STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

शिक्षा

  • २०७९ श्रावण १३, शुक्रबार

    एसइईको ग्रेडमा चित्त नबुझे पुनर्योग गर्नसकिने

    काठमाडौं - परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७८ को परीक्षामा प्राप्ताङ्क (ग्रेड) मा चित्त नबुझे पुनर्योग गर्न सक्ने सुविधा उपलब्ध गराएको छ । २०७८ सालको साधारण तथा प्राविधिक धारतर्फ नियमित तथा ग्रेडबृद्धि समूहबाट परीक्षामा सम्मिलित भएका परीक्षार्थीले आफूले प्राप्त गरेको ग्रेडमा चित्त नबुझी पुनर्योग गराउन चाहेमा त्यसका लागि निवेदन दिनसक्ने परीक्षा...

  • २०७९ श्रावण १२, बिहिबार

    यस वर्षको एसईईमा तल्लो ग्रेड ल्याउनेको संख्या बढी

    काठमाडौं- यस वर्षको एसइई परीक्षामा माथिल्लो ग्रेड ल्याउनेको भन्दा तल्लो ग्रेड ल्याउनेको संख्या बढी देखिएको छ। यसैगरी यस वर्षको एसइईमा २२ हजार बढी विद्यार्थी परीक्षामा अनुपस्थित रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार २०७५ सालको परीक्षाफलमा भन्दा २०७८ सालको परीक्षाफलमा माथिल्लो ग्रेडको तुलनामा तल्लो ग्रेड ल्याउनेको संख्या बढी देखिन्छ।...

  • २०७९ श्रावण ११, बुधबार

    एसइईकाे नतिजा सार्वजनिक, ९ हजार बढीकाे ४ जिपिए

    काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बुधबार बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको हाे। नतिजा अनुसार नौ हजार ६३३ जनाले ४ जिपिए ल्याएका छन् । परीक्षामा ४ लाख ९५ हजार ७५१ जना सहभागी भएका थिए । परीक्षामा दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४...

  • २०७९ श्रावण ११, बुधबार

    एसईईको नतिजा आज, यसरी हेर्नसकिन्छ नतिजा

    काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा आज सार्वजनिक गर्दैछ । गत वैशाखमा सञ्चालन भएको परीक्षाको नतिजा आज सार्वजनिक हुन लागेको हो ।  कोरोनाका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ गतेदेखि २० गतेसम्म परीक्षा सञ्चालन भएको थियो ।  दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५...

  • २०७९ श्रावण ८, आइतबार

    एसईईकाे रिजल्ट यसै साता

    काठमाडौं - यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा पर्सि साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले एसईई परीक्षाको नतिजा सार्वजनिक गर्न आवश्यक काम भइरहेको जानकारी दिए । उनले प्राविधिकरूपमा कुनै समस्या नआओस् भनेर विद्यार्थीको विवरणहरू रुजु गर्ने कार्यलाई कडाइका साथ निगरानी गरिरहेको बताए । अध्यक्ष डा. शर्माले भने, 'विगतमा नतिजा सार्वजनिक भएपछि...

  • २०७९ आषाढ ३०, बिहिबार

    हुबहु प्रश्नपत्र बनाउने चार शिक्षकलाई कारबाही

    काठमाडौं - त्रिभुवन विश्वविद्यालयले प्रश्नपत्रमा लापर्बाही गर्ने चार शिक्षकलाई कारबाही गरेको छ । त्रिवि कार्यकारी परिषद्को बैठकले प्रश्नपत्र हुबहु बनाउने शिक्षकलाई तीन वर्षसम्म त्रिविअन्तर्गतका कुनै पनि क्याम्पसमा पढाउन नपाउने र तीन वर्षसम्म कुनै पनि परीक्षामा संलग्न नगराउने गरी कारबाही गरिएको त्रिविद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । त्रिविले बीबीए छैटौँ सेमेष्टरअन्तर्गत असार २२ गते भएको ‘...

