STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

विपन्नलाई शैय्या नछुटाउने र नि:शुल्क उपचार नदिलाउने अस्पताल बन्द गरिदिने बालेनकाे चेतावनी

Janjati Khabar – Janjati Khabar | २०८० जेठ १७, बुधबार

काठमाडौं - काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले कुल शैयाको १० प्रतिशत छुट्याई नि:शुल्क उपचार तथा अन्य सुविधाहरु नदिलाउने अस्पतालहरुलाई बन्द गरिदिने चेतावनी दिएका छन् ।

प्रमुख शाहले बुधबार स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतलाई भेटेर प्रचलित स्वास्थ्य सम्बन्धी कानुन अनुसारको स्वास्थ्य सुविधाहरुको विवरण उपलब्ध नगराउने महानगरभित्रका ६८ स्वास्थ्य संस्थाहरुको विवरणसमेत पेश गर्दै कारवाही गर्न आग्रह गरेको जनाएका छन् ।

त्यसपछि उनले सामाजिक संजालमा स्टाटस लेख्दै केन्द्र सरकारले ७ दिन भित्र कारवाही नगरे महानगर आँफैले ती अस्पतालहरुलाई बन्द गरिदिने चेतावनी दिएका हुन् ।

उनले भनेका छन्, ‘उनले भनेका छन्, काठमाडौँ महानगरपालिका क्षेत्र भित्र रहेका अस्पताल लगायत विभिन्न स्वास्थ्य संस्थाहरुले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ एवं प्रचलित स्वास्थ्य सम्बन्धी कानुन अनुसार विपन्न एवं लक्षित वर्गहरुलाई दिनुपर्ने कुल शैयाको १० प्रतिशत छुट्याई निशुल्क उपचार गर्नुपर्ने लगायतका स्वास्थ्य सुविधाहरु उपलब्ध गराउने सम्बन्धमा यस काठमाडौँ महानगरपालिकाबाट मिति २०८०।०२।०६ गते सार्वजनिक सूचना जारी भैसकेको छ । नेपालको संविधान र प्रचलित कानुनले आधारभूत स्वास्थ्य सम्बन्धी मौलिक हक राज्यले प्रत्याभूति गर्नुपर्ने र सो अधिकारको कार्यान्वयन गर्ने दायित्व तीनै तहको सरकारको रहेको छ । स्वास्थ्यमा सर्वसाधारणको पहुँच अभिवृद्घि गर्दै सबैका लागि सर्वसुलभ स्वास्थ्य उपलब्ध गराउने र विद्यमान कानुन अनुसार नागरिकले पाउने स्वास्थ्य सम्बन्धी छुट सुविधाहरु उपलब्ध गराउने तर्फ माननीय मन्त्रीज्यूको ध्यानाकर्षण गराउँदै काठमाडौँ महानगरपालिकाले छुट सुविधा सम्बन्धी विवरण माग गर्दा उपलब्ध नगराउने ६८ स्वास्थ्य संस्थाहरुको संलग्न विवरण अनुसार नियमन र कारबाही गर्न अनुरोध गरेको छौ । यदि मन्त्रीज्युले ७ दिनभित्र उहाँहरुलाई कानुनी दायरामा ल्याउनु भएन भने हामी अस्पताल प्रशासन बन्द गर्न बाध्य हुनेछौ ।’

Categorized in स्वास्थ्य-मौसम