STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

खेलकुद

  • २०८० भाद्र ११, सोमबार

    एशिया कप क्रिकेट खेल्न सन्दीप पाकिस्तान उडेे

    काठमाडौँ - क्रिकेटर सन्दीप लामिछानेमाथि यतिखेर समग्र नेपाली क्रिकेट क्षेत्रले आशा-भरोसा गरेको छ । एशिया कप क्रिकेट खेल्नका लागि आजै मात्र सन्दीप पाकिस्तान उडेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार बिहानै पकास्तिानका लागि उडेका उनले त्यहाँ भारत र पाकिस्तानसँग खेल्न पाउनु खुसीको कुरा रहेको बताए । पाकिस्तान उड्नुअघि क्रिकेटर लामिछानेले अहिले नेपाली क्रिकेट टिम लयमा रहेको बताए । उनले...

  • २०८० भाद्र १०, आइतबार

    दोलखामा पहिरोले चार घर बगायो

    दोलखा – दोलखाको विगु गाउँपालिका– ३ मा पहिरोले चार वटा घर बगाएको छ। शनिबार राति परेको अविरल वर्षासँगै आएको पहिरोले ओलीटारका राजकुमार ओली, कमलप्रसाद ओली, उद्ववप्रसाद ओली र डम्बर प्रसाद ओलीको घर बनाएको दोलखा प्रहरीले जनाएको छ। पहिरो आएपछि स्थानीयले घर छोडेर भागी ज्यान जोगाएका थिए। पहिरोले भैंसीलगायतका चौपायासहित धानखेत पनि पुरेको छ। पहिरोले उत्तरको माथिल्लो तामाकोशी लामाबगर सडक बगाएपछि गौरीशंकर र...

  • २०८० भाद्र ५, मंगलबार

    राष्ट्रपति पौडेलद्वारा क्रिकेट टोलीलाई शुभकामना

    काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले एसिया कप क्रिकेट प्रतियोगितामा भाग लिन पाकिस्तान जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सफलताका लागि शुभकामना दिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित भेटघाटमा उनले सहभागी क्रिकेट खेलाडी, प्रशिक्षकलगायतलाई सफलताको शुभकामना दिएका हुन् । “यही भदौ १३ गतेदेखि पाकिस्तानमा सुरु हुने एसिया कप क्रिकेट प्रतियोगिता खेल्न जान लाग्नुभएकामा नेपाली...

  • २०८० भाद्र ४, सोमबार

    फुटबलर विमल घर्ती मगर विवाह बन्धनमा

    काठमाडौं - फुटबलर विमल घर्तीमगर विवाह बन्धनमा बाँधिएका छन्। लिना प्रधानसँग लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनले काठमाडौंको भद्रकाली मन्दिरमा विवाह गरेका हुन्। एफसी कप छनोट खेलेर भारतबाट केही दिनअघि मात्र फर्किएका विमलले सुटुक्क विवाह गरेका हुन् । विमल र लिनाको परिवारको उपस्थितिमा दुवैले सुटुक्क विवाह गरेका हुन् । पाँच वर्षदेखि उनीहरु प्रेमसम्बन्धमा रहेका थिए । वैदेशिक रोजगारीको शिलशिलामा...

  • २०८० भाद्र ४, सोमबार

    स्पेनले पहिलोपटक जित्यो महिला विश्वकपको उपाधि

    काठमाडौँ - स्पेनले पहिलो पटक महिला फुटबल विश्वकपको उपाधि जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा स्पेनले इङल्याण्डलाई १-० गोल अन्तरले पराजित गर्दै विश्वकपको उपाधि जितेको हो । स्पेनको जितमा खेलको २९औँ मिनेटमा ओल्गा कार्मोनाले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । खेलको ६९औं मिनेटमा स्पेनले पाएको पेनाल्टीलाई इङल्याण्डकी गोलकिपरले बचाएकी थिइन् । यसअघि घरेलु टोली अस्ट्रेलियाविरुद्ध ३–१ को जित...

  • २०८० श्रावण ३१, बुधबार

    एएफसी कप : मछिन्द्र मोहन बगानसँग पराजित

      काठमाडौं - ए डिभिजन क्लब मछिन्द्र एफसी एएफसी कपको छनोट चरणबाटै बाहिरिएको छ । छनोट अन्तर्गत प्रारम्भिक चरणको दोस्रो खेलमा बुधबार भारतको आइएसएल क्लब मोहन बगान सुपर जायन्ट्ससँग ३-१ ले पराजित हुँदै मछिन्द्र बाहिरिएको छ । मोहन बगानको जितमा अनवर अलीले दुई तथा जासोन कमिङ्सले एक गोल गरे । मछिन्द्रका लागि मेसुके ओलोमोउले एक गोल फर्काए । गत साता घरेलु मैदानमा भएको पहिलो खेलमा भुटानको पारोलाई...

