खेलकुद
-
२०८२ कार्तिक २६, बुधबार
भक्तपुरमा मेयर कप अन्तर क्लब फुट्सल प्रतियोगिता सम्पन्न
भक्तपुरको सूर्यविनायक नगरपालिका नगर खेलकुद विकास समितिद्वारा आयोजना गरिएको मेयर कप अन्तर क्लब फुट्सल प्रतियोगिता–२०८२ भव्य रूपमा सम्पन्न भएको छ। उक्त प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापा रहनुभएको थियो। कार्यक्रममा नगरका विभिन्न वडाका वडा अध्यक्षहरू, नगर खेलकुद विकास समितिका सदस्य सचिव तथा सदस्यहरू, पत्रकार, खेलप्रेमी र स्थानीय युवाहरूको...
-
२०८२ कार्तिक १९, बुधबार
नेपालले यूएईलाई दियो २४० रनको लक्ष्य
काठमाडौं - आइसीसी विश्वकप लिग २ अन्तरगतको खेलमा नेपालले यूएईलाई २४० रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले ९ विकेट क्षतिमा २३९ रन जोड्यो । बलियो स्कोरतर्फ लम्किँदै गर्दा दुईवटा रनआउटले नेपालको गतिमा ब्रेक लगाइदिएको थियो । राम्रो लयमा देखिएका आसिफ शेख र दीपेन्द्रसिंह ऐरी रनआउट भएका थिए । आउट हुनुअघि आसिफले ३४ रन र दीपेन्द्रले ३७ रन जोडेका थिए । नेपालका लागि भीम सार्कीले...
-
२०८२ आश्विन ३०, बिहिबार
नेपाल टी–२० विश्वकपमा छनोट, ओमान ३८ रनबाट पराजित
काठमाडौं - नेपाल र ओमानले २०२६ मा भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेका छन् । ओमानमा जारी एसिया, इस्ट एसिया क्षेत्र विश्वकप छनोट प्रतियोगितामा शीर्ष दुईमा रहने पक्का भएसँगै नेपाल र ओमान विश्वकपमा पुगेका हुन् । नेपाल लगातार दोस्रोपटक र समग्रमा तेस्रोपटक विश्वकपमा पुगेको हो । नेपालले पहिलोपटक सन् २०१४ मा बंगलादेशमा भएको विश्वकप खेलेको थियो । त्यसपछि सन् २०२४ मा अमेरिका र...
-
२०८२ आश्विन २६, आइतबार
यूएईसँगको खेलमा नेपाललाई १ रनको रोमाञ्चक जित
काठमाडौं - आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सअन्तर्गत यूएईसँगको खेलमा १ रनको रोमाञ्चक जित हासिल गरेको छ । नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनायो । यूएईका लागि अलिशान सराफूले अर्धशतकीय पारी खेलेपनि पर्याप्त हुन सकेन । उनले ५८ रन बनाए । ध्रुव पराशरले ३८ रन बनाए । एक समय ८२-१ को बलियो अवस्थामा रहेको यूएईमाथि त्यसपछि नेपालले...
-
२०८२ आश्विन १४, मंगलबार
वेस्ट इन्डिजविरुद्धको शृंखला नेपाललाई, नेपाली क्रिकेटकै ऐतिहासिक जित
काठमाडौं - लगातार दोस्रो जितसंगै नेपालले वेस्ट इन्डिजसँगको ऐतिहासिक टी-२०आई सिरिजको उपाधी जितेको छ । दोस्रो खेलमा वेस्ट इन्डिजलाई हराउँदै नेपालले ३ खेलको टी-२०आई सिरिज आफ्नो पक्षमा पारेको हो । नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिज १७ ओभर १ बलमा ८३ रनमा समेटियो ।नेपालको जितमा आदिल आलमले उत्कृष्ट बलिङ गरे। लामो समयपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका आदिलले पहिलो खेलमै आफूलाई प्रमाणित...
-
२०८२ आश्विन १२, आइतबार
वेस्ट इन्डिजलाई हराउँदै नेपालको ऐतिहासिक जित
काठमाडौं - नेपालले वेस्ट इन्डिजसँगको पहिलो टी-२०आई खेलमा ऐतिहासिक जित निकालेको छ । शनिबार भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराएको हो । नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर १२९ रन मात्र बनाउन सक्यो । नविन विदायसीले सर्वाधिक २२ रन बनाए । अमिर जाङ्गो र किएसी कार्टीले समान १९ रन बनाए । नेपालका लागि कुशल भुर्तेलले ४ ओभरमा १७ रन दिएर २ विकेट लिए।...
