relans
ni new 83
nib 2082 5

नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडौं जिल्ला शाखाले मनाएशंखधर दिवस

Janjati Khabar – विजयरत्न असंबरे | २०८३ मङ्सिर ४, बिहिबार

ने.सं. ११४७ नयाँ  बर्षको उपलक्ष्यमा नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडौं जिल्ला शाखाले एक कार्यक्रमको आयोजना गरी बिहीबार  शुभकामना आदानप्रदान गर्नुका साथै ने.सं.११४७ को क्यालेण्डर प्रकाशन गरेको छ ।

नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडौं जिल्ला अध्यक्ष रत्नकाजी मनको सभापितत्वमा लखतीर्थ स्थित जगत सुन्दर ब्वनेकुथि माध्यमिक विद्यालयको सभाहलमा भएको साे कार्यक्रममा प्रमुख  अतिथि दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले ंक्यालेण्डर बिमोचन गर्नुभएको हो । 

शुभकामना आदानप्रदान कार्यक्रममा विशेष अतिथि नेवाः पत्रकार राष्ट्रिय दबूया केन्द्रीय उपाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठ, सचिव राजु नापित, जेष्ठ सदस्य दानदास श्रेष्ठ, बागमति प्रदेशका अध्यक्ष विराजकाजी राजोपाध्याय, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काठमाडौं जिल्ला शाखाका अध्यक्ष भीमबहादुर लामा, ललितपुर जिल्ला अध्यक्ष मञ्जु बज्राचार्य, गोरखा जिल्ला अध्यक्ष हेरालाल श्रेष्ठ, ज्यापु संस्कृति विकास कोषका उपाध्यक्ष सन्त कुमार महर्जन, नेवाः देय् दबूका उपाध्यक्ष शान्त श्रेष्ठ, सचिव सृजनमान श्रेष्ठ, हरिकुमार श्रेष्ठ, वरिष्ठ कलाकार गणेश साय्मि, संस्कृतिविद् जितेन्द्र विलास बज्राचार्य लगायतको उपस्थिति रहेको थियो । 

नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडौं जिल्ला सदस्य एवं प्रकाशन कमिटीका संयोजक रबिन्द्र बज्राचार्यले स्वागत गर्नुभएको कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले नेवार पत्रकारहरको हकहितका सवालमा पछिल्लो समयष् राज्यले छापा पत्रकारितामा गरेको विभेदपूर्ण व्यवहारका साथै पत्रकार आतकं सृजना हुने गरी धडपकड जस्ता गतिविधिको बिरोध गर्नुपर्ने बताउनु भयो । 

कार्यक्रममा शुभकामना दिनुहुँदै केन्द्रीय उपाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले नेवाः पत्रकार राष्ट्रिय दबू नेवार पत्रकारहरुको मुद्दाका साथै नेवाः आन्दोलन र पत्रकारिता आन्दोलनलाई समेत संगसंगै लगिरहेको बताउँदै शंखधर दिवसको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रमले नेवाः आन्दोलनमा दबूको पाइला अझ सशक्त हुने वताउनु भयो । उहाँले प्रदेश संरचना र विदेश शाखा गठन पछि उहाँवहरुको समेत कार्यक्रममा उपस्थिति खुशीको कुरा भएको वताउनु भयो । 

त्यसैगरी केन्द्रीय सल्लाहकार राजु शाक्यले आफूहरुले राससमा नेपाल संवतलाई प्रयोगमा ल्याउँदा सकारात्मक कुरा आएपनि पछि पछिल्लो समय आवश्यकता अनुसार कार्य गर्न नसकेको वताउनु भयो । अहिले पनि राससको मूल बुलेटिनमा नेपाल संवत् उल्लेख भएको देख्न सकिने वताउनु भयो । 

शुभकामना मन्तब्यकै क्रममा बागमती प्रदेश अध्यक्ष बिराजकाजी राजोपाध्यायले दबूको आफ्नै भवन बनाउन पहल गर्नुपर्ने वताउनु भयो । 

सभापति महजर्नले काठमाडौं जिल्ला शाखाले गर्दै आएका विभिन्न गतिविधि र नयाँ क्यालेण्डरको विषयलाई लिएर मन्तब्य राख्दै सहयोग गर्नुहुनेहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडौं शाखाले नयाँ कार्यसमिति चयन भएपछि पहिलो पटक क्यालेण्डर प्रकाशन गरेको र चाँडै मुखपत्र म्यागजिन पनि प्रकाशन गर्ने प्रकाशन कमिटीका संयोजक रबिन्द्र बज्राचार्यले जानकारी दिनुभयो ।

Categorized in उपत्यका
ppp 2