  • २०८० श्रावण २९, सोमबार

    एसिया कप खेल्न नेपाली क्रिकेट टिमको घोषणा

    काठमाडौँ - नेपाल क्रिकेट संघले एसिया कप क्रिकेट प्रतियोगिताको लागि सोमबार राष्ट्रिय टोलीको घोषणा गरेको छ । क्यानले रोहित पौडेलको कप्तानीमा १७ सदस्यीय टोलीको घोषणा गरेको हो । घोषित टोलीमा आशिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिस जीसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद र श्याम...

  • २०८० श्रावण २३, मंगलबार

    मछिन्द्र एएफसी कपको दोस्रो चरणमा प्रवेश

      काठमाडौं - एसियाली फुटबल महासंघ (एएफसी) एएफसी कप फुटबल प्रतियोगितामा नेपालको मछिन्द्र क्लबले भुटानको पारो एफसी क्लबलाई पराजित गर्दै प्रतियोगितको दोस्रो चरणमा पुगेको छ।   त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा मछिन्द्र क्लब पारो एफसी क्लबलाई ३-२ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको हो।  सहिद स्मारक ए डिभिजन लिगको उपविजेता बनेको मछिन्द्रले एएफसी कप खेल्ने अवसर...

  • २०८० श्रावण १९, शुक्रबार

    ज्ञानेन्द्र मल्लले लिए क्रिकेटबाट संन्यास

    काठमाडौँ - नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले सन्यासको घोषणा गरेका छन् । ३२ बर्षिय मल्लले शुक्रबार आकष्मिक रुपमा पत्रकार सम्मेलनको आयोजना गर्दै सन्यासको घोषणा गरेका हुन् । सन्यासको घोषणा गर्दै लामो समय देशका लागि खेलेको र अहिले बिदा हुने सहि समय भएको लागेर सन्यास लिएको बताएका छन् । मल्लले नेपालको प्रतिनीधित गर्दै ३७ एकदिवसीय र ४५ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।...

  • २०८० आषाढ २९, शुक्रबार

    नेपाल पाकिस्तान ए सँग पराजित

    काठमाडौं - श्रीलंकामा जारी एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप प्रतियोगितामा पाकिस्तान ए ले नेपाललाई हराएको छ । कोलम्बो क्रिकेट क्लबको मैदानमा भएको खेलमा नेपाल ४ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय ८० रनको लक्ष्य पाकिस्तान ए ले ३२ दशमलब ५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तान ए का लागि तैयव ताहिरले ६७ बलमा चौका र छक्काको सहयोगमा ५१ रनको अर्धशतकीय ईनिङ खेले । कमरान गुलामले २६ बलमा ३१...

  • २०८० आषाढ २४, आइतबार

    इङ्ल्याण्डलाई यू–२१ च्याम्पियनसिपको उपाधि

    काठमाडौं - इङ्ल्याण्डले युरो यू–२१ फुटबल च्याम्पियनसिपको उपाधि जितेको छ । शनिबार राति स्पेनलाई १–० गोल अन्तरले पराजित गर्दै इङ्ल्याण्डले युरोपको उमेर समुहको फुटबल प्रतियोगिताको उपाधि उचालेको हो । इङ्ल्याण्डले लगभग ४० वर्षको समयमा पहिलो पटक यो युरोपेली उपाधि हात पारेको हो । जेम्स ट्राफर्डले अन्तिम मिनेटमा पेनाल्टी जोगाएपछि इङ्ल्याण्डले स्पेनलाई हराएको हो । ट्राफर्ड यसै सिजन म्यानचेस्टर सिटीबाट...

  • २०८० आषाढ १७, आइतबार

    विश्वकप क्रिकेट छनोट प्ले अफ : नेपालले युएईलाई ३ विकेटले हरायाे

    काठमाडौं - आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत प्ले अफ खेलमा नेपालले युएईलाई पराजित गरेको छ । विश्वकप छनोटअन्तर्गत सातौँ स्थानका लागि आज भएको प्ले अफ सेमिफाइनलमा नेपाललले युएईलाई ३ विकेटले हराएको हो । जिम्बाब्वेको हरारेमा भएको खेलमा जितका लागि युएईले दिएको १८२ रनको लक्ष्य नेपालले ४४औँ ओभरमा पूरा गरेको हो । एक समय १०६ रनमा ७ विकेट गुमाई दबाबमा परेको नेपालको पारीलाई दीपेन्द्रसिंह ऐरी र सन्दीप...

Pages