STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

खेलकुद

  • २०८१ जेठ २३, बुधबार

    नेपालले दियो नेदरल्याण्ड्सलाई १ सय ७ रनको लक्ष्य

    काठमाडौं- टी–२० विश्वकपमा आफ्नो पहिलो खेलमा नेपालले नेदरल्याण्ड्ससामु १ सय ७ रनको लक्ष्य बनाएको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले सबै विकेटको क्षतिमा १०६ रन बनाएको हो। नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए। उनले ३७ बलमा ५ चौका हिर्काए। खेलमा खराब सुरुवात गरेको नेपालले चौथो ओभरमा नै दुवै ओपनरलाई गुमाएको थियो। भुर्तेल ७ रन तथा आशिफ शेख ४ रन बनाएर आउट भए।  करन केसीले १७ तथा...

  • २०८१ जेठ २२, मंगलबार

    काठमाडौं महानगरले तीन ठाउँमा टी-२० विश्वकप निःशुल्क देखाउने

    काठमाडौं- टी–२० विश्वकप क्रिकेट खेल हेर्नका लागि काठमाडौं महानगरपालिकाले टुँडिखेल, तीनकुने र हाँडीगाउँमा प्रत्यक्ष प्रसारण गर्ने तयारी गरेको छ। महानगरले नेपालका खेल तीन ठाउँमा लाइभ देखाउन लागेको हो।  नेपाली समयअनुसार पहिलो खेल मंगलबार राति सवा ९ बजेदेखि सुरु हुनेछ। यो खेल हेर्नका लागि ठूला एलईडी स्क्रिन राखिनेछन्।  यी स्थानहरूमा खेल हेर्न कुनै शुल्क तिर्नु पर्दैन। प्रदर्शन स्थल टुँडिखेलमा साँझ ५...

  • २०८१ जेठ २०, आइतबार

    विश्वकप छनौट खेल्ने नेपाली फुटबल टीमको घोषणा

    काठमाडौं- फीफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टोलीको बिदाइ गरिएको छ। नेपालले फीफा विश्वकप २०२६ र एसियन कप २०२७ को दोश्रो चरणको छनौट खेल जुन ६ मा यूएईविरुद्ध र जुन ११ मा यमनसँग खेल्ने तालिका छ।  यूएई र यमनविरुद्ध खेल्ने नेपाली टोलीमा २३ खेलाडी छनौट गरिएको छ। दोस्रो चरणमा समूह एचमा रहेको नेपालले अन्तिम दुई खेल साउदी अरेबियामा खेल्ने छ। दुवै खेल दमामको...

  • २०८१ जेठ २०, आइतबार

    नन्दाले नेपाललाई स्वर्ण पदक दिलाइन्

      नेपाली तेक्वान्दो खेलाडी नन्दा बस्यालले कुकिवन कप युएसए च्याम्पियनशिपमा दोहोरो स्वर्ण पदक जितेकी छन् । अमेरिकाको न्युजर्सीमा भएको प्रतियोगिताको महिला ५० वर्षमुनि फ्री स्टायल ब्रेकिङ र ओपन डिभिजन पुम्सेमा नन्दाले स्वर्णपदक जितेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ । राखेपको कार्यकारी समितिको सदस्यसमेत रहेकी नन्दाले १० महिनाको अवधिमा जितेको यो तेस्रो स्वर्ण पदक हो । यसअघि नन्दाले गत...

  • २०८१ जेठ १८, शुक्रबार

    क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले दिएन भिसा, विश्वकप खेल्ने सपना अधुरै

    काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा फेरि पनि भिसा दिन अस्वीकार गरेको छ । परराष्ट्र मन्त्रालयले दूतावासलाई नोट पठाएपछि अन्तर्वार्ताका लागि बोलाए पनि उनलाई भिसा दिन अस्वीकार गरेको हो ।  नेपाली क्रिकेट समर्थकहरुले उनलाई भिसा दिनुपर्ने माग राख्दै सामाजिक सञ्जाल र सडकबाट दबाब सिर्जना गरेका थिए । योसँगै उनको विश्वकप खेल्न जाने सम्भावना अब सकिएको छ ।  भिसाको लागि खेल मन्त्रीको पहल...