-
२०८२ श्रावण २६, सोमबार
हिलटाउन स्कूलमा धावक बैकुण्ठ मानन्धरसंग साक्षात्कार र सम्मान कार्यक्रम सम्पन्न
कीर्तिपुर/हिलटाउन माध्यमिक विद्यालय बाघभैरवस्थान कीर्तिपुरमा गत शुक्रबार राष्ट्रिय कीर्तिमानी धावक वैकुण्ठ मानन्धरसँग भव्यताका साथ साक्षात्कार कार्यक्रम आयोजना भएको छ । हिलटाउन विद्यालय परिवार, कीर्तिपुर क्षेत्रका खेलकुद प्रेमी महानुभावहरू, बुद्धिजीवीहरू तथा विद्यार्थीहरू उक्त साक्षात्कार कार्यक्रममा सहभागी भएका थिए । साक्षात्कार कार्यक्रममा नेपाली एथ्लेटिक्सका महापुरूष वरिष्ठ धावक बैकुण्ठ...
-
२०८२ श्रावण १९, सोमबार
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रमा उपाधि जितेका खेलाडीहरूलाई सम्मान
काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित मच्छेगाउँमा खेलकुदका विभिन्न विधाका विजेताहरूलाई सम्मान र दीक्षित गरिएको छ । नरहरिपुर शाखा कराते डोजोले चन्द्रागिरिको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रमा उपाधि जितेका खेलाडीहरूलाई सम्मान तथा डोजोमा भएको प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्नेहरूलाई दीक्षित गरिएको हो । सम्मानित हुनेहरु मध्ये क्ल्याप पुल–अपमा गिनिज वल्र्ड रेकर्ड...
-
२०८२ श्रावण ८, बिहिबार
कीर्तिपुर पांगाका यारिस महर्जन पौडी प्रतियोगितामा प्रथम
कीर्तिपुरमा तेस्रो नगरब्यापी खुल्ला पुरुष पौडी प्रतियोगिता सम्पन्न कीर्तिपुर नगरपालिका वडा नं.३ र खासी बजार क्लबको संयुक्त आयोजनामा बुधबार कीर्तिपुर नगरपालिका ३ वडा खासीबजारस्थित भिं पुखूमा ऐतिहासिक गथांमुगः च¥हेको उपलक्ष्यमा तेस्रो नगरब्यापी खुल्ला पुरुष पौडी प्रतियोगिता सम्पन्न भएको छ । उक्त पौडी प्रतियोगितामा कीर्तिपुर नगरपालिका ८ वडा पाँगाका यारीस महर्जन प्रथम भएका छन् भने राकेश श्रेष्ठ...
-
२०८२ जेठ ६, मंगलबार
नेपाल पहिलोपटक महिला विश्वकपको ग्लोबल छनोटमा प्रवेश
काठमाडौं - महिला टी-२० विश्वकपको एसिया छनोटमा युएईलाई पराजित गर्दै नेपाल पहिलोपटक ग्लोबल छनोटमा प्रवेश गरेको छ । आन सुपर ३ अन्तर्गत यूएईसँगको खेल जित्दै नेपालले ग्लोबल छनोटमा स्थान बनाएको हो । नेपालले युएईलाई ५ विकेटले हरायो । यूएईले दिएको ११५ रनको लक्ष् नेपालले १९ ओभर ३ बलमा ५ विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि कप्तान इन्दु बर्माले अविजित ३४ रन बनाइन् । त्यस्तै पूर्वकप्तान रुबिना...
-
२०८१ चैत्र २५, सोमबार
ताम्रकार फुटसल प्रतियोगिता सम्पन्न
खेलकूदको माध्यमबाट समाजमा भाइचाराको अभिवृद्धि गर्न एवं समाजमा सकारात्मक परिवर्तनको उद्देश्यका साथ ताम्रकार समाजले विगत आठ वर्षदेखि नियमित रुपमा गर्दै आइरहेको ताम्रकार फूटसल प्रतियोगिताको छैठौँ संस्करण यसवर्ष यही चैत्र १६ गते शनिबार र २३ गते शनिबारका दिन सानेपा स्थित फिल्ड फूटसल ग्राउण्डमा सम्पन्न भएको छ । सो ताम्रकार फूटसल प्रतियोगिताका विजेता बि.के. सुनचाँदी पसलले छैठौं संस्करणमा पनि विजय हासिल...
-
२०८१ चैत्र २२, शुक्रबार
फुटबल जगतमा अग्रस्थान अोगटेको थ्री स्टार क्लबले स्वर्ण महोत्सव मनाउने
नेपालको ए डिभिजन फुटबल क्लबहरु मध्ये सक्रिय, प्रतिष्ठित र जनमानस चिरपरिचित क्लब थ्री स्टार क्लबले आफ्नो स्थापनाको ५० वर्ष पुरा भएको अवसरमा स्वर्ण महोत्सव मनाउने भएको छ । ललितपुरमा स्थानीय युवाहरुको सक्रियतामा वि.सं. २०३१ सालमा स्थापित थ्री स्टार क्लबको स्थापनाको ५० बर्ष अर्थात स्वर्ण जयन्ती मनाउने क्रममा उत्साहजनक विभिन्न कार्यक्रम आयोजना गरी स्वर्ण जयन्ती समारोह मनाउने सन्दर्भमा जानकारी गराउन...


