STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेदरल्याण्ड्ससँग नेपाल ८ विकेटले पराजित

Janjati Khabar – Janjati Khabar | २०८० फाल्गुण १३, आइतबार

काठमाडौं– आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलाको अन्तिम खेलमा नेपाल पराजित भएको छ। नेपालले दिएको एक ७३ रनको लक्ष्य नेदरल्याण्ड्सले ३७.५ ओभर खेल्दै २ विकेट गुमाएर भेट्टाएको हो ।  ललित राजवंशी र दिपेन्द्रसिंह ऐरीले एक/एक विकेट झारे।

टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले  ४९.३ ओभरमा सबै विकेट गुमाउँदै एक सय ७२ रन मात्र बनाउन सक्यो। नेपालका लागि  कुशल भुर्तेलले सर्वाधिक ६६ रनको योगदान दिए।

त्यस्तै, करण केसीले २६ रन, रोहित पौडेल १६ रन,  आरिफ शेखले २२ रन, आसिफ शेख १७ रनको योगदान दिए ।

Categorized in खेलकुद