STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

छात्रामाथि शिक्षककाे दुर्व्यवहारविरूद्ध चाबहिलकाे सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दाेलित

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ १०, मंगलबार

काठमाडौं - चाबहिलमा रहेको सेन्ट लरेन्स कलेजमा शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन् ।

कलेजका संयोजकसमेत रहेका सामाजिक विषय पढाउने शिक्षक जनार्दन अधिकारीले केही समययता ११ र १२ कक्षामा पढ्ने छात्रालाई दुर्व्यवहार गरेको आरोप लागेको छ ।

पटकपटक कलेज व्यवस्थापनलाई यसबारेमा जानकारी दिँदा पनि सुनुवाइ नभएको भन्दै विद्यार्थी आन्दोलित भएका हुन् । मंगलबार बिहान कलेज परिसरमा प्रदर्शनपछि उनीहरू महानगरीय प्रहरी वृत्त गौशालाअगाडि नाराबाजीसहित प्रदर्शनमा उत्रिएका हुन् ।

आक्रोसित विद्यार्थीहरुले गौशलास्थित प्रहरी कार्यालय अगाडि पनि प्रर्दशन गरेका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Categorized in शिक्षा