
विज्ञान-प्रविधि
-
२०८१ चैत्र १३, बुधबार
हेलो सरकारको साइट नै ‘ह्याक’ !
काठमाडौं - हेलो सरकारको वेबसाइट नै ह्याक भएको छ । बिहान १० बजेदेखि साइटमा समस्या आएको हेलो सरकारले जनाएको छ । ह्याकरको एक समूहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतकै हेलो सरकारको वेबसाइट ह्याक गर्दै त्यहाँ रहेका डाटा बिक्रीमा राखेको थियो । घुद्रा नामका ह्याकरको समूहले ह्याक गरेर सरकारका सूचना बिक्रीमा राखेको जनाएको थियो । तर अहिले भने साइटमा देखिएको समस्या समाधानको प्रयास भइरहेको...
-
२०८१ चैत्र १०, आइतबार
साइबर आक्रमणबाट जोगिन टिकटकले ल्यायो सुरक्षा चेकअप टुल
बेइजिङ - भिडियो सेयरिङ प्लेटफर्म टिकटकले सेक्युरिटी चेकअप नामक नयाँ सेक्युरिटी टुल लन्च गर्ने घोषणा गरेको छ । यो ‘सेन्ट्रलाइज्ड ड्यासबोर्ड’ प्रयोगकर्तालाई आफ्नो खातालाई सजिलै सुरक्षित गर्न मद्दत गर्न डिजाइन गरिएको हो । यो उपकरण एपमा रहेको ‘सुरक्षा र अनुमति’ विकल्पअन्तर्गत ‘सेटिङ्स र गोपनीयता’ खण्डमा फेला पार्न सकिन्छ । यसले विभिन्न सुरक्षा विकल्प प्रदान गर्छ, जस्तै तपाईंको खातालाई फोन नम्बर वा...
-
२०८१ फाल्गुण २५, आइतबार
फेसबुकले ३० दिन बढीको लाइभ भिडिओ डिलिट गर्दै
काठमाडौं - सामाजिक सञ्जाल फेसबुकले अब लाइभ भिडिओहरुको व्यवस्थापन थालेको छ। करोडौँ प्रयोगकर्ता रहेको फेसबुकले जुलाई १ देखि नयाँ नियम लागू गर्न लागेको जनाएको छ। यसअनुसार ३० दिनदेखि पुराना भिडिओ स्वतः डिलिट हुने फेसबुकले जनाएको छ। उसले प्रयोगकर्तालाई आफ्ना लाइभ भिडिओ सेभ गर्ने भए एकैपटक डाउनलोड गरी अन्य डिभाइसमा राख्न भनेको छ।
-
२०८१ फाल्गुण २५, आइतबार
अबदेखि टिकटकमा ६० मिनेटसम्मको भिडिओ अपलोड गर्न सकिने
काठमाडौं - अहिलेसम्म टिकटकले अधिकतम १० मिनेटसम्मको भिडिओ अपलोड गर्न सक्ने सुविधा दिँदै आएको छ। टिकटकले आफ्नो प्लाटर्फममा अपलोड गर्न सकिने भिडिओको समयावधि क्रमशः बढाउँदै लगेको छ। सुरूवातमा १५ सेकेडको भिडिओ अपलोड गर्न सकिनेमा यस्तो भिडिओको लम्बाई एक मिनेट, तीन मिनेट हुँदै १० मिनेटसम्म बनाइएको हो। अबदेखि भने टिकटकमा ६० मिनेटसम्मको भिडिओ पनि अपलोड गर्न सक्ने भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले...
-
२०८१ माघ २३, बुधबार
जापानद्वारा ‘मिचिबिकी उपग्रह’ प्रक्षेपण
टोकियो - जापानले आइतबार तानेगाशिमा स्पेस सेन्टरबाट ‘एच३ रकेट नम्बर ५’ मिचिबिकी नेभिगेसन उपग्रह (स्याटेलाइट) प्रक्षेपण गरेको छ । ‘मिचिबिकी’ स्मार्टफोन, कार नेभिगेसन प्रणाली र अन्य स्थान–आधारित सेवाहरूको लागि जीपीएस सटीकता बढाउन डिजाइन गरिएको जापानी उपग्रह हो । हाल जापानको परिक्रमा गर्ने चारवटा उपग्रहहरू समावेश छन्, जसले सञ्चार सङ्केत नभएका क्षेत्रमा आपत्कालीन भूकम्पको चेतावनी पनि दिन्छ । जापान...
-
२०८१ माघ १७, बिहिबार
एक नम्बरमा रहँदै प्लेस्टोरमा डिपसिकले उछिन्यो च्याटजीपीटीलाई
काठमाडौं - चिनियाँ एआई कम्पनी डिपसिकको एपले प्ले स्टोरमा च्याटजीपीटीलाई उछिनेको छ । अमेरिका, बेलायतलगायत विभिन्न देशमा डिपसिक प्लेस्टोर एवं एप स्टोरको एक नम्बरमा पुगेको छ । धेरै डाउनलोड हुने र रेटिङका आधारमा डिपसिक एक नम्बर एप बनेको हो । नेपालमा पनि डिपसिक च्याटजीपीटीलाई उछिन्दै प्ले स्टोरको ८ नम्बरमा पुगेको छ । च्याटजीपीटी ९ नम्बरमा रहेको छ । आफ्नो प्रोडक्टिभिटी क्याटगोरीको भने पहिलो नम्बरमा...
