STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

खेलकुद

  • २०८० श्रावण १९, शुक्रबार

    ज्ञानेन्द्र मल्लले लिए क्रिकेटबाट संन्यास

    काठमाडौँ - नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले सन्यासको घोषणा गरेका छन् । ३२ बर्षिय मल्लले शुक्रबार आकष्मिक रुपमा पत्रकार सम्मेलनको आयोजना गर्दै सन्यासको घोषणा गरेका हुन् । सन्यासको घोषणा गर्दै लामो समय देशका लागि खेलेको र अहिले बिदा हुने सहि समय भएको लागेर सन्यास लिएको बताएका छन् । मल्लले नेपालको प्रतिनीधित गर्दै ३७ एकदिवसीय र ४५ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।...

  • २०८० आषाढ २९, शुक्रबार

    नेपाल पाकिस्तान ए सँग पराजित

    काठमाडौं - श्रीलंकामा जारी एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप प्रतियोगितामा पाकिस्तान ए ले नेपाललाई हराएको छ । कोलम्बो क्रिकेट क्लबको मैदानमा भएको खेलमा नेपाल ४ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय ८० रनको लक्ष्य पाकिस्तान ए ले ३२ दशमलब ५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तान ए का लागि तैयव ताहिरले ६७ बलमा चौका र छक्काको सहयोगमा ५१ रनको अर्धशतकीय ईनिङ खेले । कमरान गुलामले २६ बलमा ३१...

  • २०८० आषाढ २४, आइतबार

    इङ्ल्याण्डलाई यू–२१ च्याम्पियनसिपको उपाधि

    काठमाडौं - इङ्ल्याण्डले युरो यू–२१ फुटबल च्याम्पियनसिपको उपाधि जितेको छ । शनिबार राति स्पेनलाई १–० गोल अन्तरले पराजित गर्दै इङ्ल्याण्डले युरोपको उमेर समुहको फुटबल प्रतियोगिताको उपाधि उचालेको हो । इङ्ल्याण्डले लगभग ४० वर्षको समयमा पहिलो पटक यो युरोपेली उपाधि हात पारेको हो । जेम्स ट्राफर्डले अन्तिम मिनेटमा पेनाल्टी जोगाएपछि इङ्ल्याण्डले स्पेनलाई हराएको हो । ट्राफर्ड यसै सिजन म्यानचेस्टर सिटीबाट...

  • २०८० आषाढ १७, आइतबार

    विश्वकप क्रिकेट छनोट प्ले अफ : नेपालले युएईलाई ३ विकेटले हरायाे

    काठमाडौं - आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत प्ले अफ खेलमा नेपालले युएईलाई पराजित गरेको छ । विश्वकप छनोटअन्तर्गत सातौँ स्थानका लागि आज भएको प्ले अफ सेमिफाइनलमा नेपाललले युएईलाई ३ विकेटले हराएको हो । जिम्बाब्वेको हरारेमा भएको खेलमा जितका लागि युएईले दिएको १८२ रनको लक्ष्य नेपालले ४४औँ ओभरमा पूरा गरेको हो । एक समय १०६ रनमा ७ विकेट गुमाई दबाबमा परेको नेपालको पारीलाई दीपेन्द्रसिंह ऐरी र सन्दीप...

  • २०८० आषाढ १५, शुक्रबार

    मलेसियालाई हराउदै नेपाल समूह विजेता

    काठमाडौं - मलेसियामा जारी एसीसी इस्ट जोन यू-१६ प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा घरेलु टोलीलाई पराजित गर्दै नेपाल समूह ए को विजेता बनेको छ । बायोमास ओभल क्रिकेट मैदानमा नेपालले मलेसियालाई ८५ रनले पराजित गरेको हो । नेपालले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको मलेसिया ३० दशमलब ५ ओभरमा ९९ रन बनाउँदै अलआउट भयो। मलेसियाका लागि मोहम्मद हैरिलले ५४ बलमा २५ रन बनाए । कप्तान मोहम्मद आलिफले १५ तथा मुहम्मद...

  • २०८० आषाढ ९, शनिबार

    ‘ड्रागन बोट रेस’मा नेपाल उपविजेता, चीन विजेता

    काठमाडौं - पोखरास्थित फेवातालमा आयोजना गरिएको नेपाल–चीन मैत्रीपूर्ण ‘ड्रागन बोट रेस’ प्रतियोगितामा नेपाली टोली उपविजेतामा सीमित भएको छ । फेवातालमा यही जेठ ८ देखि सुरु बोट रेसको आज सम्पन्न फाइनलमा चीनको सिचुवान ड्रागन बोर्ट टिम दुई सय र पाँच सय मिटरको दुवै विधामा च्याम्पियन बन्न सफल भयो । नेपाली टिम ‘नारा ड्रागन बोट टिम’ले दुवै विधामा उपविजेता हुन सफल भएको छ । च्याम्पियन बनेको सिचुवान ड्रागन बोट...

