स्वास्थ्य-मौसम
-
२०८२ कार्तिक १२, बुधबार
‘मोन्था’ चक्रवात नेपाल प्रवेश गर्दै : कोशी र मधेसमा भारी वर्षाको सम्भावना
काठमाडौं - बंगालको खाडीमा विकसित भएको ‘मोन्था’ नामक समुन्द्री चक्रवात दुई दिनभित्र नेपाल प्रवेश गर्ने जल तथा मौसम विभागले जनाएको छ । हाल भारतको विशाखपटनम क्षेत्रमा रहेको मोन्था चक्रवात क्रमशः भारतको भू-भाग हुँदै नेपालतिर प्रवेश गर्ने क्रममा रहेको जल तथा मौसम विभागका वाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीले जानकारी दिए । यो प्रणालीले समुन्द्री क्षेत्रबाट ठूलो मात्रामा जलवाष्प बोकेर ल्याएकोले...
-
२०८२ कार्तिक १२, बुधबार
हिमपातको जोखिमका कारण अन्नपूर्ण बेसक्याम्प र मनाङ पदयात्रामा रोक
काठमाडौं - जाडोयाम सुरु भएसँगै हिमपातको जोखिम बढेकाले म्याग्दी जिल्ला प्रशासन कार्यालयले पर्यटकीय क्षेत्रहरूमा सतर्कता अपनाउन सूचना जारी गरेको छ। जल तथा मौसम विज्ञान विभागको बुलेटिनअनुसार देशका विभिन्न भू-भागमा कात्तिक १० देखि १२ गतेसम्म सामान्यदेखि हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको छ। म्याग्दी जिल्लाभर आजदेखि पानी परिरहेको र अन्नपूर्ण बेसक्याम्पमा हल्का हिमपात सुरु भइसकेको जिल्ला प्रशासन...
-
२०८२ आषाढ १०, मंगलबार
कोरोनाबाट नेपालमा एक महिलाको मृत्यु, पछिल्लो २४ घण्टामा ८ जना नयाँ सङ्क्रमित थपिए
काठमाडौं - कोरोना भाइरस सङ्क्रमित इलामकी ३९ वर्षीया एक महिलाको नोबेल मेडिकल कलेज, विराटनगरमा उपचारका क्रममा मृत्यु भएको छ । उनको भर्ना भएको दुई घण्टाभित्रै मंगलबार बिहान मृत्यु भएको नोबेल अस्पतालका सूचना अधिकारी नवीन दाहालले जानकारी दिए । ती महिलालाई बिर्ता सिटी अस्पतालमा गरिएको प्रारम्भिक एन्टिजेन परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि गम्भीर अवस्थामा नोबेल अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको...
-
२०८२ आषाढ ८, आइतबार
कीर्तिपुरको मेडिकल क्षेत्र विकासका लागि कीर्तिपुर मेडिकल संघ स्थापना
कीर्तिपुर मेडिकल संघको प्रथम साधारण सभा सम्पन्न कीर्तिपुर/कीर्तिपुर मेडिकल संघको प्रथम साधारण सभा कीर्तिपुर नगरपालिका वडा नं. ९ नगाउँस्थित बाघभैरव ब्यांक्वेटमा असार ७ गते शनिबार सम्पन्न भएको छ । औषधी व्यवस्थापन विभागका महानिर्देशक नारायण प्रसाद ढकालको प्रमुख आतिथ्यमा भएको उक्त साधारणसभामा कीर्तिपुर नगरपालिकाकी उपप्रमुख शुभलक्ष्मी शाक्य सुनिता विशिष्ट अतिथिको रुपमा उपस्थित भएकी थिइन् । अतिथिको...
-
२०८२ जेठ १४, बुधबार
नेपालमा भित्रियो कोरोना भाइरस, सातजना भेटियो संक्रमित
काठमाडौं - पछिल्लो समय भारत र चीन लगायत एसियाली मुलुकमा देखिन थालेको कोरोनाको नयाँ लहर नेपालमा पनि भेटिएको छ । भारतमा पछिल्लो समय समुदायस्तरमा फैलिएको कोरोना भाइरसबाट नेपालमा पनि सातजना संक्रमित भएका छन् । तत्कालको परीक्षण अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट एकजना र धुलिखेल अस्पतालमा ६ जनासहित ७ जनामा संक्रमण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका निर्देशक...
-
२०८२ बैशाख २६, शुक्रबार
डेङ्गु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह
काठमाडौँ - पानी पर्न थालेकाले डेङ्गु सङ्क्रमणको जोखिम बढ्नेसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले जम्मा भएको पानीले डेङ्गी सङ्क्रमण बढाउने खतरा रहेकाले सतर्क रहन आग्रह गरेका हुन् । उनले भने, ‘पानी जम्मा हुँदा त्यसमा डेङ्गु सार्ने लामखुट्टेको विकास हुने गर्दछ...
