विचार
-
२०८२ माघ २७, मंगलबार
निर्वाचनमा मतदाताको जिम्मेवारी र भूमिका
कृष्णहरि बास्कोटा आगामी फागुन २१ ग्ते प्रतिनिधिसभाका सदस्यको निर्वाचन हुँदैछ । नेपालको वर्तमान संविधानको धारा, २४५ र २४६ मा निर्वाचन आयोगको गठन र काम कर्तव्यबारे उल्लेख छ । यो संवैधानिक आयोग हो । यो सरकार मातहतको निकाय नभएर अधिकार सम्पन्न स्वतन्त्र निकाय हो । यसले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्सनीय निर्वाचन गराउँछ । यसर्थ, १८ वर्ष उमेर पुगेका आम मतदाताले निर्वाचन आयोगले सम्पन्न गराउने...
-
२०८२ माघ २७, मंगलबार
चलचित्रकर्मिहरुले सिक्न थाले घाेडा चढ्ने कला
चलचित्र विकास बोर्डले ‘चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष–२०८२ को अवसरमा नेपाली चलचित्र क्षेत्रका कलाकारहरूको सीप विकास गर्ने उद्देश्यसहित एकहप्ते घोडचढी तालिम सुरु भएको हो। ऐतिहासिक, पौराणिक, एक्शन तथा साहसिक चलचित्र निर्माणमा घोडचढीलाई अत्यावश्यक सीपका रूपमा लिइँदै आएको वर्तमान सन्दर्भमा, कलाकार तथा स्टन्ट आर्टिस्टलाई सुरक्षित, अनुशासित तथा व्यावसायिक बनाउने लक्ष्यसहित चलचित्र विकास बोर्डको...
-
२०८२ कार्तिक ८, शनिबार
छठ पर्वको सामाजिक र प्राकृतिक महत्त्व
शीतलप्रसाद महतो श्रद्धा, भक्ति र सम्पूर्ण तराईको साझा सांस्कृतिक प्रतिविम्बको पहिचानको रूपमा मनाइने छठ पर्व आजदेखि धार्मिक परम्पराअनुसार हर्षोल्लासका साथ मनाउँदैछ । सत्य, अहिंसाप्रति मानवको रूचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईवासीहरूको महान चाड हो, छठ पर्व । तराईका सबै जातजातिले साझा रूपमा मनाउने यस पर्वको विशेषता हो । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा...
-
२०८२ भाद्र २७, शुक्रबार
जेन–जी युवा पुस्ताको आन्दोलनबाट देशमा परिवर्तन आएकै हो !
जेन–जी, मात्र समयावधि मात्र हो । नबुझेर कसैले “जेन–जी” लाई पार्टीको रुपमा लिए । जेन–जी युवा पुस्ता अर्थात् जेनेरेशन जेड । सन् १९९७ देखि २०१२ को अवधिमा जन्मिएका युवा पुस्ता । पूर्ण रुपमा डिजिटल युगमा जन्मेका डिजिटल नाटिभ्स । मोबाइल, इन्टरनेट, सामाजिक संजाल नै दैनिक जीवनको हिस्सा । विविधता, समावेशीता तथा सामाजिक न्यायमा बढी सजग पुस्ता । भाद्र २३ गते सोमबार देशभर भएको जेन–जीको प्रदर्शनको मात्र...
-
२०८२ श्रावण १०, शनिबार
समाजवादको नेपाली बाटोः सङ्घीय समाजवाद
राजेन्द्रप्रसाद श्रेष्ठ १. विषयप्रवेश पार्टी नीति तथा कार्यक्रम पार्टीले सार्वजनिकरूपमा घोषणा गरेका आफ्ना लक्ष्यहरूको योग हो, जसको आधारमा पार्टीको चरित्र निरुपण हुन्छ र जनता पार्टीमा गोलबन्द हुन्छ । यो पार्टीले सार्वजनिकरूपमा फहराइरहेको नीति र कार्यक्रमको वैचारिक ध्वजा हो । पार्टी नीति राजकीय तथा सार्वजनिक मामिलामा देशको वस्तुगत परिस्थितिअनुरूप विकसित सैद्धान्तिक निष्कर्ष हो भने कार्यक्रम...
-
२०८१ माघ २, बुधबार
साइकल चलाउन थालेपछि फेरियो जीवन
जानकी , नेपाल प्रहरीको प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० सञ्जीव शर्मालाई गाडी चढ्नभन्दा धेरै साइकल चलाउन मन पर्छ । छ वर्षदेखि उहाँ प्रायः साइकलमा नै आफ्ना दैनिकीलाई चलाउँदै आउनुभएको छ । आफू कार्यरत जिल्लाहरुमा लामो दूरीको यात्राबाहेक उहाँ साइकलमा नै आवतजावत गर्ने गर्नुहुन्छ । सरकारले सेवा सुविधा र सुरक्षाको विषयलाई मध्यनजर गर्दै उपलब्ध गराएको गाडीलाई उहाँले छोटो दूरीमा प्रयोग नगरेको छ वर्ष भएको छ...
