relans
ni new 83
nib 2082 5

मल्टिप्लेक्स चेन ‘क्यूएफएक्सले गरे 'बाटुलाे जून सुपर हिट घाेषित

Janjati Khabar – विजयरत्न असंबरे | २०८३ मङ्सिर ४, बिहिबार

नेपाली सिनेमा हलको सबैभन्दा ठुलो मल्टिप्लेक्स चेन ‘क्यूएफएक्स सिनेमाज’ले गत कार्तिक २६ बाट  प्रदर्शनरत फिल्म ‘बाटुलो जून’लाई सुपरहिट घोषणा गरेको छ ।  फिल्मलाई क्यूएफएक्सले बुधबार सुपरहिट घोषणा गरेको हो।

बुधबार दिउँसो क्यूएफएक्सले आफ्नो आधिकारिक वेभसाइटमा फिल्मलाई ‘सुपरहिट’को ट्याग दिएको छ । प्रदर्शनको पहिलो दुई दिन  भित्र आफ्नो चेन अन्तर्गतको ब्यापार  मा मात्रै २ करोड ५० लाख भन्दामाथिको विजनेस गर्ने फिल्मलाई क्यूएफएक्सले सुपरहिट ट्याग उपलब्ध गराउने निर्देशक तृप्ती गिरीले बताइन् ।

फिल्मले 'ओपनिङ डे' बाटै दैनिक १ करोड माथिको विजनेस गरिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा समेत उच्च अकुपेन्सी कायम गरिरहेको फिल्मप्रति बलियो वर्ड अफ माउथले दर्शक आकर्षण उच्च देखिएको छ ।

अभिनेताबाट निर्माता निर्देशक बनेका   भुवन केसीकाे निर्देशित फिल्ममा स्वयंम निर्देशक केसीसँगै अनमोल केसी, प्रिन्सी खतिवडा, गरिमा पन्त प्रमुख अभिनयमा छन्। प्रमुख कलाकारसहितको टिम यतिबेला दर्शक प्रतिक्रिया लिन मोफसल केन्द्रीत प्रचारमा छ । 

उपत्यका र उपत्यका बाहिर सबै स्टेशनहरूमा यो फिल्म उच्च अकुपेन्सीमा प्रदर्शन भइरहेको छ । सनराइज पिक्चर्स र भविष्य फिल्मस् यो फिल्मको निर्माण ब्यानर हो।

Categorized in सिनेमा
ppp 2