STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपालले अमेरिकालाई ६ विकेटले हरायो

Janjati Khabar – Janjati Khabar | २०८० आषाढ ५, मंगलबार

काठमाडौं - आईसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटअन्तर्गत भएको दोस्रो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको छ ।

मंगलबार जिम्बावेको राजधानी हरारेस्थित ताकासिंगा क्रिकेट क्लबमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको अमेरिकाले जितका लागि दिएको २०८ रनको लक्ष्य ४२.४ ओभरमा ४ विकेट गुमाउँदै नेपालले लक्ष्य पूरा गरेको हो ।

नेपालका तर्फबाट भीम सार्कीले अर्धशतक पूरा गरे । उनले ७७ रन बनाए । यस्तै, दीपेन्द्रसिंह ऐरीले ३९ रन बनाउदा ओपनर कुशल भुर्तेलले पनि ३९ रन जोडे। आसिफ शेखले १२ रन बनाउदा कप्तान रोहित पौडेलले १६ रन बनाए ।

पहिले टस जितेर बलिङ गर्दा नेपालका लागि करण केसीले सर्वाधिक ४ विकेट लिए । यस्तै, गुलशन झाले तीन विकेट, दीपेन्द्रसिंह ऐरीले दुई र ललित राजवंशीले एक विकेट लिन सफल भए ।

Categorized in खेलकुद