relans
ni new 83
nib 2082 5

रुसका बिद्रोही सशक्त कवि मिखाइल लोर्मेन्तोभ तथा नेपालका महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती मनाईयाे

Janjati Khabar – विजयरत्न असंबरे | २०८३ कार्तिक २२, शनिबार

नेपाल रुस साहित्य समाज तथा रुसी सदन, काठमाडौँको आयोजनामा रुसका बिद्रोही सशक्त कवि मिखाइल लोर्मेन्तोभको २१२ओैँ तथा नेपालका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ओैँ जन्मजयन्ती सन्दर्भमा  कमलादीस्थित रुसी सदनमा बिहीबार  एक काव्यिक साँझको आयोजना गरिएको छ ।

उक्त काव्य साँझमा कविहरू लक्ष्मी माली, डा.नारायणभक्त श्रेष्ठ, विमला तुम्खेवा, इञ्जिनियर सुशील सिग्देल, स्नेह सायमी, डा. अरूणा उप्रेती, दिलिप श्रेष्ठ, प्रेममान डङ्गोल, जेठा बैरागी, रश्मि रिमाल, विप्लव प्रतीक तथा डा. शशी थापा पण्डितद्वारा कविता वाचन गरिएको थियो ।

उक्त समारोहमा इञ्जिनियर कन्हैया नास्नानीको 'मरिना आज उदास छे' र डा. नारायणभक्त श्रेष्ठकृत 'दुई देश एक आत्मा' लोकार्पण पनि गरिएको थियो ।

 प्रमुख आतिथि नइ एकेडेमीका कुलपति इन्दिरा प्रसाई रहेकाे साे कार्यक्रममा   नेपाल रुस साहित्य समाजका अध्यक्ष तथा समारोहका अध्यक्ष इञ्जिनियर विष्णुबहादुर सिँह, रुसी सदनका प्रमुख अन्स्थासिया खोक्लोभा,  नेरुसासका उपाध्यक्ष इञ्जिनियर चन्द्रकान्त आचार्य, महासचिव इञ्जिनियर रामविन्दु श्रेष्ठले नेपालका महाकवि देवकोटा तथा रुसका विद्रोही सशक्त कवि लेर्मोन्तोभका कविता वाचनका साथै उनीहरूको कृतित्वमाथि प्रकाश पारेका थिए । 

रुसमा अध्ययन गरेका पूर्व विद्यार्थीहरूको बाक्लो उपस्थिति भएको उक्त समारोह निकै गरिमाशालि रूपले सम्पन्न भएको थियो ।

Categorized in साहित्य-कला
ppp 2