शिक्षा
-
२०७९ आषाढ ३०, बिहिबार
हुबहु प्रश्नपत्र बनाउने चार शिक्षकलाई कारबाही
काठमाडौं - त्रिभुवन विश्वविद्यालयले प्रश्नपत्रमा लापर्बाही गर्ने चार शिक्षकलाई कारबाही गरेको छ । त्रिवि कार्यकारी परिषद्को बैठकले प्रश्नपत्र हुबहु बनाउने शिक्षकलाई तीन वर्षसम्म त्रिविअन्तर्गतका कुनै पनि क्याम्पसमा पढाउन नपाउने र तीन वर्षसम्म कुनै पनि परीक्षामा संलग्न नगराउने गरी कारबाही गरिएको त्रिविद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । त्रिविले बीबीए छैटौँ सेमेष्टरअन्तर्गत असार २२ गते भएको ‘...
-
२०७९ आषाढ २०, सोमबार
जनक शिक्षा सामग्री केन्द्रका निर्देशकलाई कालोमोसो
काठमाडौं - जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिल कुमार झालाई विप्लव नेतृत्वको नेकपाका विद्यार्थी संगठनले कालोमोसो दलेको छ । पाठ्यपुस्तकको कृतिम अभाव गराएको तथा भ्रष्टाचार गरेको आरोप लगाउँदै विप्लवका विद्यार्थीहरुले शुक्रबार कालोमोसो दलेका हुन् । संगठनका महासचिव ललित बिश्वकर्माले विभिन्न ६ बुँदे आरोपसहित कालोमोसो दलिएको बताए । उनका अनुसार देशैभरि सरकारी विद्यालयहरुमा पाठयपुस्तकको चरम...
-
२०७९ आषाढ ७, मंगलबार
शिक्षासेवी जयपृथ्वीबहादुर सिंह राष्ट्रिय विभूति घोषणा
काठमाडौँ - सरकारले शिक्षासेवी जयपृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गरेको छ । यससँगै हालसम्म घोषित राष्ट्रिय विभूतिको संख्या १८ पुगेको छ । सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मंगलबार उक्त कुराको जानकारी दिएका हुन् । सोमबारको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै मन्त्री कार्कीले नेपालको शिक्षा क्षेत्रको विकासमा दिएको महत्वपूर्ण योगदानका लागि सिंहलाई...
-
२०७९ आषाढ ७, मंगलबार
एसइईको नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी
काठमाडाैँ - राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । यसका लागि बोर्डले तीव्रताका साथ आवश्यक काम गरिरहेको जनाएको छ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले यसपटक एसइईको नतिजा समयमै सार्वजनिक गर्नका लागि आवश्यक कार्य तीव्ररूपमा भइरहेको जानकारी दिँदै प्राविधिकरूपमा समस्या नआए असार ३२ गतेभित्र नतिजा सार्वजनिक गर्ने गरी...
-
२०७९ जेठ २६, बिहिबार
सांसदको प्रश्न : जेठो शिक्षण संस्थामा तालाबन्दी किन ?
काठमाडौँ - मुलुकको शैक्षिक केन्द्रका रूपमा स्थापित त्रिभुवन विश्वविद्यालय । यो देशको जेठो विश्वविद्यालय पनि हो । तर यही विश्वविद्यालयमा विभिन्न बहानामा तालाबन्दी हुन्छ । शैक्षिक क्रियाकलापभन्दा अन्य क्रियाकलाप नै बढी हुने गरेको छ । कहिले विद्यार्थी संगठनले, कहिले प्राध्यापकसँग जोडिएका सङ्घ–संस्थाले विश्वविद्यालयमा तालाबन्दी गर्दा सबै शैक्षिक क्रियाकलापसमेत प्रभावित हुने गरेको छ । सरोकारवाला...
-
२०७९ जेठ २६, बिहिबार
हुबहु प्रश्नपत्र दोहोरिएपछि त्रिविद्वारा छानबिन समिति गठन
काठमाडौँ - त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षामा सोधिने प्रश्नपत्रमा पटक-पटक लापरबाही देखिएपछि छानबिन गरिने भएको छ । त्रिविले अहिले सञ्चालन गरिरहेको स्नातकोत्तर तह मानविकी तथा समाजशास्त्र सङ्कायको परीक्षाका दुईवटा विषयको प्रश्नपत्रमा हुबहु देखिएपछि छानबिनको प्रक्रिया अगाडि बढाइएको हो । मानविकी सङ्कायले जेठ १८ गते स्नातकोत्तर तह तेस्रो सेमेष्टरको अर्थशास्त्र विषयअन्तर्गत ‘पब्लिक इकोनोमिक्स’...
