relans
ni new 83
nib 2082 5

जय यल देय गानका कलाकर्मिहरुलाई सम्मान गर्दै कलाकार भेला सम्पन्न

Janjati Khabar – विजयरत्न असंबरे | २०८३ मङ्सिर १, सोमबार

मनराजा नकर्मीको संगीत, भूपेन्द्र बज्राचार्यको संगीत संयोजन, सुमन कपालीको रेकर्डिङ, फिरोज बज्राचार्यको मिक्सिङ तथा मास्टरिङ रहेको यस ‘जय यल देय्’ गान ललितपुर महानगरका विभिन्न कार्यक्रमहरुमा ललितपुरप्रति सम्मान गर्दै गुञ्जिन थालेपछि ललितपुरकै गानका रुपमा चिनारी दिने पहल अघि बढेको हो ।२६५ गायक गायिकाहरुको आवाज, ६८ अभिनय कलाकार, ९० वाद्यवादकहरुको लगायत ४०० भन्दा बढी ब्यक्तिहरुको सहभागितामा तयार भएको ‘जय यल देय्’ ललितपुर महानगरको गान बन्ने प्रक्रिया रहेको छ । साे गानमा सहभागी गायक गायिका , अभिनय गर्ने कलाकारहरू , संगीत विधामा आबद्ध सर्जकहरु र वाद्य वादक लगायत प्राविधिक तथा सहयोगीहरुलाई सम्मान स्वरूप धन्यवाद ज्ञापन गर्न आइतबार  आयाेजित कार्यक्रममा विख्यात अभिनेता  ख्यालिजुजु मदनकृष्ण श्रेष्ठ प्रमुख अतिथि रहनु भएको थियोे ।

ललितपुर  वडा १६ का वडा अध्यक्ष निर्मल रत्न शाक्यकाे सभापतित्वमा  सम्पन्न याे कार्यक्रम प्रमुख अतिथि श्रेष्ठले पानसमा दिप प्रज्वलन गरि उदघाटन गर्नु भएको थियोे । याे कार्यक्रममा  बज्र कल्चर सेन्टर सह आयाेजकका रुपमा रहेका थिए।

साे कार्यक्रममा  ललितपुर   महानगरपालिका  उपमेयर मन्जली शाक्य बज्राचार्य ,  साहित्य र सिनेमा अन्वेषक प्रकाश सायमी र संगीतकार मनराजा नकःमि विशेष अतिथिका रुपमा  उपस्थित हुनु भएको थियोे ।

विभिन्न  सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरिएको साे कार्यक्रममा  पवित्र कसाः, साेनी राजभण्डारी ,  गंगा महर्जन , शैलेन्द्र तुलाधर , लसता जाेशी, किशोर शाहीया नापनापं जिवित जल्मी र भुपेन्द्र बज्राचार्य अनि सरिता महर्जन र अमर चित्रकार  लगायतले गीत तथा  अन्य कलाकारले नृत्य प्रस्तुत गरेका थिए भने सुरजबीर बज्राचार्य ,  सलाेना बज्राचार्य , अमाेङबीर बज्राचार्य ले  कार्यक्रम सन्चालन गरेका थिए ।

ललितपुर महानगरपालिका १६ वडा कलाकार समितिले आयोजना गरेको कलाकार मुना (भेला) – सम्मान तथा सांस्कृतिक कार्यक्रममा समीक्षक प्रकाश साय्मिले ‘जय यल देय्’ गानलाई महानगरले आफ्नो गानका रुपमा आत्मसात् गर्नुपर्ने प्रस्ताव राख्नु भएको हो । सोही समारोहमा उपस्थित महानगरपालिकाका उप–प्रमुख मञ्जली शाक्य बज्राचार्यले ‘विभिन्न स्थानमा ललितपुरको गानकै रुपमा प्रस्तुतिकरण समेत भइसकेको यस गानलाई ललितपुर महानगरको गानका रुपमा स्थापित गर्न आफूले पहल गर्ने बताउनु भएपछि हल तालीले गुञ्जिएको थियो । 

