relans
ni new 83
nib 2082 5

नेपाली चलचित्रको बजार विस्तार र प्रचार शैलीबारे बहस सम्पन्न

Janjati Khabar – विजयरत्न असंबरे | २०८३ आश्विन ३०, शुक्रबार

चलचित्र निर्माण गर्नु मात्रै पर्याप्त छैन, त्यसलाई सही दर्शकसम्म पुर्‍याउनु, दर्शकको आकर्षण बढाउनु र प्रभावकारी प्रचार रणनीति अपनाउनु पनि उत्तिकै महत्त्वपूर्ण छ। यही आवश्यकतालाई दृष्टिगत गर्दै चलचित्र पत्रकार संघ नेपालको आयोजनामा ‘चलचित्रको बजार तथा प्रचार शैली’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा चलचित्र निर्देशक तथा निर्माता ज्ञानेन्द्र देउजा , चलचित्र पत्रकार तथा निर्देशक  दीपेन्द्र लामा, निर्देशक, निर्माता तथा अभिनेत्री रेखा थापा र निर्देशक तथा निर्माता रामबाबु गुरुङसँग नेपाली चलचित्रको बजार, प्रचारका बदलिँदा शैली, दर्शकको रुचि र बजार विस्तारका सम्भावनाबारे सार्थक संवाद र बहस कार्यक्रम सहितको अन्तरक्रिया सम्पन्न भएको छ  ।  

चलचित्र पत्रकार संघ नेपालको महासचिव गोपिकृष्ण चापागाईंले  सहजीकरण गरेको छलफलका क्रममा आएका विचार, अनुभव र सुझावले नेपाली चलचित्र क्षेत्रको बजार तथा प्रचार रणनीतिबारे थप बहस गर्न प्रेरित गरेको छ।

नेपाली चलचित्रको विकासका लागि यस्ता संवाद नियमित हुनुपर्छ। समस्या पहिचान गर्ने, नयाँ सम्भावना खोज्ने र चलचित्रकर्मी तथा पत्रकारबीच सहकार्य बढाउने यस्ता कार्यक्रम समग्र चलचित्र क्षेत्रकै हितमा छन् भन्ने कुरा अन्तरक्रियामा सहभागीले भनेका छन्    ।

Categorized in राष्ट्रिय
ppp 2