STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कप्तान रोहितको शानदार शतकमा नेपाल विजयी

Janjati Khabar – Janjati Khabar | २०८१ बैशाख १६, आइतबार

काठमाडौं- पाँच खेलको टी–२० शृङ्खलाको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई पराजित भएको छ।

शनिबार त्रिवि खेल मैदानमा भएको खेलमा नेपाल ४ विकेटले विजयी बनेको हो।

नेपालसामु वेस्ट इन्डिजले जितका लागि २ सय ५ रनको लक्ष्य प्रस्तुत गरेको थियो। नेपालले १९.४ ओभरमा ६ विकेटको क्षतिमा उक्त लक्ष्य भेट्टायो। 

नेपालका लागि कप्तान रोहित पौडेलले शानदार शतकीय पारी खेले। उनले सर्वाधिक १ सय १२ रन बनाए । उनले ५४ बलमा १० चौका र ६ छक्का हिर्काए।

नेपाललाई ८ बलमा १३ रन चाहिँदा रोहित म्याथ्यु फर्डको बलमा विकेटकिपर आन्द्रे फ्लेचरबाट क्याच आउट हुन पुगेका थिए।

२७ बलमा अर्धशतक पूरा गरेका रोहितले शतक ४७ बलमा हानेका थिए। उनको यो टी२० करिअरको पहिलो शतक थियो।

नेपाललाई अन्तिम ६ बलमा जित्नलाई ९ रन चाहिएको थियो। सुरुवाती दुई बलमा ओशान थोमसले प्रतिश र गुलशनलाई एक/एक रन दिएका थिए। तेस्रो बलमा गुलशनले लङअफमा चौका हानेपछि ३ बलमा ३ रन चाहिएको थियो। अर्को बलमा चौका हान्दै खेल जिताए। गुलशन ९ र प्रतिश ५ रनमा नट आउट रहे।

ओपनर अनिल शाह ५, कुशल मल्ल र कुशल भुर्तेल १६/१६ रनमा आउट भए। दीपेन्द्रसिंह ऐरी १८ बलमा २ चौका र १ छक्कासहित २४ र विवेक यादव ७ रनमा आउट भए। ओबेद म्याककोयले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए। म्याथ्यु फर्ड २ र किमो पलले १ विकेट लिए।

त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्टइन्डिज ए ले २० ओभरमा ५ विकेट गुमाउँदै २०४ रन बनाएको थियो।

वेस्ट इन्डिज ए का कप्तान रोश्टन चेसले ४६ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक ७४ रनको इनिङ खेले। ओपनर एलिक एथानाजे २५ बलमा ५ चौका र ३ छक्कासहित ४७, जोनसन चार्ल्स शून्य, आन्द्रे फ्लेचर १३ रनमा आउट भए।

केसी कार्टी २६ बला २ चौका र ३ छक्कासहित ३८ रनमा आउट भए। कदिम एलियन १५ बला २ चौकासहित १४ रनमा नट आउट रहे।

नेपालका कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र अभिनाश बोहराले १/१ विकेट लिए। दोस्रो खेल आइतबार हुनेछ।

Categorized in खेलकुद