कार्यक्रममा स्वागत गर्नुहुँदै १६ वडा अध्यक्ष निर्मलरत्न शाक्यले “कलाकारहरुको प्रगतिका लागि स्थानीय तहबाट पर्याप्त कार्य सम्पादन हुन नसकेको उल्लेख गर्नुहुँदै १६ वडाले कलाकारहरुको प्रगतिका लागि कुनै कसर नराखी काम गरेको उल्लेख गर्नुभयो । ‘जय यल देय्’ रचनाकार एवं निर्माता समेत रहेका उहाँले यस गीतमा उत्साहजनक साथ र सहयोगका लागि कृतज्ञता ज्ञापन गर्नुभएको हो । कलाकार हकहितका विषयमा कलाकार समितिका संयोजक सुरजवीर बज्राचार्यले “ऐतिहासिक प्राचीन नाचहरुको संरक्षणमा सक्रिय हुनुका साथै सोही स्तरको अन्य श्रृजना आजको पुस्ताबाट श्रृजित गर्ने वातावरण निर्माणमा स्थानीय तह, सरकारको भूमिकाको खोजी भइरहेको उल्लेख गर्नुभयो ।

‘जय यल देय्’ गानका गायक, गायिका, अभिनय कलाकार, वाद्यवादक, प्राविधिक लगायतलाइ सम्मान पत्र वितरण गरिएकाे यस कार्यक्रम पश्चात लोकप्रिय कलाकारहरुबाट गीत तथा नृत्य प्रस्तुत गरिएको थियो ।

ललितपुरको प्राचीन नाम तथा हालसम्म स्थानीय सम्बोधनको प्रचलित नाम ‘यल’ हो । यस महानगरको भाषा, कला, धर्म, संस्कृति, परम्परा, सीप, सम्पदा लगायत विषय समेटेर ललितपुरको गानका रुपमा ‘जय यल देय्’ निर्माण गरिएको हो ।

विश्वास बज्राचार्यको निर्देशन, अमर चित्रकारको छायाँकन, कलर एवं सम्पादनमा निर्मित यस गानमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रत्न बेहोशी बज्राचार्य, तिर्थकुमारी, जुजुकाजी रंजित, संगीता थापा शाक्य, संगीत प्रधान राणा, निशा देसार, ओमविक्रम विष्ट, लोचन भट्टराई, दिपक बज्राचार्य, भीम तुलाधर, प्रवेशमान शाक्य, इश्वर अमात्य, रमना श्रेष्ठ, सर्जु रञ्जित, सपनाश्री, नरेन्द्र प्यासी, ज्योति घिमिरे, मदन सिँह नेपाली, धनबहादुर गोपाली, बबिन प्रधान, यमन श्रेष्ठ, जेम्स प्रधान, राम श्रेष्ठ, सत्यनारायण मानन्धर, नलिना चित्रकार, संजिव प्रधान, प्रतिमा राजभण्डारी, लसता जोशी, भिन्तुना जोशी, बुनु श्रेष्ठ, रिमा गुरुङ होडा, सुरजकुमार थापा, सरिता शाही, निभा डंगोल, रिता महर्जन, रत्नशोभा महर्जन, प्राश्ना शाक्य, बानिका प्रधान, सरिष्मा अमात्य लगायत चिरपरिचित कलाकारहरुद्वारा स्वरवद्ध यस गानमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, हिसिला महर्जन, मनोज महर्जन, सोहित मानन्धर, श्रीतिका श्रेष्ठ, रवि डंगोल, सलोना बज्राचार्य, मनोज महर्जन, भिन्तुना जोशी, रोजिना सुवाल, सुदित श्रेष्ठ लगायत लोकप्रिय कलाकारहरुको अभिनय रहेको छ ।

कलाकार समितिकाे संयाेजनमा तयारी भएकाे गान निर्माणकाे ब्यवस्थापन अमाेघवीर बज्राचार्यले गर्नु भएकाे हाे ।

Categorized in उपत्यका
ppp 2