STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ज्यापु समाजले “प्रथम अन्तर टोल ब्याडमिन्टन प्रतियोगिता २०८०” आयोजना गरिने

Janjati Khabar – Janjati Khabar | २०८० भाद्र १७, आइतबार


ज्यापु समाज यलको आयोजनामा प्रथम काजीलाल स्मृति ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिने भएको छ । समाजका संस्थापक अध्यक्षको सम्झनामा ललितपुरका ४० वटा टोल र बहाबहीका खेलाडीहरुको सहभागिता रहने प्रतियोगितामा ४ समूहमा प्रतिस्पर्धा गराइने भएको छ ।
प्रतियोगिताको सम्बन्धमा जानकारी दिन आज आयोजित कार्यक्रममा प्रतियोगिताको तयारीका सम्बन्धमा जानकारी दिनु हुँदै श्रम तथा युवा विभाग अन्तर्गतको युवा तथा खेलकुद उपसमितिका संयोजक बाबुराजा महर्जनले प्रतियोगिता ज्यापु समाजले आयोजना गर्न लागिएको भएता पनि सबैले ललितपुरका टोल, बहाबही र ननीहरुमा समेत पत्राचार गरिएको र यसमा सबैले सहभागिता जनाउन सक्ने बताउनु भयो ।
यही भाद्र २० गतेबाट हुने प्रतियोगिता ललितपुरको बालक् मारीस्थित रिमिक्स ब्याडमिन्टन क्लबमा ४ दिनसम्म चल्नेछ । प्रतियोगिताका रेफ्री अनुप रत्न शाक्यले सबै समूहमा गरेर करिब २०० देखि २५० जना खेलाडीहरुको सहभागीता रहने अनुमान रहेको बताउनु भयो ।
प्रतियोगितामा सहभागिताका लागि १९ गतेसम्म नाम बुझाउन समय दिइएको कारण अहिले नै यकिन खेलाडी र टोलीको संख्या बताउन नसकिने आयोजकले जनाएको छ ।
प्रतियोगिताका लागि १६ लाख रूपैयाँ लागत अनुमान रहेको र विजेताहरू मध्ये मेन्स डबलमा प्रथम हुनेलाइ २० हजार,द्वितीय हुनेलाइ १० हजार र तृतीय हुने दुइ समूहलाइ ५–५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।
यसैगरी भेन्ट्रान्स डबलमा १५ हजार, ८ हजार र ४–४ हजार, अण्डर १७ ब्वाइज तथा गर्ल्सका लागि, १० हजार, ५ हजार र ३–३ हजार रूपैयाँ क्रमशः प्रथम, द्वितीय र तृतीय हुनेलाइ पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगिताको उद्घाटन ललितपुरका मेयर चिरीबाबु महर्जनले गर्नुहुने भएको छ भने समापन कार्यक्रममा ललितपुरका सांसद रामकृष्ण चित्रकार प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुने भएको छ ।
प्रतियोगिता हरेक वर्ष संचालन गर्नका लागि स्व. काजिलाल अवालेको परिवारजनको तर्फबाट १० लाखको अक्षयकोष राख्ने प्रतिबद्धता जनाएको र यसलाइ अन्य दाताहरूको सहयोगमा वृद्धि गर्दै जाने लक्ष्य रहेको संयोजक बाबुराजा ज्यापुले बताउनु भयो ।

Categorized in खेलकुद