relans
ni new 83
nib 2082 5

आयरल्यान्ड ‘ए’लाई नेपालले ६ विकेटले हरायो

Janjati Khabar – Janjati Khabar | २०८० चैत्र १२, सोमबार

काठमाडौं - ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा नेपालले आयरल्यान्ड वुल्भ्सविरुद्ध ६ विकेटको सहज जित निकालेको छ ।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा आयरल्यान्ड वुल्भ्सले प्रस्तुत गरेको १२२ रनको लक्ष्य नेपालले १६.१ ओभरमा चार विकेट गुमाएर भेट्टायो ।

दुई टी–२० शृंखला अन्तर्गतको पहिलो खेलमा नेपालले आयरल्याण्ड ‘ए’विरुद्ध जितका लागि सामान्य लक्ष्य पाएको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्याण्ड ‘ए’ले नेपाललाई १२२ रनको लक्ष्य दिएको छ। 

आयरल्याण्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १२१ रन बनायो। आयरल्यान्डका लागि ओपनर स्टेफन डोहनीले सर्वाधिक ४६ रन बनाए। ३९ बलको सामना गरेका उनले ४ चौका र २ छक्का प्रहार गरे। 

आयरल्याण्डका अन्य ब्याटरले भने खासै राम्रो रन बनाउन सकेनन्। 

आयरल्याण्डविरुद्ध नेपालका लागि ललित राजबंशी, गुलशन झा र कुशल भुर्तेलले समान २–२ विकेट लिए। यस्तै, करण केसी र कुशल मल्लले १ विकेट लिए। 

Categorized in खेलकुद
ppp 2