-
२०८१ चैत्र २९, शुक्रबार
वर्षासँगै काठमाडौँको हावाको गुणस्तरमा सुधार
काठमाडौँ - वर्षासँगै काठमाडौँको हावाको गुणस्तरमा सुधार आएको छ । वायु प्रदूषणको तथ्यांक राख्ने आईक्यू एयरले जारी गरेको सूची अनुसार वर्षासँगै काठमाडौँको हावाको गुणस्तरमा सुधार आएको देखाएको हो । आईक्यू एयरका अनुसार शुक्रबार साँझ काठमाडौंको एक्यूआई ७७ रहेको छ । साढे पाँच बजे सम्मको तथ्यांक अनुसार विश्वको प्रदूषित सहरमा २८ औँ नम्बरमा छ । यसलाई वायु गुणस्तरमा मध्यम मानिन्छ । बिहान काठमाडौँ विश्वकै...
-
२०८१ चैत्र २९, शुक्रबार
पछिल्लो २४ घण्टामा चट्याङबाट ५ जनाको मृत्यु
काठमाडौं - पछिल्लो २४ घण्टामा चट्याङका कारण देशभर ५ जनाको मत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विभिन्न पाँच जिल्लामा ५ जनाले ज्यान गुमाएका हुन् । झापाको गौरादह नगरपालिका–५ स्थित बालुबथानमा ५४ वर्षीय पुरुषको मृत्यु भएको छ । पानीसँगै परेको चट्याङको झड्का लागेर उनको मृत्यु भएको हो । मोरङको कानेपोखरी गाउँपालिका–१ मा १२ वर्षीय बालकको मृत्यु भएको छ ।...
-
२०८१ चैत्र २६, मंगलबार
वायु प्रदूषण न्यूनीकरणका लागि तत्काल कदम चाल्न सरकारको ध्यानाकर्षण
काठमाडौँ - वातावरणसँग सम्बन्धित विभिन्न सङ्घ/संस्थाका प्रतिनिधि र विज्ञहरूले बढ्दो वायु प्रदूषणबारे चिन्ता व्यक्त गरेका छन् । उनीहरुले यो समस्या समाधानका उपाय तत्काल कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाल वातावरण पत्रकार समूह र ग्रामीणमुखी युवा अभियान नेपालले संयुक्त रुपमा आज यहाँ आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरुले प्रदूषण रोकथाममा सरकार र सङ्घसंस्थाबिच सहकार्य र समन्वयमा...
-
२०८१ चैत्र २४, आइतबार
वायु प्रदूषणको अवस्था गम्भीर बन्दै गएपछि नियन्त्रणका लागि आवश्यक कदम चाल्न आह्वान
काठमाडौँ - विगत केही दिनदेखि काठमाडौँ उपत्यकालगायत देशका अन्य भागमा वायु प्रदूषणको अवस्था गम्भीर बन्दै गएको भन्दै त्यसको नियन्त्रणमा तत्काल आवश्यक कदम चाल्न आह्वान गरिएको छ । वातावरणसँग सम्बन्धित विभिन्न संस्थाहरूले आज संयुक्त विज्ञप्तिमार्फत वन क्षेत्रमा लागेको डढेलो नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकायसँग समन्वय र सहकार्य गर्न आग्रह गरेका छन् । नेपाल वातावरण पत्रकार समूहका अध्यक्ष...
-
२०८१ चैत्र २१, बिहिबार
काठमाडौँको प्रदूषण नियन्त्रण गर्न हप्ताको दुई दिन सार्वजनिक बिदा दिन सुझाव
काठमाडौँ - वातावरण प्रदूषणको हालको अवस्थाबारे सहरी विकास मन्त्रालयमा छलफल भएको छ । प्रदूषण बढिरहेका बेला यसलाई कसरी रोक्ने र असर कम गर्ने विषयमा सरोकारवाला र विज्ञहरूसँग कार्यवाहक प्रधानमन्त्री समेत रहेका सहरी विकासमन्त्री प्रकाशमान सिंहले बिहीबार छलफल गरेका हुन् । छलफलमा विज्ञहरूले प्रदूषण कम नहुँदासम्म हप्ताको दुई दिन सार्वजनिक बिदा दिन र जोर–बिजोर गरेर सवारी साधन चलाउन सरकारलाई सुझाव दिएका...
-
२०८१ चैत्र १७, आइतबार
काठमाडौंको तापक्रम ३२ डिग्री पुग्यो
काठमाडौं - काठमाडौंसहित देशभरको तापक्रम विस्तारै बढ्दै छ । कतिपय स्थानको अधिकतम तापक्रम ३० डिग्री सेल्सियसभन्दा माथि पुगिसकेको छ । तापक्रम अझै बढ्ने विगतको तथ्यांक छ । शनिबार (चैत १६) काठमाडौंको अधिकतम तापक्रम ३२.० डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले शनिबार बेलुका सार्वजनिक गरेको देशका २१ स्थानको विवरणमध्ये भैरहवाको...


