STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

खेलकुद

  • २०७९ पौष ३, आइतबार

    विश्वकपकाे लागि अर्जेन्टिना र फ्रान्स भिड्दै

    फिफा विश्वकपको उपाधिका लागि आज अर्जेन्टिना र फ्रान्स भिड्दै छन् । कतारको लुसैल रंगशालामा आज राति ८:४५ बजे अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुन लागेको हो। सेमिफाइनलमा क्रोएशियालाई पराजित गर्दै अर्जेन्टिना र मोरोक्कोलाई पराजित गर्दै फ्रान्स फाइनलमा पुगेका हुन्। अर्जेन्टिनाले क्रोएशियालाई ३-० गोल अन्तरले र फ्रान्सले मोरोक्कोलाई २-१ गोल अन्तरले पराजित गरेको थियो। अर्जेन्टिना र फ्रान्स चौथो पटक...

  • २०७९ पौष ३, आइतबार

    माेरक्काेलाई हराउँदै क्राेएसियाले जित्याे कांस्य पदक

    एजेन्सी - क्रोएसियाले मोरोक्कोलाई पराजित गर्दै विश्वकप फुटबलको तेस्रो बनेको छ । शनिबार राति भएको खेलमा मोरोक्कोलाई पराजित गर्दै क्रोएसिया तेस्रो बनेको हो । खालिफा रंगशालामा भएको खेलमा क्रोएसियाले मोरोक्कोलाई २–१ गोलले पराजित गर्दै तेस्रो बन्यो । क्रोएसियाको जितमा जोस्को भार्डिओल र मिस्लाभ ओर्सिचले गोल गरे । मोरोक्कोका लागि अच्राफ डारीले गोल फर्काएका थिए । खेलको सातौँ मिनेटमा नै क्रोएसियाले अग्रता...

  • २०७९ पौष २, शनिबार

    विश्वकप २०२२ - कांस्यका लागि आज क्रोएसिया र मोरक्को भिड्दै

    एजेन्सी - कतारमा जारी फिफा विश्वकपको कांस्य पदकका लागि क्रोएसिया र मोरक्कोे बीच भिडन्त हुँदैछ। आज शनिबार राति खलिफा अन्तर्राष्ट्रिय रंगशालामा हुने खेलबाट तेस्रो स्थानको टुंगो लाग्नेछ। ज्लाट्को डालिचको क्रोएसिया सेमिफाइनलमा अर्जेन्टिनासँग ३–० को नतिजामा पराजित भयो र तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने अवस्थामा आइपुगेको हो। अर्कातिर, वालिद रेग्राग्वीको एट्लस लायन्स (मोरक्को) साबिक विजेता...

  • २०७९ पौष १, शुक्रबार

    राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक प्रभाकरले दिए राजीनामा

    काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टोलीको निराशजनक प्रदर्शनपछि मुख्य प्रशिक्षक मनोज प्रभाकरले बिहीवारबाट लागू हुनेगरी राजीनामा दिएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीवार मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएको जनाएको हो । नामिबिया भ्रमण सकेर उतैबाट भारत प्रस्थान गरेका भारतीय प्रशिक्षक प्रभाकरले दिएको राजीनामा स्वीकृत भएको जनाएको छ । तत्कालीन प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा...

  • २०७९ मङ्सिर २८, बुधबार

    विश्वकप फुटबल : आज फ्रान्स र मोरक्कोबीच दोस्रो सेमिफाइनल हुने

    काठमाडौं - कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गतको दोस्रो सेमिफाइनल खेल साविक विजेता फ्रान्स र मोरक्कोबीच हुनेछ । कतारको दोहास्थित अल बायत रङ्गशालामा उक्त खेल आज राति १२ः४५ बजे सुरु हुनेछ । फ्रान्स मोरक्कोलाई पराजित गर्दै लगातार दोस्रो पटक विश्वकपको उपाधि जित्न चाहन्छ । फ्रान्स क्वाटरफाइनलमा इङ्ग्ल्यान्डलाई २–१ गोलले हराउँदै सेमिफाइनलमा पुगेको हो । अफ्रिकी राष्ट्र मोरक्को भने विश्वकपमा पहिलो पटक...

  • २०७९ मङ्सिर २८, बुधबार

    विश्वकप फुटबल : अर्जेन्टिना फाइनलमा

    काठमाडौं - अर्जेन्टिना कतारमा जारी विश्वकप फुटबल २०२२ को फाइनलमा प्रवेश गरेको छ । कतारको लुसेइल रङ्गशालामा आज भएको खेलमा क्रोएसियालाई ३–० गोलअन्तरले पराजित गर्र्दै अर्जेन्टिना फाइनलमा पुगेको हो । फाइनलमा अर्जेन्टिनाले फ्रान्स र मोरक्कोबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । खेलको ३४औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टीमार्फत् गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए भने खेलको...

