STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

स्वास्थ्य-मौसम

  • २०८० बैशाख २०, बुधबार

    आज पहाडी भू–भागमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

    काठमाडौं- हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आँशिक देखि सामान्य बदली रहेको छ, जसका कारण गण्डकी प्रदेशका थोरै स्थान र लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान र अन्य पहाडी पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य...

  • २०८० बैशाख १२, मंगलबार

    सुदूरपश्चिम प्रदेशमा औलोका बिरामीको सङ्ख्या बढ्दो

    कञ्चनपुर - सुदूरपश्चिम प्रदेशमा औलोका बिरामीको सङ्ख्या बढ्दो रूपमा रहेको छ । देशकै सात प्रदेशमध्ये सुदूरपश्चिम प्रदेशमा औलोका बिरामीको सङ्ख्या उच्च रहेको पाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा औलो नियन्त्रण कार्यक्रमका अनुसार सुदूरपश्चिम प्रदेशमा औलोका बिरामीको सङ्ख्या एक सय ८१ रहेको छ । सुदूरपश्चिम प्रदेशपछि लुम्बिनी प्रदेशमा औलोका बिरामीको सङ्ख्या एक सय ५८ रहेको छ । कर्णालीमा ४८,...

  • २०८० बैशाख ४, सोमबार

    कोरोनाबाट फेरि १ को मृत्यु, १०४ जनामा संक्रमण पुष्टि

      काठमाडौं - पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि हुँदा १ जनाको निधन भएको हो । १ हजार ६ सय ३२ नमुनामध्‍ये ५७१ जनाको पीसीआर परीक्षणण गर्दा ६३ जनामा कोरोना देखिएको थियो । यस्तै, १ हजार ६१ जनाको एन्टीजेन परीक्षण गर्दा ४१ जना देखिएको थियो । पीसीआर र एन्टीजेन दुवै परीक्ष गर्दा कूल १०४ जनामा...

  • २०८० बैशाख ३, आइतबार

    वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम

    काठमाडौं– सरकारले वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन कार्यक्रम सञ्चालन गर्ने भएको छ । ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल तथा १२ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आफ्‍ना बालबालिकाहरूलाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत् भिटामिन ए र  जुकाको औषधि खुवाउन...

  • २०७९ चैत्र २८, मंगलबार

    २४ घण्टामा थप १०६ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

    काठमाडौं - पछिल्लो २४ घण्टामा थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २ हजार ४३६ नमुनामध्‍ये ४७६ जनाको पीसीआर परीक्षण गर्दा ७४ जना र १ हजार ९६० जनाको एन्टीजेन परीक्षण गर्दा ३२ जना गरी १०६ जनामा कोरोना संक्रमण देखिएको हो । २४ घण्टाको अवधिमा कोरोनाबाट एक महिलाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । नेपालमा कोरोनाबाट झन्डै तीन...

  • २०७९ चैत्र २०, सोमबार

    थप ७६ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौ -पछिल्लो २४ घण्टामा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १ हजार १ सय ५१ जनामा नमुना परीक्षण गर्दा ७६ जनामा कोरोना संक्रमण देखिएको हो । जसमध्ये ३४५ जनाको पीसीआर परीक्षण गर्दा ४९ जना र ८०६ जनाको परीक्षण गर्दा २७ जना कोरोना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ । थप २४ घण्टामा कोरोनाका १६ जना संक्रमित निको भएर घर फर्किएको पनि...

  • २०७९ चैत्र १३, सोमबार

    कोरोना सङ्क्रमण ह्वात्तै बढ्यो, एकै दिन ६९ जनामा सङ्क्रमण

    काठमाडौं - नेपालमा कोरोना भाइरसको सङ्क्रमण आज ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयाका अनुसार आज एक हजार दुई सय ६६ जनामा गरिएको परीक्षणमा ६९ जनामा सङ्क्रमण देखिएको छ । यसअघि चैत १२ गते १६ जना र चैत ९ गते १७ जनामा देखिएको सङ्क्रमण देखिएको थियो । सङ्क्रमित बढेसँगै सक्रिय सङ्क्रमित पनि बढेको पाइएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले भारतमा...

  • २०७९ चैत्र ९, बिहिबार

    कोरोना सङ्क्रमण फेरि ह्वात्तै बढ्याे, एकै दिन १७ जनामा सङ्क्रमण

    काठमाडौं  - नेपालमा कोरोना भाइरसको सङ्क्रमण आज ह्वात्तै बढेको छ । शून्यमा झरेको सङ्क्रमण आज एकै दिन १७ जनामा देखिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एक हजार चार सय ५४ जनामा गरिएको परीक्षणमा १७ जनामा सङ्क्रमण देखिएको छ । चैत ७ र चैत ८ गते भने शून्य सङ्क्रमित रहेका थिए । चैत ७ गते नौ सय नौ र चैत ८ गते एक हजार तीन सय ८७ जनामा कोरोना परीक्षण गराइएको थियो । सक्रिय सङ्क्रमित पनि...

  • २०७९ चैत्र १, बुधबार

    आज पहाडी स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना

    काठमाडौं -  हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेको छ । पश्चिमी वायुको प्रभावले आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा अपराह्नतिर चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   अहिले गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहेको मौसमविद् बरुण पौडेलले...

  • २०७९ फाल्गुण १४, आइतबार

    काठमाडाैं उपत्यकामा वर्षा

    काठमाडौं - काठमाडाैं उपत्यकामा कालो बादलसहित पानी पर्न थाल्दा दिउँसै अँध्यारो भएको छ। विहान माैसम घमाइलाे भए पनि दिउँसाे एक्कासी माैसममा बदली भएकाे हाे ।पाेखरामा भने दिउँसो १ बजेदेखि असिनासहित ठूलो वर्षा भएको हो।  लामो हिउँदे खडेरीपछि परेको पानीले हिउँदे खेतीलाई केही राहात मिलेकाे छ । तर असिना पानीले गर्दा तोरी, गहुँ, फापर र तरकारीबालीलाई क्षति पुर्‍याएको छ।  असिनाले पोखरा-३० गगनगौडा, पोखरा- ३२...

  • २०७९ माघ २९, आइतबार

    चिकित्सकहरुको सरकारसँग ६ बुँदे सहमति

    काठमाडौं - सरकारसँग ६ बुँदे सहमति भएपछि चिकित्सकहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । यही माघ २७ गते ट्रमा सेन्टरका एक चिकित्सकलाई प्रहरीले घाइते बनाएको विरोधमा नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प गर्ने निर्णय गरेको थियो । लगत्तै आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरकारी प्रतिनिधि र चिकित्सकहरुबीच वार्ता भएको थियो । वार्तामा चिकित्सक कुटिएको घटनाको...

  • २०७९ माघ ८, आइतबार

    सोमबारदेखि देशभर वर्षा हुने

    काठमाडौं - मौसम विज्ञान विभागले आउँदो भोलि सोमबार रातिदेखि पश्चिम नेपालबाट सुरु भएर बिहीबारसम्म काठमाडौंलगायतका क्षेत्रमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । हिमाली भेगमा भने मङ्गलबारपछि एक हप्तासम्म हिमपातको सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले जानकारी दिए। यसैगरी यसपालिको हिउँदमा बितेको ३० वर्ष यताकै सबैभन्दा कम वर्षा भएको जनाएको छ । विभागको तथ्याङ्कअनुसार सन् १९९१ पछि यो...

Pages