STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित

Janjati Khabar – Janjati Khabar | २०८० फाल्गुण १६, बुधबार

काठमाडौं– त्रिकोणात्मक टी–२० आई सिरिजको दोस्रो खेलमा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको छ। १८५ रनको विजयी लक्ष्य पछ्याएर जवाफी ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८२ रन मात्रै बनाउन सक्यो। 

दीपेन्द्र सिंह ऐरी र कप्तान रोहित पौडेलले अर्धशतकीय पारी खेले पनि अन्तिम ओभरमा चुक्दा नेपालले जित निकाल्न सकेन। अन्तिम ओभरको दोस्रो बलमा दीपेन्द्र सिंह ऐरीले छक्का मारेपछि नेपाललाई जितका लागि ४ बलमा ४ रन आवश्यक थियो। तर त्यसपछि सातौं विकेटका रुपमा करण केसी र आठौं विकेटकमा रुपमा दीपेन्द्र सिंह ऐरी आउट हुँदा नेपालको सम्भावना कमजोर बनेको थियो।  

नेपाललाई जितका लागि २ बलमा ३ रन आवश्यक रहेको अवस्थामा प्रतिस जीसी र गुलशन झा क्रिजमा थिए। तर दुवैले रन जोड्न नसक्दा नेपाल २ रनले पराजित भयो। 

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ३४ बलमा ६३ रन बनाए। जसक्रममा उनले ६ चौका र ३ छक्का प्रहार गरे। यस्तै, कप्तान रोहित पौडेलले ३६ बलमा ५० रन बनाए। जसक्रममा उनले ६ चौका र २ छक्का प्रहार गरे। 

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८४ रन बनाएको थियो। 

नेदरल्यान्ड्सका ओपनर माइकल लेभिटले अर्धशतक प्रहार गरे। आक्रामक सुरुवात गर्दै नेपाललाई दबाबमा राखेका उनले ३६ बलमा ५ चौका र ३ छक्कासहित ५४ रन जोडेका थिए। यस्तै, साइब्रान्ड एंगलब्रेक्टले ३८ बलमा नटआउट ४९ रन बनाए।  

स्कट एडवार्ड्सले १६ बलमा ५ चौकासहित ३३ रन जोडे। तेजा निदमनुरुले ३१ रन जोडे। उनले २४ बलको सामना गर्दै ३ चौका प्रहार गरे।

त्रिकोणात्मक टी–२० आई सिरिजको पहिलो खेलमा नेपाल मंगलबार नामिबियासँग २० रनले पराजित भएको थियो। 

Categorized in खेलकुद