STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

तुलसी घिमिरे र निरुता सिंहलाई सम्मानार्थ परिचय पत्र प्रदान

Janjati Khabar – विजयरत्न असंबरे | २०८३ जेठ ७, बिहिबार

चलचित्र विकास बोर्डद्वारा आज बोर्ड परिसरमा आयोजित कार्यक्रममा विभिन्न विधाका १२१ जना चलचित्रकर्मीलाई आधिकारिक परिचयपत्र प्रदान गरिएको छ।

बोर्ड अध्यक्ष श्री दिनेश डीसीले चलचित्रकर्मीहरूलाई परिचयपत्र हस्तान्तरण गर्दै यो परिचयपत्र केवल कार्ड नभई चलचित्रकर्मीको आधिकारिक पहिचान, सम्मान, अभिलेखीकरण र पेसागत मर्यादाको प्रमाण भएको बताउनुभयो। बाेर्डले मानार्थ श्रेणी: अन्तर्गत   वरिष्ठ निर्देशक तुलसी घिमिरे, कलाकार निरुता सिंह र नृत्य निर्देशक कमल राईलाई पनि चलचित्रकर्मी परिचय पत्र प्रदान गरेको छ भने पहिलो चरणमा परिचयपत्र पाउनेहरूमा:

विशेष श्रेणी: १ जना — मिलन चामलिङ राई

विशिष्ट श्रेणी: ५० जना

चलचित्रकर्मी श्रेणी: ६८ जना

गरी जम्मा १२२ जना चलचित्रकर्मी रहनुभएको छ।

नेपाली चलचित्रलाई जनस्तरसम्म पुर्‍याउन महत्वपूर्ण योगदान पुर्‍याउनुभएका वरिष्ठ निर्देशक तुलसी घिमिरेसहित अग्रज तथा सक्रिय चलचित्रकर्मीलाई परिचयपत्र प्रदान गर्नु नेपाली चलचित्र इतिहास, सर्जकको योगदान र संस्थागत सम्मानप्रतिको बोर्डको प्रतिबद्धताको प्रतीक हो।

कार्यक्रममा अध्यक्ष डीसीले आत्मीय शैलीमा भन्नुभयो,

“म त फुर्के छु। यसले धेरै काम गर्‍यो भन्नुहुन्छ, मलाई झन् गर्न मन लाग्छ।”

चलचित्र विकास बोर्ड चलचित्रकर्मीको पहिचान, सम्मान, हकहित संरक्षण र नेपाली चलचित्र क्षेत्रको दीर्घकालीन विकासका लागि निरन्तर प्रतिबद्ध छ।

Categorized in सिनेमा