  • २०७९ मङ्सिर २५, आइतबार

    साविक विजेता फ्रान्स सेमिफाइनलमा

    काठमाडाैं - २०१८ को विश्वविजेता फ्रान्स कतारमा जारी विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । अन्तिम क्वार्टरफाइनलमा इंग्ल्यान्डलाई २–१ गोलले पराजित गर्दै फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको हो । फ्रान्सको जितमा औरेलिन चौमेनी र ओलिभियर जिरुडले गोल गरे । इंग्ल्यान्डका कप्तान ह्यारी केनले एक गोल फर्काए । फ्रान्सले इंग्ल्यान्डविरुद्ध सुरुआतमै गोल गर्दै अग्रता बनाएको थियो । कतारको अल...

  • २०७९ मङ्सिर २४, शनिबार

    ब्राजिल पेनाल्टी सुटआउटमा स्तब्ध, क्रोएसिया सेमिफाइनलमा

    एजेन्सी - पेनाल्टी सुटआउटमा ४-२ ले ब्राजिललाई पराजित गर्दै क्रोएसिया फिफा विश्वकपको सेमिफाइनलमा पुगेको छ। शुक्रबार भएको क्वार्टरफाइनलमा नेइमारले गरेको गोलसँगै ब्राजिलले अतिरिक्त समयमा १-० को अग्रता लिएको थियो। नेइमारले यो महत्त्वपूर्ण गोलसँगै ब्राजिलियन राष्ट्रिय टिमबाट सर्वाधिक गोल गर्ने खेलाडीमा पेलेसँग बराबरी गरेका छन्। तर, एक सय १७औं मिनेटमा भ्लादिमिर पेट्कोभिचले बराबरी गोल फर्काएपछि १-१ को...

  • २०७९ मङ्सिर २३, शुक्रबार

    चलचित्र हलमा विश्वकप फुटबल देखाए कारबाही

    काठमाडौं - चलचित्र हलमा विश्वकप फुटबलका खेल प्रदर्शन गर्न लागिएको भन्ने समाचार बाहिरिएपछि चलचित्र विकास बोर्डले उक्त कार्य रोक्न निर्देशन दिएको छ । चलचित्र हललाई चलचित्रमात्र प्रदर्शन गर्ने अधिकार रहेको भन्दै बोर्डले विश्कप फुटबलको खेल प्रदर्शन गरे कारबाही गर्ने चेतावनी दिएको छ । शुक्रबार बोर्डका अध्यक्ष भुवन केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उपरोक्त सम्बन्धमा ‘चलचित्र प्रदर्शन गर्न दिइने...

  • २०७९ मङ्सिर २०, मंगलबार

    पेनाल्टी सुटआउटमा स्पेनलाई स्तब्ध पार्दै मोरक्को क्वार्टरफाइनलमा

    दोहा: पेनाल्टी सुटआउटमा स्पेनलाई पराजित गर्दै मोरक्को पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ। एजुकेसन सिटी रंगशालामा भएको खेलको निर्धारित समयमा कुनै गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। त्यहाँ पनि डेडलक नतोडिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। स्पेन चार वर्षअघि आयोजक रुससँग पेनाल्टी सुटआउटमा पराजित हुँदै बाहिरिएको थियो। सन् २०१० मा विश्वकप विजेता बनेको स्पेन त्यसयता अन्तिम १६...

  • २०७९ मङ्सिर १९, सोमबार

    पेनाल्टी सुटआउटमा जापानलाई हराउँदै क्रोएसिया क्वार्टरफाइनलमा

    काठमाडौं - फिफा विश्वकपको अन्तिम १६ अन्तर्गत सोमबार पेनाल्टी सुटआउटमा जापानलाई पराजित गर्दै साविक उपविजेता क्रोएसिया विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ। अल जानोब रंगशालामा जारी जापान र साविक उपविजेता क्रोएसियाबीचको खेल निर्धारित/अतिरिक्त समयमा १–१ गोलको बराबरीपछि पेनाल्टी सुटआउटमा पुगेको थियो। सुटआउटमा जापान दुर्भाग्यशाली साबित हुँदा क्रोएसिया १–३ ले विजयी भयो। डाइजेन माइदाले ४४औं मिनेटमा गोल...

  • २०७९ मङ्सिर १९, सोमबार

    फ्रान्स विश्वकपकाे क्वाटरफाइनलमा प्रवेश

    काठमाडाैं - साविक विजेता फ्रान्स फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । पोल्यान्डलाई हराउँदै फ्रान्स उपाधि रक्षामा अघि बढेको हो । आइतबार अल थुमामा रंगशालामा फ्रान्सले ३-१ को जित दर्ता गर्यो । फ्रान्सको जितमा दुवै फरवार्ड ओलिभीएर जिरुड र किलीयन एमबाप्पेले गोल गरे । पहिलो हाफको अन्त्यतिर जिरुडको गोलमा अघि बढेको फ्रान्सले दोस्रो हाफको एमबाप्पेको दुई गोलमा जित पक्का गरेको थियो ।...

Pages