STC 810x100 adv
Swasthya Mantralaya

खेलकुद

  • २०७७ मङ्सिर ३०, मंगलबार

    सन्दीप बिग बास लिग खेल्न अष्ट्रेलिया जाँदै

    काठमाडौं -  नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बिग बास लिग (बीबीएल) क्रिकेट खेल्न आज अष्ट्रेलिया उडेका छन् । उनी तेस्रोपटक बिग बास खेल्न कतार एयरवेजको उडानमार्फत अष्ट्रेलिया गएका हुन् । लामिछाने बुधबार अस्ट्रेलिया पुगेपछि १४ दिनको क्वरेण्टीनमा बस्ने उनका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए । बिग बास भने गएको बिहीबारदेखि नै सुरु भइसकेको छ । क्वरेण्टीनमा बस्नुपर्ने भएकाले लामिछानेले सुरवाती छ...

  • २०७७ मङ्सिर २७, शनिबार

    गौतम बुद्ध कप : बागमतीलाई हराउँदै नारायणीको जित

    चितवन – तीव्र गतिका बलर करण केसीको विष्फोटक ब्याटिङमा नारायणीले गौतम बुद्ध कपमा बागमतीलाई सुपर ओभरमा पराजित गर्दै विजयी सुरुवात गरेको छ । निर्धारित २० ओभरमा दुवै टोलीले समान ११७ रन बनाएपछि खेफ सुपर ओभरमा धकेलिएको थियो, जहाँ पहिले ब्याटिङ गर्दै नारायणीले २५ रन बनाएको थियो । नारायणीका करण केसीले सोमपाल कामीको ओभरमा ४ छक्का प्रहार गरे । जवाफमा बागमतीले २० रन मात्र बनाउन सक्यो । नारयणीका करण नै...

  • २०७७ मङ्सिर २७, शनिबार

    पारस खड्कालाई कोरोना संक्रमण

    काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई कोरोना संक्रमण भएको छ । पारसले शुक्रबार साँझ सामाजिक संजालमार्फत  आफूलाई संक्रमण भएको जानकारी दिएका हुन् । उनले दुई दिनअघि सामान्य लक्षण देखिएपछि टोलीबाट छुट्टिएर बसेकाे बताएका छन् । बिहीबार गन्ध र स्वाद हराएपछि शुक्रबार विहान गरिएको परिक्षणको नतिजा पोजेटिभ आएकाे बताएका छन् । उनी होम आइसोलेसनमा बसेका छन् । क्यानले शुक्रबार...

  • २०७७ मङ्सिर २६, शुक्रबार

    राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकद्वारा राजीनामा

    काठमाडाैँ - नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले आफ्नो पदबाट राजीनामा दिएका छन् ।  उनले गत कात्तिक १ गतेदेखि लागू हुने गरी मुख्य प्रशिक्षकबाट राजीनामा दिएका हुन् । बिहीबार बसेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को बैठकले कालिनको राजीनामा स्वीकृत गरेको प्रवक्ता किरण राईले जानकारी दिए ।  हाललाई बालगोपाल महर्जनलाई निमित्त प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको छ । कालिन सन् २०१९ मार्च...

  • २०७७ मङ्सिर २६, शुक्रबार

    विश्वकप विजेता पाओलो रोसीको निधन

    विश्वकप फुटबल प्रतियोगितामा इटलीलाई विजेता बनाउन नेतृत्व गरेका खेलाडी पाउलो रोसीको निधन भएको छ । उनकी श्रीमती फेडेरिका कपेलेटीले ६४ वर्षको उमेरमा आफ्ना श्रीमान्को निधन भएको बिहीबार पुष्टि गरेकी हुन् । उनले इटलीलाई सन् १९८२ मा भएको विश्वकपको उपाधि दिलाएका थिए । त्यसपछि उनी आफ्नै देशमा फुटबलको कमेन्टेटरका रूपमा क्रियाशील भएका थिए । इटलीमा राज्यद्वारा सञ्चालित रेडियो र टेलिभिजनको संस्था आरएआइमा समेत...

  • २०७७ मङ्सिर २५, बिहिबार

    टि–२० बरियतामा सन्दिप एक स्थान माथि

    काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले जारी गरेको नयाँ टि–२० बरियताअनुसार नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने एक स्थान माथि उक्लिएका छन् । आइसीसीले बुधबार सार्वजनिक गरेको बरियतामा नेपाली खेलाडी लामिछाने बलिङतर्फ एक स्थान उक्लिएर ८०औँ स्थानमा पुगेका छन् । उनले भारतीय खेलाडी रवीन्द्र जडेजालाई पछि पारेका छन् । जडेजा ८१ औँ स्थानमा रहेका छन् । यसअघिको बरियतामा लामिछाने ८१ औँ स्थानमा...