-
२०८१ माघ १, मंगलबार
विचारः योग, आरोग्य र समृद्ध
योग एक पूर्ण मनुष्य बन्ने जीवन पद्दति हो । सर्वाङ्गीण स्वास्थ्यको विज्ञान हो । योग प्रत्येक मनुष्यको सबै दुःखबाट मुक्तिको साधन हो । विगत केही वर्षयता विश्वमा योग विज्ञानको प्रभाव र अभ्यास गर्ने व्यक्तिहरूको सङ्ख्यामा निरन्तर वृद्धि भइरहेको छ । पृथ्वीका सबै मनुष्यहरूले अब योग र अध्यात्मको लाभ लिन सक्नुपर्छ । योग साधना हाम्रो प्राचीन सभ्यताको मौलिक उपज हो । योग हाम्रो प्राचीन ज्ञानशास्त्रको...
-
२०८१ मङ्सिर १८, मंगलबार
सङ्घीयतापछि सामुदायिक वन : बहुआयामिक उपयोग गर्नुपर्ने सुझाव
काठमाडौँ, नेपालको संविधानअनुसार सङ्घ, प्रदेश र स्थानीय तहका सरकार निर्माणपछि विभिन्न अधिकारसँगै प्राकृतिक स्रोतसम्बन्धी अधिकार पनि तीनै तहका सरकारमा फरक फरक ढङ्गले निहित भएको छ । अर्काेतिर सर्वसाधारणको जीवनशैलीमा आएको परिवर्तनले पनि वनमाथिको निर्भरतामा केही कमी आएको छ । यस्तो अवस्थामा खासगरी नेपालको सामुदायिक वनको भविष्य के हुने र कता जाने भन्ने सन्दर्भमा विभिन्न बहस हुने गरेका छन् । सामुदायिक...
-
२०८१ मङ्सिर १२, बुधबार
बुढापाकालाई गाउँ रित्तिने चिन्ता
ढोरपाटन बागलुङ, बढ्दो बसाइँसराइका कारण बागलुङका ग्रामीण क्षेत्र सुनसान बन्न थालेका छन् । सुविधा खोज्दै सहरी क्षेत्रमा झर्नेको सङ्ख्या बढेपछि काठेखोला, गलकोट, जैमिनीका बस्तीहरु सुनसान बन्दै गएका हुन् । स्थानीय तहमार्फत गाउँसम्म विकास पुगे पनि अहिले उपभोग गर्ने नागरिक घट्दै गएका छन् । शिक्षा, स्वास्थ्य, यातायात, विद्युत्लगायत विकासका पूर्वाधारले दूरदराज जोडिदै गएपछि धेरैले बजार रोज्न थालेको...
-
२०८१ मङ्सिर ६, बिहिबार
बुढाहाङ सेवामा वढाङमी नाचको रन्को
अरुणै कोशी,तमोरै कोशी बग्दछ सलल, हा है बग्दछ सलल । दिसदिस (देशदेश)को माइती, चारथुम चेली, बेल फोरी बियाँ, भेटघाट इहाँ (यहाँ), निधारको छेरी (आँखीभौँ) सम्झिँदै खेरी, वढाङ्मी मेला, पूर्णेझैँ झलल... यो वढाङ्मी (पापनी) नाचमा गाइन्ने मौलिक गीत हो । धनकुटाको खाल्सा क्षेत्र (हाल शहिदभूमि गाउँपालिका) मा बसोबास गर्ने किरात राई जातिले मनाउने वढाङ्मी पर्वमा नाचिने (पापनी) नाचमा यस्ता गीत गाइन्छ । यतिबेला...
-
२०८१ मङ्सिर ५, बुधबार
शान्ति सन्झौताका १८ वर्षः दमननाथ र पद्मरत्नलाई सम्झँदा
युवराज आचार्यगत मङ्गलबार मध्यराति एउटा इमेल आयो, विद्याधर मल्लिकलाई सम्बोधन र नेपाल शान्ति प्रतिष्ठानसँग आवद्ध अरू आठजनालाई कपि गरेको । हेरेँ शान्ति र द्वन्द्व व्यवस्थापनका विश्व प्रसिद्ध प्राध्यापक जोन पल लेदरकको रैछ, नेपालको शान्ति प्रक्रियाका दुई वरिष्ठ सहजकर्तामध्ये एक दमननाथ ढुङ्गानाको निधनमा दुःख व्यक्त गर्न इमेल लेखेका रहेछन्, जोन पलले । “मलाई फेरि नेपाल भ्रमण गर्न मन छ, तर अब म दुईजना...