-
२०७९ जेठ २१, शनिबार
त्रिविमा फोडेको ताला पुनः लगाइयो
त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा १३२ दिनपछि फोडिएको ताला पुनः लगाइएको छ । त्रिविका उपकुलपति, रजिष्ट्रार र शिक्षाध्यक्षको कार्यकक्षमा १३२ दिनसम्म लागेको ताला फोडेको अर्को दिन पुनः बिहीबारदेखि लगाइएको छ । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले विभिन्न माग राख्दै गत माघ ७ गतेदेखि ताला लगाएका थियो । यस्तै आंशिक शिक्षकले पनि उपकुलपति, रजिष्ट्रार र शिक्षाध्यक्षको कार्यकक्षमा आफूहरुलाई दैनिक ज्यालादारीबाट...
-
२०७९ जेठ २०, शुक्रबार
परीक्षार्थी र अभिभावकलाई विज्ञहरुको परामर्श
एसईई परिक्षा दिएर बसेका काठमाडौंका ज्यापु समदुायका युवाहरु र अभिभावकहरुलाई शैक्षिक र अभिभावकत्व परामर्श कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार ज्यापु महागुथि नेपाः काठमाडौं महानगर समितिबाट आयोजित कार्यक्रममा विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिनुका साथै अभिभावकहरुलाई कुशल अभिभावकत्वबारे परामर्श दिइएको थियो । कार्यक्रममा शैक्षिक परामर्शदाता इन्द्र गुरुङ र राजेश्वरी श्रेष्ठ गुरुङले विद्यार्थी र...
-
२०७९ जेठ १८, बुधबार
आंशिक प्राध्यापकले त्रिविमा लगाएको ताला क्रान्तिकारीले तोड्यो
काठमाडौं - त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा पाँच महिनादेखि लगाएको ताला नेकपा (क्रान्तिकारी)ले तोडेका छ । सत्तारुढ दल नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) र आंशिक प्राध्यापकले लगाएको ताला नेकपा (क्रान्तिकारी)ले तोडेको हो । त्रिवि केन्द्रीय कार्यालय कीर्तिपुरमा माघ ७ गते र आंशिक प्राध्यापक संघर्ष समितिले माघ २२ मा लगाएको ताला आज (बुधबार) नेपाल कम्प्युनिस्ट पार्टी (क्रान्तिकारी)ले...
-
२०७९ जेठ १०, मंगलबार
छात्रामाथि शिक्षककाे दुर्व्यवहारविरूद्ध चाबहिलकाे सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दाेलित
काठमाडौं - चाबहिलमा रहेको सेन्ट लरेन्स कलेजमा शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन् । कलेजका संयोजकसमेत रहेका सामाजिक विषय पढाउने शिक्षक जनार्दन अधिकारीले केही समययता ११ र १२ कक्षामा पढ्ने छात्रालाई दुर्व्यवहार गरेको आरोप लागेको छ । पटकपटक कलेज व्यवस्थापनलाई यसबारेमा जानकारी दिँदा पनि सुनुवाइ नभएको भन्दै विद्यार्थी आन्दोलित भएका हुन् । मंगलबार बिहान कलेज परिसरमा...
-
२०७९ जेठ १, आइतबार
त्रिविले आइतबार बिदा नदिने
काठमाडौं - त्रिभुवन विश्वविद्यालयले शैक्षिक संस्थाहरुमा पनि शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय कार्यान्वयन नगर्ने भएको छ । कोभिडका असरका कारणले शैक्षिक पात्रो ढिलो भएको र पठनपाठन र परीक्षाका तालिकाहरू पहिले नै निर्धारण भइसकेको लगायत कारण देखाउँदै हप्तामा दुई दिन बिदा नदिने त्रिविले बताएको हो । विश्वविद्यालयले आज एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मको लागि साबिकबमोजिम नै आइतबार समेत...
-
२०७९ बैशाख २८, बुधबार
विद्यालयमा पनि जेठदेखि दुई दिन विदा हुने
काठमाडौं - जेठ १ देखि शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय शैक्षिक संस्थामा पनि कार्यान्वयन हुने भएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालय दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ। मन्त्रालयका प्रवक्ता दीपक शर्माले वार्षिक विदा कटौति गरेर हप्तामा दुई दिन विदा दिने निर्णय भएको बताए। ‘आइतबार पनि विदा गर्दा नपुग हुने समयमा शुक्रबार तीन घण्टा थप पढाउनुपर्ने हुन्छ। नपुग...