  • २०७७ मङ्सिर २४, बुधबार

    नौ महिनापछि पोखरामा खेलकूद प्रतियोगिता

    कास्की – कोरोना सङ्क्रमण रोकथामका लागि आह्वान गरिएको बन्दाबन्दीपछि पोखरामा पहिलो पटक खेलकूद प्रतियोगिता शुरु भएको छ । कास्की जिल्ला क्रिकेट सङ्घले आसन्न प्रधानमन्त्री कपका लागि खेलाडी छनोट गर्न मङ्गलबारदेखि पोखरा रङ्गशालाको क्रिकेट मैदानमा आयोजना गरेको क्लबस्तरीय छनोट प्रतियोगिता शुरु भएपछि खेलकूद गतिविधि पुनः रङ्गशालामा फर्किएको हो । पोखरामा पछिल्लो पटक फागुनअन्तिम साता राष्ट्रिय तथा...

  • २०७७ मङ्सिर २४, बुधबार

    वर्ल्ड पावर लिफ्टिङ’मा नेपाललाई तीन स्वर्ण र एक रजत पदक

    कास्की – वर्ल्ड पावर लिफ्टिङ च्याम्पियनसीप पुरुष तथा महिला–२०२० प्रतियोगितामा नेपालले तीन स्वर्ण र एक रजत पदक जितेको छ । वर्ल्ड पावर लिफ्टिङ फेडेरेशन तथा एमेच्योर पावर लिफ्टिङ फेडेरेशन इन्डियाको आयोजनामा भारतको अमरावतीमा यही डिसेम्बर ५ देखि ८ सम्म भएको २१औँ संस्करणको प्रतियोगितामा सिनियरतर्फ नेपालका हसन गुरुङले ८२.५ केजीमा स्वर्ण पदक जित्न सफल हुनुभएको हो । यसैगरी जुनियरतर्फ आशिष आलेमगरले ११०...

  • २०७७ मङ्सिर १८, बिहिबार

    एसियाली खेलकुद आयाेजना गर्न कतारले नेपालसँग समर्थन माग्याे

    काठमाडौं – कतार ओलम्पिक कमिटीले २१ औं एसियाली खेलकुद आयोजना कतारमा गर्नका लागि नेपालसँग समर्थन मागेको छ । कतार ओलम्पिक कमिटीका महासचिव जसिम रसिद अलबुनइनको नेतृत्वमा काठमाडौं आएको प्रतिनिधिमण्डलले बिहीबार नेपाल ओलम्पिक कमिटीका पदाधिकारीहरुलाई भेट गरी सन २०३० मा आयोजना हुने २१ औं एसियन खेलकुद कतारमा गर्न समर्थन मागेको हो । कतारले सन् २०३० को एसियन खेलकुद आयोजनाका लागि आफ्नो दाबेदारी प्रस्तुत गर्दैछ...

  • २०७७ मङ्सिर १८, बिहिबार

    कोरोनाका कारण नवौं राष्ट्रिय खेलकुद स्थगित

    काठमाडौं – पोखरामा सञ्चालन हुने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनमा नहुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नवौं राष्ट्रिय खेलकुद आगामी फागुन २० गतेदेखि पोखरामा गर्ने निर्णय गरेको थियो । गण्डकी प्रदेशको राजधानी पोखरामा हुन लागेको नवौं राष्ट्रिय खेलकुदका लागि आवश्यक भौतिक पूर्वाधार अन्र्तगत स्वीमिङ, सुटिङ र हंकिबाहेक अरु खेलका पूर्वाधारहरु निर्माण भइसकेका छन् । स्वीमिङ र...

  • २०७७ मङ्सिर १४, आइतबार

    १३ औँ सागकाे खर्च १ अर्ब ३२ करोड

    काठमाडाैं – राष्ट्रिय खेलकुद् परिषद्ले गतबर्ष सम्पन्न १३ औँ दक्षिण एशियाली खेलकुद (साग) संचालनमा १ अर्ब ३२ करोड खर्च भएको जनाएको छ ।  खेल सकिएको तीन महिनाभित्र आयव्यय सार्वजनिक गर्ने प्रतिबद्धता गरेको परिषद्ले एक बर्षपछि आईतबार खर्च सार्वजनिक गरेको हो । सार्वजनिक विवरण अनुसार, खेल संचालनमा १ अर्ब ३१ करोड ७८ लाख ४३ हजार ६१ रुपैंया खर्च भएको थियो । खेल संचालनका लागि बनाइएका भौतिक पूर्वाधारमा २ अर्ब...

  • २०७७ मङ्सिर १०, बुधबार

    महान फुटबलर म्याराडोनाको निधन

      महान अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको निधन भएको छ । हृदयघातका कारण बुधबार अर्जेन्टिनामा उनको निधन भएको हो । दुई साताअघि साता मात्र अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्स नजिकको अस्पताल ला प्लाटामा मंगलबार म्यारोडोनाको मस्तिष्कको सफल शल्यक्रिया गरिएको थियो ।

Pages