, मंगलबार
कक्षा–१२ को परीक्षा नसर्ने : बोर्ड
काठमाडौं - कक्षा–१२ को परीक्षा नसर्ने भएको छ । यही वैशाख ११ गतेदेखि परीक्षा मिति तय छ । आज (वैशाख ९) बिहान बसेको राष्ट्रिय परीक्षा बोर्ड बैठकबाट पूर्वनिर्धारित मितिमा परीक्षा गराउने निर्णय गरिएको हो । “परीक्षा नसर्ने, परीक्षा नियमित हुने, नेपाल सरकारले सहयोग गर्ने निर्णय भयो,” परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले भने । शिक्षक आन्दोलनका कारण परीक्षा गर्न सकिने/नसकिने भन्ने विषयमा छलफल गर्न बैठक...
-
२०८१ चैत्र २९, शुक्रबार
गण्डकी विश्वविद्यालयको कुलपतिमा तिवारी नियुक्त
काठमाडौं - गण्डकी विश्वविद्यालयको कुलपतिमा इन्द्रप्रसाद तिवारी नियुक्त भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई ५ वर्षका लागि कुलपति नियुक्त गरेका हुन् । सिफारिस समितिले उनीसहित ३ जनाको नाम सिफारिस गरेको थियो । उनीसहित प्राडा विश्वकल्याण पराजुली र प्राडा सरोज कोइरालाको नाम सिफारिसमा परेको थियो । मुख्यमन्त्री पाण्डेले तिवारीलाई रोजेका हुन् । उनी पोखरा विश्वविद्यालय स्कुल अफ सोसल...
-
२०८१ चैत्र २९, शुक्रबार
काठमाडौँ महानगरले प्रकाशन गर्यो कक्षा ८ को अन्तिम नतिजा
काठमाडौँ - काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले शुक्रबार आधारभूत तह कक्षा ८ को अन्तिम परीक्षाको नतिजा प्रकाशन गरेको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धर, सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झासहितको वैठकमा परीक्षा समितिले नतिजाको विश्लेषण गर्दै नतिजा प्रकाशन गरेको हो । त्यस अवसरमा परीक्षा समितिका संयोजक केशव ज्ञवालीले नतिजा सम्बन्धी प्रस्तुतिकरण गर्नुभएको थियो । ज्ञवालीका अनुसार ३...
-
२०८१ चैत्र १२, मंगलबार
शिक्षकले ५ महिनादेखि तलब नपाएपछि महासंघले दियो चैत १८ सम्मको अल्टिमेटम
काठमाडौं - काठमाडौं महानगरपालिका अन्तर्गत रहेका सबै सामुदायिक विद्यालयका शिक्षकले ५ महिनादेखि तलब नपाएको पाइएको छ । महानगरपालिकावाट सामुदायिक विद्यालयमा निकासा हुनुपर्ने शिक्षक कर्मचारीका तलबलगायत अन्य प्रशासनिक तथा शैक्षिक गतिविधिका लागि अत्यावश्यक रकमको भुक्तानी विगत केही महिनादेखि रोकिएकाले ५ महिनादेखि शिक्षकले तलब नपाएको नेपाल शिक्षक महासंघ महानगर समितिले जनाएको हो । महासंघले महानगरपालिकाबाट...