  • २०८० आषाढ ९, शनिबार

    नेपाल नेदरल्यान्डस्‌सँग पराजित : सुपर सिक्स पुग्ने सम्भावना टुङ्गियाे

    काठमाडाैँ - आइसिसी एकदिवसीय विश्वकप छनोटमा नेपाल नेदरल्यान्डस्सँग पराजित भएको छ । यो हारसँगै नेपाल सुपर सिक्समा पुग्ने सम्भावना टुङ्गिएको छ । जिम्बावेको हरारेस्थित ताकासिङगा स्पोर्ट क्लबको मैदानमा आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल नेदरल्यान्डस्सँग सात विकेटले पराजित भएको हो । जितसँगै नेदरल्यान्डस् भने सुपर सिक्समा प्रवेश गरेको छ । त्यस्तै यस खेलसँगै समूह ‘ए’ बाट सुपर सिक्समा पुग्ने...

  • २०८० आषाढ ७, बिहिबार

    नेपाल वेस्ट इन्डिजसँग १०१ रनले पराजित

    काठमाडौं - आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको छनोट प्रतियोगिताअन्तर्गत तेस्रो खेलमा नेपाल दुई पटककाे  विश्वविजेता वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको छ । बिहीबार जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा टस जितेर पहिले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ५० ओभरमा ७ विकेट गुमाएर ३३९ रन बनाएर नेपाललाई जितका लागि ३४० रनको लक्ष्य दिएको थियो। तर, नेपालले उक्त चुनौती सामना गर्न असमर्थ रह्यो ।...

  • २०८० आषाढ ५, मंगलबार

    नेपालले अमेरिकालाई ६ विकेटले हरायो

    काठमाडौं - आईसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटअन्तर्गत भएको दोस्रो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको छ । मंगलबार जिम्बावेको राजधानी हरारेस्थित ताकासिंगा क्रिकेट क्लबमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको अमेरिकाले जितका लागि दिएको २०८ रनको लक्ष्य ४२.४ ओभरमा ४ विकेट गुमाउँदै नेपालले लक्ष्य पूरा गरेको हो । नेपालका तर्फबाट भीम सार्कीले अर्धशतक पूरा गरे । उनले ७७ रन बनाए...

  • २०८० आषाढ ३, आइतबार

    नेपाल जिम्बावेसँग ८ विकेटले पराजित

    काठमाडौं - विश्वकप क्रिकेट छनोट खेलमा नेपाल जिम्बावेसँग पराजित भएको छ । आइतबार हरारेको मैदानमा भएको खेलमा जिम्बावेसँग नेपाल ८ विकेटले पराजित भएको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले जिम्बावेलाई जितका लागि २९१ रनको लक्ष्य दिएको थियो । तर, नेपाली टोलीले जिम्बावेलाई पराजित गर्न असफल रह्यो । २९१ रनको लक्ष्य पाएको जिम्बावेले २ विकेटको क्षतिमा ४४.१ ओभरमा लक्ष्य भेट्टाउँदै जित हासिल गर्न सफल भयो...

  • २०८० जेठ २५, बिहिबार

    साफ खेल्ने नेपालको टोली घोषणा

    काठमाडौं - भारतमा आयोजना हुने १४ औं संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबलका लागि नेपालको टिम घोषणा भएको छ । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले २३ सदस्यीय नेपाली टोली घोषणा गरेका हुन् । डिफेन्डर सिमान्त थापा र मिडफिल्डर लाकेन लिम्बुले राष्ट्रिय टोलीमा पहिलो पटक स्थान बनाएका छन् । साफमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा साविक विजेता भारत, कुवेत र...

  • २०८० जेठ २३, मंगलबार

    डेब्यू सिजनमै चर्च ब्वाइज बन्यो ‘ए’ डिभिजन लिग च्याम्पियन

    काठमाडौं - नवप्रवेशी क्लब चर्च ब्वाइज युनाईटेडले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार थ्री स्टार क्लबसँग गोलरहित बराबरी खेल्दै चर्च ब्वाइज च्याम्पियन बनेको हो । चर्च ब्वाइजलाई उपाधि जित्न मात्र एक अंकको आवश्यकता रहेको थियो ।  यस्तोमा थ्री स्टारसँग बराबरीमा रोकिएपनि चर्च ब्वाइज च्याम्पियन बनेको हो । चर्च ब्वाइजले ‘ए’ डिभिजन लिगमा बढुवा भएकै...

Pages