'मनमा भाको भाग्यमा नभाको’ गीत सार्वजनिक
Janjati Khabar – विजयरत्न असंबरे | २०८३ कार्तिक २३, आइतबार
म्युजिक भिडियो क्षेत्रमा चर्चित कलाकारहरु विनोद रसाइली र अञ्जली अधिकारी अभिनित ‘मनमा भाको भाग्यमा नभाको’ गीत हालै सार्वजनिक भएको छ।
याे गीत ‘मनमा भाको भाग्यमा नभाको’ सरोज लामिछाने युट्युबमा सार्वजनिक भएको छ।
अमर ओलीको निर्देशनमा तयार पारिएको यस गीतको भिडियोमा मोडल विनोद रसाइली, अञ्जली अधिकारी र राज टाइगर (Razz Tiger) को जीवन्त अभिनय देख्न पाइन्छ।
गीतमा सरोज लामिछाने र श्रद्धा रसाइलीको स्वर रहेको छ। गीतका शब्द र संगीत स्वयम् सरोज लामिछानेका हुन्। गीतको संगीत संयोजन (Arrange) राम कृष्ण थापा र सुरेश बानियाँले गरेका छन्।
प्रकाश खड्काको छायांकन, मनोज कार्कीको सम्पादन तथा रङ संयोजन (Edit/Color) रहेको यस भिडियोको नृत्य निर्देशन (Choreography) स्मृती तिमिल्सिना ‘गुरुआमा’ ले गरेकी छन्। भिडियोको पोशाक डिजाइन (Costume) ‘गुरुआमा’ र श्रृंगार (MUAH) सरोज न्यौपानेको रहेको छ।
सदिक्ष्या फिल्म्सको निर्माण (Sadikshya Films Production) मा तयार भएको यो गीत सरोज लामिछाने (Saroj Lamichhane) को आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भयकोछ। साथै गीत स्पोटिफाई (Spotify), भाइबर, टिकटक, एप्पल म्युजिक, आइट्युन्स, सावन, अमेजन म्युजिक, र गाना (Gaana) लगायतका प्रमुख डिजिटल प्लेटफर्महरूमा पनि उपलब्ध हुनेछ।
Categorized in साहित्य-कला