-
२०८१ माघ १५, मंगलबार
सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता, दुरुपयोग गरे दुई वर्षसम्म कैद !
काठमाडौं - सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले उक्त विधेयक संसदमा दर्ता गराएका हुन्। विधेयकमा कसूर र सजायसम्बन्धी व्यवस्था छ। यसमा कसैले सामाजिक सञ्जालको प्रयोग गरी अश्लील शब्द,तस्बिर,संकेत भीडीयो,अडियो,मिथ्या वा भ्रामक सूचना प्रसार गरेमा दुई वर्षसम्म कैद सजाय वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै...
-
२०८१ माघ १४, सोमबार
एआई क्षेत्रमा चिनियाँ कम्पनी डिपसिकको तरंग
काठमाडौं - सानो चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) स्टार्टअप डिपसिकले अहिले अमेरिकी एआई क्षेत्रमा चर्चा पाएको छ । गत डिसेम्बर २६ मा डिपसिकले आफ्नो नयाँ संस्करण डिपसिक–भर्जन ३ सार्वजनिक गरेको थियो । रोचक के भने यो विश्वभर चर्चामा रहेका ओपनएआई, गुगलजस्ता अमेरिकी कम्पनीका कटिङ–एज च्याटबटको क्षमताको एआई थियो । डिपसिक यति शक्तिशाली हुनु आफैँमा कोसेढुंगा मानियो । अझ यसको विकासकर्ता टोलीका...
-
२०८१ माघ १३, आइतबार
सौर्यमण्डलका प्रमुख ग्रहहरू एक साथ खाली आँखाले अवलोकन गर्न सकिने
काठमाडौं - सौर्यमण्डलका प्रमुख ग्रहहरू एक साथ खाली आँखाले अवलोकन गर्न सकिने भएको छ । चारवटा चम्किला ग्रह बुध, शुक्र, मङ्गल, वृहस्पति तथा शनिग्रहहरू तथा दुईवटा मधुरा ग्रहहरू अरूण र वरूण एक साथ आकाशको एउटै भागबाट अवलोकन गर्न सकिने भएको हो । वि.पि. कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समिति, कीर्तिपुरका कार्यकारी निर्देशक डा.सनतकुमार शर्माले दिनुभएको जानकारी...
-
२०८१ माघ ६, आइतबार
अमेरिकामा प्रतिबन्धअघि नै टिकटक बन्द
एजेन्सी - अमेरिकामा प्रतिबन्ध लागु हुनुभन्दा केही घण्टाअघि नै सामाजिक सञ्जाल एप टिकटक बन्द गरिएको छ । अमेरिकी प्रयोगकर्ताले टिकटक खोल्दा ‘तपाईंले टिकटक प्रयोग गर्न सक्नु हुन्न’ भन्ने सन्देश देखिरहेका छन् । यसको पछाडि एपले प्रतिबन्ध लगाउने अमेरिकी कानुनलाई उद्धृत गरेको छ । धेरै प्रयोगकर्ताले गुगल एप स्टोरबाट टिकटक हटाइएको र टिकटक डटकममा भिडियोहरू पनि नदेखिएको बताए । टिकटकले भनेको छ, “हामी...
-
२०८१ श्रावण ३२, शुक्रबार
नेपाल टेलिकमको सेवा आज राति चार घण्टा अवरुद्ध हुने
काठमाडौं - नेपाल टेलिकमको सेवा अवरुद्ध हुने भएको छ । टेलिकमले ग्राहक सेवा प्रणाली स्तरोन्नति गर्न लागेकाले आज राति ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र सोधपुछ सेवा प्रभावित हुने भएको हो । नेपाल टेलिकमको ग्राहक सेवा प्रणालीको नियमित स्तरोन्नति कार्य आज राति गर्दै छ । त्यसक्रममा शुक्रबार साउन ३२ गते राति ११ बजेदेखि करिब चार घण्टा सेवा प्रभावित हुने टेलिकमले जनाएको छ । नेपाल टेलिकमले आज सूचना जारी गरी...
-
२०८१ श्रावण १५, मंगलबार
प्रेस काउन्सिलको कारबाहीमा ३१ वटा युट्युब
काठमाडौं - काउन्सिल नेपालले पछिल्लो १५ दिनमा पत्रकार आचारसंहिता विपरितका सामग्री सम्प्रेषण गर्ने ३१ वटा युट्युबलगायत सामाजिक सञ्जाललाई कारबाही गरेको छ। मङ्गलबार विज्ञप्ति जारी गर्दै काउन्सिलले सञ्चार माध्यमका रूपमा दर्ता/सूचीकरण भएका वा नभएका तर समाचारको शैलीमा द्वन्द्व बढाउने, चरित्रहत्या गर्ने तथा एकपक्षीय आरोपका सामग्री सम्प्रेषण गर्ने माध्यमलाई कारबाही गरिएको जनाएको हो। मिडिया अन्तर्गत...