  • २०८१ जेठ ३, बिहिबार

    सन्दीपको निलम्बन फुकुवा, सबै प्रकारका खेलमा सहभागिता जनाउन पाउने

    काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ। उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिए लगत्तै क्यानले उनको निलम्बन फुकुवा गरेको हो। निलम्बन फुकुवा भएसँगै लामिछानेले सबै प्रकारका घरेलु तथा अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउन पाउने भएका छन्। 

  • २०८१ जेठ ३, बिहिबार

    दिपेन्द्रसिंह ऐरीको आइसीसी टी–२० वरियता ‘टप टेन’मा

    काठमाडौं - नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरी आइसीसीको टी–२० को अलराउण्डर वरियतामा टप टेनमा परेका छन् ।  आइसीसीले सार्वजनिक गरेको पछिल्लो वरियतामा एक स्थान सुधार गर्दै १०औँ स्थानमा उक्लिएका हुन् । दिपेन्द्र आइसीसीको वरियतामा शिर्ष १० मा पर्ने पहिलो खेलाडी समेत बनेका छन् ।  टी–२० को अलराउण्डर वरियताको शीर्ष स्थानमा बंगलादेशका अल हसन रहेका छन् भने दोस्रो स्थानमा श्रीलंकाका वानिन्दु हसरंगा रहेका छन्...

  • २०८१ बैशाख १७, सोमबार

    रोहितको अर्धशतकका बाबजुद नेपाल पराजित

    काठमाडौं -कप्तान रोहितकुमार पौडेलको अर्धशतकका बाबजुद ट्वान्टी–२० शृंखलाको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सँग नेपाल १० रनले पराजित भएको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा वेस्ट इन्डिज ‘ए’ ले प्रस्तुत गरेको १६१ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभर खेले पनि नौ विकेट गुमाएर १५० रनमात्र बनाउन सक्यो । नेपाललाई जितका लागि अन्तिम ओभरमा १७ रनको आवश्यकता थियो ।...

  • २०८१ बैशाख १६, आइतबार

    नेपाल र वेस्ट इन्डिज 'ए'बीचको दोस्रो खेल आज

    काठमाडौं- नेपाल र वेस्ट इन्डिज 'ए'बीचको टी-२० सिरिजको दोस्रो खेल आज हुँदै छ। किर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने यो खेल अपराह्न १२:१५ बजेदेखि शुरु हुने छ। यसअघि शनिबार सम्पन्न खेलमा नेपालले शानदार ४ विकेटले जित हासिल गर्दै सिरिजमा १-० को अग्रता हासिल गरेको छ। कप्तान रोहितको शानदार शतकमा नेपाल विजयी वेस्ट इन्डिज 'ए'विरुद्ध नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा २० सदस्यीय टिम...

  • २०८१ बैशाख १६, आइतबार

    कप्तान रोहितको शानदार शतकमा नेपाल विजयी

    काठमाडौं- पाँच खेलको टी–२० शृङ्खलाको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई पराजित भएको छ। शनिबार त्रिवि खेल मैदानमा भएको खेलमा नेपाल ४ विकेटले विजयी बनेको हो। नेपालसामु वेस्ट इन्डिजले जितका लागि २ सय ५ रनको लक्ष्य प्रस्तुत गरेको थियो। नेपालले १९.४ ओभरमा ६ विकेटको क्षतिमा उक्त लक्ष्य भेट्टायो।  नेपालका लागि कप्तान रोहित पौडेलले शानदार शतकीय पारी खेले। उनले सर्वाधिक १ सय १२ रन बनाए । उनले ५४...

  • २०८१ बैशाख ९, आइतबार

    कुराँश च्याम्पियनसिपमा नेपाललाई २ स्वर्णसहित ५ पदक

    काठमाडौं- भारतको केरलामा भएको प्रथम दक्षिण एसियाली कुराँश च्याम्पियनसिपमा २ स्वर्ण र ३ रजत पदकसहित नेपाल दोस्रो भएको छ। शनिबार सम्पन्न प्रतियोगितामा दिक्षा मगर र योगेन्द्र विष्टले स्वर्ण पदक जिते। परि घर्ती मगर, अर्जुन क्षेत्री र सिनियर ८७ केजीमाथि दिपिका अछाजुले रजत पदक प्राप्त गरिन्। दिक्षाले ४४ केजी मुनिको तौल समूह र योगेन्द्रले सिनियर ८१ केजी मुनिको तौल समूहमा पहिलो स्थान हासिल गरेका हुन्।...

  • २०८० चैत्र १२, सोमबार

    आयरल्यान्ड ‘ए’लाई नेपालले ६ विकेटले हरायो

    काठमाडौं - ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा नेपालले आयरल्यान्ड वुल्भ्सविरुद्ध ६ विकेटको सहज जित निकालेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा आयरल्यान्ड वुल्भ्सले प्रस्तुत गरेको १२२ रनको लक्ष्य नेपालले १६.१ ओभरमा चार विकेट गुमाएर भेट्टायो । दुई टी–२० शृंखला अन्तर्गतको पहिलो खेलमा नेपालले आयरल्याण्ड ‘ए’विरुद्ध जितका लागि सामान्य लक्ष्य पाएको छ। त्रिवि क्रिकेट मैदानमा टस...

Pages