  • २०७९ आषाढ २०, सोमबार

    जनक शिक्षा सामग्री केन्द्रका निर्देशकलाई कालोमोसो

    काठमाडौं - जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिल कुमार झालाई विप्लव नेतृत्वको नेकपाका विद्यार्थी संगठनले कालोमोसो दलेको छ । पाठ्यपुस्तकको कृतिम अभाव गराएको तथा भ्रष्टाचार गरेको आरोप लगाउँदै विप्लवका विद्यार्थीहरुले शुक्रबार कालोमोसो दलेका हुन् । संगठनका महासचिव ललित बिश्वकर्माले विभिन्न ६ बुँदे आरोपसहित कालोमोसो दलिएको बताए । उनका अनुसार देशैभरि सरकारी विद्यालयहरुमा पाठयपुस्तकको चरम...

  • २०७९ आषाढ ७, मंगलबार

    शिक्षासेवी जयपृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषणा

    काठमाडौँ - सरकारले शिक्षासेवी जयपृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गरेको छ । यससँगै हालसम्म घोषित राष्ट्रिय विभूतिको संख्या १८ पुगेको छ । सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मंगलबार उक्त कुराको जानकारी दिएका हुन् । सोमबारको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै मन्त्री कार्कीले नेपालको शिक्षा क्षेत्रको विकासमा दिएको महत्वपूर्ण योगदानका लागि सिंहलाई...

  • २०७९ आषाढ ७, मंगलबार

    एसइईको नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी

    काठमाडाैँ - राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । यसका लागि बोर्डले तीव्रताका साथ आवश्यक काम गरिरहेको जनाएको छ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले यसपटक एसइईको नतिजा समयमै सार्वजनिक गर्नका लागि आवश्यक कार्य तीव्ररूपमा भइरहेको जानकारी दिँदै प्राविधिकरूपमा समस्या नआए असार ३२ गतेभित्र नतिजा सार्वजनिक गर्ने गरी...

  • २०७९ जेठ २६, बिहिबार

    सांसदको प्रश्न : जेठो शिक्षण संस्थामा तालाबन्दी किन ?

    काठमाडौँ - मुलुकको शैक्षिक केन्द्रका रूपमा स्थापित त्रिभुवन विश्वविद्यालय । यो देशको जेठो विश्वविद्यालय पनि हो । तर यही विश्वविद्यालयमा विभिन्न बहानामा तालाबन्दी हुन्छ ।  शैक्षिक क्रियाकलापभन्दा अन्य क्रियाकलाप नै बढी हुने गरेको छ । कहिले विद्यार्थी संगठनले, कहिले प्राध्यापकसँग जोडिएका सङ्घ–संस्थाले विश्वविद्यालयमा तालाबन्दी गर्दा सबै शैक्षिक क्रियाकलापसमेत प्रभावित हुने गरेको छ । सरोकारवाला...

  • २०७९ जेठ २६, बिहिबार

    हुबहु प्रश्नपत्र दोहोरिएपछि त्रिविद्वारा छानबिन समिति गठन

    काठमाडौँ - त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षामा सोधिने प्रश्नपत्रमा पटक-पटक लापरबाही देखिएपछि छानबिन गरिने भएको छ । त्रिविले अहिले सञ्चालन गरिरहेको स्नातकोत्तर तह मानविकी तथा समाजशास्त्र सङ्कायको परीक्षाका दुईवटा विषयको प्रश्नपत्रमा हुबहु देखिएपछि छानबिनको प्रक्रिया अगाडि बढाइएको हो । मानविकी सङ्कायले जेठ १८ गते स्नातकोत्तर तह तेस्रो सेमेष्टरको अर्थशास्त्र विषयअन्तर्गत ‘पब्लिक इकोनोमिक्स’...

  • २०७९ जेठ २१, शनिबार

    त्रिविमा फोडेको ताला पुनः लगाइयो

    त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा १३२ दिनपछि फोडिएको ताला पुनः लगाइएको छ । त्रिविका उपकुलपति, रजिष्ट्रार र शिक्षाध्यक्षको कार्यकक्षमा १३२ दिनसम्म लागेको ताला फोडेको अर्को दिन पुनः बिहीबारदेखि लगाइएको छ । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले विभिन्न माग राख्दै गत माघ ७ गतेदेखि ताला लगाएका थियो । यस्तै आंशिक शिक्षकले पनि उपकुलपति, रजिष्ट्रार र शिक्षाध्यक्षको कार्यकक्षमा आफूहरुलाई दैनिक ज्यालादारीबाट...

Pages